११ फागुन, बागलुङ । रोजगारीको लागि अस्ट्रेलिया पुगेका युवाहरुले बागलुङको एक गाउँको विद्यालयमा भवन निर्माण गरेका छन् । अस्ट्रेलियामा रहेको ‘सहयोगी हात’ नामका सञ्जालले जिल्लाको छिस्ती गाविसको पृथ्वी प्राविमा पक्की भवन निर्माण गरेको हो ।
रोजगारीको सिलसिलामा अस्ट्रेलियामा पुगेका नेपालीबाट आर्थिक सहयोग जुटाएर उक्त भवन निर्माण गरिएको हो । उक्त भवन निर्माणको लागि सञ्जालले रु चार लाख सहयोग गरेको थियो ।
सो भवनको उद्घाटन गर्दै सञ्जालका विक्रम विवसले रोजगारी र अध्ययनका लागि विदेशमा पुगेका नेपालीको आर्थिक सहयोगबाट भवन निर्माण भएको बताउनुभयो ।
विदेशमा बस्ने नेपालीले आफ्नो खाजा खर्च कटौती गरेर नेपालमा शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा सहयोग गरिरहेको विवसले बताउनुभयो । कुल रु नौ लाख ७६ हजारमा निर्माण भएको भवनको रकममध्ये सहयोगी हाल अस्ट्रेलियाले रु चार लाख, जिल्ला शिक्षा कार्यालयले रु एक लाख र स्थानीयले चार लाख ७६ हजार रुपैयाँ बराबरको श्रमदान गरेका थिए । रासस
very good
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Kathai nepa kohi bdes gayarabidhylaya baau6n bhane koh tyahi rakam kasar jhwamparne bhani lagi rahe ka holan.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]