प्रसूति सेवा ठप्प हुँदा बिरामी मारमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

प्रसूति सेवा ठप्प हुँदा बिरामी मारमा

 

११ फागुन, पर्सा । पर्साको पोखरिया अस्पतालमा चार दिनदेखि प्रसूति सेवा ठप्प हुँदा बिरामीहरु मारमा परेका छन् । उक्त अस्पतालमा कार्यरत प्रमुख नर्स शुभद्रा थापा भ्रमणका लागि विदामा रहेको र अन्य दुई नर्स पनि अस्पतालमा उपस्थित नभएपछि प्रसूति सेवा ठप्प भएको हो ।

प्रसूतिका लागि आउने बिरामीहरु अहिले सदरमुकाम वीरगन्जमा धाउन बाध्य भएका छन् । गाउँनजिकै रहेको अस्पतालमा प्रसूति सेवा बन्द भएपछि पोखरिया क्षेत्रका महिला प्रत्यक्ष मारमा परेका छन् ।

यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख अरुणकुमार महतोले तत्काल सो विषयमा जानकारी लिई आजैबाट प्रसूति सेवा सुचारुका लागि नर्सहरुलाई परिचालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । पोखरिया अस्पतालमा सो गाविससहित आसपासका एक दर्जनभन्दा बढी गाविसका महिला सुत्केरी हुनका लागि आउने गर्दछन् । रासस

 

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु