बी डिभिजन लिगमा आज दुई खेल हुने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बी डिभिजन लिगमा आज दुई खेल हुने

११ फागुन, काठमाण्डौं । राजधानीमा जारी सहिद स्माकर बी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । आज हुने खेलमा काठमाडौ र च्यासल तथा ब्वाईज युनियन र लालीगुराँस पुल्चोक स्पोर्टस क्लब भिड्ने भएका छन् ।

सशस्त्र प्रहरीको हलचोक मैदानमा मध्यान्ह साढे १२ बजे हुने पहिलो खेलमा काठमाडौ र च्यास भिड्न लागेका हुन । लिगमा च्यासल १२ औ र काठमाडौ पुछारमा रहेको छ । अहिलेसम्म काठमाडौले कुनै पनि खेल जितेको छैन भने च्यासले एक खेलमात्रै जित्दै ५ अंक जोडेको छ । आजको खेलमा जुन टिम विजयी भए तीनिहरुको तालिकामा कुनै पनि फेरबदल हुने छैन ।

त्यसैगरी आजै दिउसो साढे २ बजेपछि हुने अर्को खेलममा ब्वाईज युनियन र लालीगुराँस पुल्चोक स्पोर्टस क्लब आमनेसामने हुनेछन् । ब्वाईज युनियन १६ अंकसहित तेस्रो स्थानमा छ भने पुल्चोक ११ औ स्थानमा छ । यसअघि हिजोका खेलमा बराबरी हुदै टुसाल युथ क्लब शीर्ष स्थानमा यथावत रहँदा विजयी भएको सामाजिक युवा क्बल भने दोस्रो स्थानमा उक्लिएको थियो । शीर्ष स्थानमा रहेका दुवै टिमको समान १९ अंक छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु