११ फागुन, काठमाण्डौं । डिफेण्डिङ च्याम्पियन एथ्लेटिको मड्रिडसँगै लिभरपुल युरोपा लिग फुटबलबाट बाहिरिएको छ ।
गएराति भएको अन्तिम ३२ को दोस्रो लेगमा १-० को जित निकालेको स्पेनिस क्लब एथ्लेटिको मड्रिड रुविन कजानसँग समग्रमा २-१ ले पराजित भयो । पहिलो लेगमा रुविन कजान २-० गोलले विजयी भएको थियो ।
यस्तै पहिलो लेगमा २-० को हार व्यहोरेको इङ्ग्लिस क्लब लिभरपुलले दोस्रो लेगमा कमब्याक गरेपनि अन्तिम १६ मा स्थान बनाउन सकेन । गएराति जेनिट सेन्ट पिटर्सबर्गलाई ३-१ ले पराजित गरेपछि समग्रमा ३-३ गोल भएपनि लिभरपुल अवे गोलका आधारमा पराजित भयो ।
चेल्सी, इन्टर मिलान, टोटनहृयाम, बेन्फ्रिका र लेभान्टे भने अन्तिम १६ मा प्रवेश गरेका छन् ।
पहिलो लेगमा १-० को जित हात पारेको चेल्सीले गएराति १-१ को बराबरी खेल्दै समग्रमा २-१ को जित निकाल्यो । १-० ले पछि परेको चेल्सीका लागि अन्तिममा हेजार्डले बराबरी गोल फर्काएका थिए । अर्को खेलमा ३-० को नजिता निकालेको इटालियन महारथी इन्टर मिलान सीएफआर क्यूजलाई समग्रमा ५-० ले पराजित गर्दै प्रि क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा इन्टरमिलान २-० ले विजयी भएको थियो ।
युरोपयीन फुटबलको बारेमा अझ बढी जानकारी दिनुहोला।।।।।।।।।।।।।।।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]