नेपाली एमआरपी लिएका १३ बंगलादेशी पक्राउ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

नेपाली एमआरपी लिएका १३ बंगलादेशी पक्राउ

११ फागुन, काठमाण्डौं । नेपाली मेसिन रिडेबल पासर्पोट (एमआरपी) लिएर साउदी उड्न लागेका १३ बंगलादेशी नागरिक बिहीबार त्रिभुवन विमानस्थलमा पक्राउ परेका छन् । थप १२ बंगलादेशी नेपाली एमआरपी मै साउदी अरब उडिसकेको प्रहरीले जनाएको छ ।

प्क्राउ परेका मध्ये केहीले आफैं बंगलादेश र बर्माबाट साउदी अरब जान आएको बताएका छन् । उनीहरु सर्लाहीबाट २०६१ सालमा जारी भएको नागरिकताका आधारमा एमआरपी लिएको पाइएको छ । ती एमआरपी २०६९ सालका विभिन्न महिनामा लिएको पाइएको छ । पक्राउ परेका सवै काठमाण्डौं प्रहरीको हिरासतमा छन् ।

प्रहरीका अनुसार उनीहरु बंगलादेशबाट भारत हुँदै नेपाल आएका हुन् । साउदी अरबले बंगलादेशीलाई भिसा रोकेकाले उनीहरु नेपाली राहदानीमा जान आएको खबर कान्तिपुर दैनिकले छापेको छ । नेपालमा बस्दै आएका बंगलादेशी नागरिक अब्दुल करिमको सम्पर्कमार्फत उनीहरु आएको पनि प्रहरी स्रोतले जनाएको छ ।

करिमले सर्लाहीबाट मोहम्द नुर आलमको नाममा नेपाली नागरिकता लिएको फेला परेको छ । उनले नेपाली महिला नान्चु तामाङ भनिने सर्मिला लामासँग बिहे गरेका आलमचाँही फरार छन् ।

भिसा लागेका २ सय पासपोर्ट हराए

साउदी अरबका लागि भिसा लागेका करिब २ सय नेपाली कामदारका पासपोर्ट बंगलादेशबाट काठमाडौं नआउँदै हराएका छन् । हराएका यी पासपोर्ट बिक्री भएको हुनसक्ने पासपोर्ट हराएकामध्ये केही म्यानपावर व्यवसायीकै भनाइ छ । यसमा आधाभन्दा बढी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छन् ।

मेमोरियल ओभरसिजका सञ्चालक लोकप्रसाद अर्यालले बंगलादेशबाट नेपाल ल्याउँदा दुई साताअघि ती पासपोर्ट हराएका हुन् । ‘माघ २६ मा ढाकाबाट विमान बंगलादेशमा काठमाडौं आउँदा पासपोर्ट र ड्राइभिङ लाइसेन्स लगेजमा राखेको थिएँ, काठमाडौंमा पाइन’ काठमाडौंबाट फेरि ढाका पुगिसकेका अर्यालले  भने, ‘विमानका कर्मचारीसँग कुरा गर्दा लस एन्ड फाउन्डमा खोज्न भन्छन्, भेटिँदैन ।’

उनले बंगलादेशको ढाकास्थित साउदी अरबको दूतावासबाट भिसालगाएका आफ्नासहित ९ म्यानपावर एजेन्सीका पासपोर्ट ल्याएका थिए । पासपोर्ट वल्ड वाइड इन्टरनेसनल, केएल इन्टरनेसनल, इक्वेडर, अलसमिट, नबिल, मेरिडियन एसोसिएट, अक्सफोर्ड र फ्रेन्डसीप म्यानवापरका छन् ।

अर्यालले पासपोर्ट हराएको जानकारी वैदेशिक रोजगार व्यवसायी संघबाहेक अन्यत्र गराएका छैनन् । ‘संघलाई फ्याक्सबाट जानकारी गराइसकेको छु, वैदेशिक रोजगार विभागमा शुक्रबार र साउदी दूतावासमा आइतबार गराउँछु’ उनले भने । अर्यालले एमआरपी र हस्तलिखित पासपोर्ट कति छन् भन्ने एकिन नभएको जनाउँदै सबै गरी १ सय १० जति भिसा लागेका पासपोर्ट, करिब २५ नलागेको र ६० जति ड्राइभिङ लाइसेन्स भएको अनुमान लगाए ।

ह्यान्डब्यागमा नराखेर किन लगेजमा राख्नुभयो भनी सोध्दा उनले पहिलेदेखि नै लगेजमा राखेर ल्याउने गरेको बताए । ‘म होस् वा अरू सबैले लगेजमै राख्ने गर्छन्’ उनले भने, ‘पहिला हराउँदा त भेटिएको थियो, यसपालि भेटिएको छैन ।’

पासपोर्ट पठाउनेमध्येका एक व्यवसायीले हराएको पासपोर्टबाट आफ्ना २ र अर्को म्यानपावरबाट १ गरी ३ जना अरू नै कामदार साउदी पुगिसकेको जनाएको कान्तिपुरलाई बताए । ‘सिस्टममा हेर्दा मेरोबाट २ जना र १ जना केएल इन्टरनेसनलबाट साउदी प्रवेश गरेको देखिन्छ,’ ढाकामै रहेका वल्ड वाइड इन्टरनेसनका सञ्चालक पुष्ष भण्डारीले भने, ‘हराएका पासपोर्ट बिक्री भइसकेको आशंका छ, ।’ उनले आफूले पठाएका २१ पासपोर्ट हराएको जनाउँदै साउदी दूतावासलाई जानकारी दिइसकेको बताए । हाल साउदीमा रहेका केएल इन्टरनेसनलका सञ्चालक कमल सापकोटासँग फोन सम्पर्क गर्दा उपलब्ध हुन सकेनन् ।

7 Comments on “नेपाली एमआरपी लिएका १३ बंगलादेशी पक्राउ”
  • badri wrote on 22 February, 2013, 4:18

    why he kept passport in luggage why not keep in hand carry?
    there is something doubt maybe the person is involve in this case.

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • श्याम wrote on 22 February, 2013, 6:59

    कालो बजारी,जे भने पनि जे गरे पनि हुन्छ यो देश मा !!!

    Like or Dislike: Thumb up 9 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shree krishna karki wrote on 23 February, 2013, 3:18

    saudi bata visa stamped passport harayako kura right ho but yo biman banlgadesh ko lapabahi bata harayako ho. passport carry garne person lok aryal sanga yasko proved 6 ki,luggage tags ra biman bangladesh ma luggage lost vako complain letter pani sangai 6, yo badmashi BIMAN BANGLADESH KO VAYA PANI sambandhit person ko manhani garne niyat le news flash garidai 6, yasta ghatana pahile pani ghatne ra 7-35 days vitra luggage return hune gareko 6

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rabin jagari wrote on 23 February, 2013, 5:15

    Bhane pachi daka le bechera khai sake chha .kura sidhai thaha bhai sako ni.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Krishna Kadam wrote on 23 February, 2013, 5:32

    yo loke chor ho, usle nai becher khayeko hunu parchh.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • KC GANGA wrote on 23 February, 2013, 5:52

    bangali le nepali pass port lida samet kehi karbahi hun nasaknu dukhad chha.ab nepaliko bedesh ma bacheko ijjat bangali harule mato ma misai dine bhae ra nepal lai samet pass port durupayog gareko aarop ma band lagaune bhayo.dhikar chh nepal sarakar lai ra tyasto aniyamittama samlagna dalal nepali lai.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • हरि रानामगर wrote on 24 February, 2013, 0:39

    कर्मचारीको मिलेमतोमा ..कर्मचारी ले कति पैसो खाएर दिए

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु