११ फागुन, स्याङजा । शिक्षाबाट वञ्चित भएका स्याङ्जाका गरिब, विपन्न, असाहाय तथा अनाथ ५० जना बालबालिकालाई निःशुल्क शिक्षा दिइने भएको छ । ती बालबालिकालाई आउँदो शैक्षिक सत्र २०७० बाट नर्सरीदेखि उच्च तहसम्म निःशुल्क शिक्षा दिइने भएको हो ।
अप्लिफ्ट ए चाइल्ड इन्टरनेसनल अमेरिका र स्याङ्जाको वालिङस्थित नेपाल आदर्श उच्चमाविको संयुक्त पहलमा शिक्षाबाट वञ्चित भएका जिल्लाका ५० जना गरिब तथा अनाथ बालबालिकालाई निःशुल्क शिक्षा दिन लागिएको नेपाल आदर्श उच्चमाविका प्राचार्य धु्रवप्रसाद शर्माले जानकारी दिनुभयो ।
आर्थिक अभावका कारण चाहना भएर पनि शिक्षा लिन नपाएका गरिब, असाहाय, टुहुरा तथा अनाथ गरी पहिलो चरणमा ५० जना बालबालिकालाई कक्षा १२ सम्मका लागि निःशुल्क शिक्षा प्रदान गर्न लागिएको बताउँदै अप्लिˆट ए चाइल्ड इन्टरनेसनलका संस्थापक साम भोनोभुलले नेपालमा पहिलोपटक स्याङ्जाबाट अनाथ, बालबालिकालाई निःशुल्क शिक्षा दिन लागिएको जानकारी दिनुभयो ।
“शिक्षा दिने कार्यक्रम कुनै लगानीकर्ताको सहयोगबाट सुरु गर्न लागिएको होइन” भोनोभुलले भन्नुभयो- “यो कार्यक्रम यस्तै अनाथ भएर पनि मेहनत र परिश्रम गरेर उच्च तहमा पुगेका व्यक्तिहरूको सहयोगबाट सञ्चालन गर्न लागिएको हो ।” रासस
Astai astai sabai jilla ma garna sake ta dherai ramro hunthyo hola…
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]