सामुदायिक भवन बनाउन महापूराण :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सामुदायिक भवन बनाउन महापूराण

११ फागुन, विराटनगुर । सामुदायिक भवन एवम् मन्दिर निर्माणका लागि मोरङको बाहुनीमा श्रीमद्भागवत् महापुराण एवम् धनधान्यचल ज्ञान महायज्ञ हुने भएको छ ।

बाहुनी- ८ आमगाछीमा फागुन १२ गतेदेखि १९ गतेसम्म पुराण सञ्चालन हुने पुराण सञ्चालक समितिका अध्यक्ष खडगबहादुर भण्डारीले बताउनुभयो ।

फागुन १२ गते बृहत् झाँकीसहित कलशयात्रा गरी पुराणको शुभारम्भ गरिने समितिका सचिव दुर्गा कार्कीले जानकारी दिनुभयो ।

यसैबीच पूर्व क्षेत्रीय प्रहरी तालीम केन्द्र परिसरमा निर्माण गरिएका तीनवटा भवनको उद्घाटन गरिएको छ ।

अमेरिकी सरकारको सात लाख ५० हजार डलर बराबरको सहयोगमा निर्माण गरिएका भवनहरुमा महिला ब्यारेक, चमेनागृह, आन्तरिक प्रशिक्षालय र रानीस्थित सीमा प्रहरी चौकी रहेका छन् ।

उक्त भवनको बिहीबार अमेरिकी राजदूत पिटर डब्यु बोडेले उद्घाटन गर्दै प्रहरीको क्षमता र व्यावसायिक कुशलता वृद्धि एवम् भौतिक सरंचना निर्माणमा सहयोग जारी रहने बताउनुभयो ।

प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले परिश्रमी र वौद्धिक युवा महिलालाई प्रहरी सङ्गठनमा धेरैभन्दा धेरै सहभागिता गराउने बताउनुभयो । रासस

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु