खिलराजलार्इ प्रधानमन्त्री बनाउने महान्यायाधिवक्ताको सुत्र :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

खिलराजलार्इ प्रधानमन्त्री बनाउने महान्यायाधिवक्ताको सुत्र

रेग्मीलाई प्रधानमन्त्री बनाउन धारा ३८ मा बाधा फुकाउनुपर्छ : प्रधान

११ फागुन, काठमाडौं । महान्यायाधिवक्ता मुक्तिनारायण प्रधानले राजनीतिक संविधानवादका आधारमा बाधा अड्काऊ फुकाउँदा अदालतमा प्रश्न नउठ्ने र यो न्यायिक पुनरावलोकनको विषय नहुने बताउनुभएको छ । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउन अन्तरिम संविधानको धारा ३८ मा बाधा अड्काऊ फुकाउनुपर्ने र क्रमश अन्य धारामा पनि फुकाउँदै जानुपर्ने उहाँले बताउनुभएको छ ।

‘यो राजनीतिक विषयबाट उठेको बाधा अड्काऊ भएकाले राजनीतिक विषयमा अदालतको प्रश्न उठ्दैन । संविधानले गरेको अग्रगामी राजनीतिक निकास त्यो अदालतको विषय हुँदैन ।’ प्रधानले अनलाइनखबरसँग कुरा गर्दै भन्नुभयो ।-’यो न्यायिक पुनरावलोकनको विषय हुँदैन ।’अहिले संसद् नभएकाले संविधान संशोधन गर्न नसकिने महान्यायाधिवक्ताको तर्क छ । उहाँ भन्नुहुन्छ-’ अहिले संसद् नभएकाले नेपालको अन्तरिम संविधान संशोधन गर्न सक्ने अवस्था छैन । संविधानको धारा ३८ को प्रयोजनार्थ अहिले राजनीतिक सहमतिका आधारमा बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्रीको जिम्मेवारी सुम्पन र कार्यकारी अधिकारसहितको प्रधानमन्त्री बनाउन सक्ने भन्ने प्रावधानसहित बाधा अड्काऊ फुकाउनुपर्छ ।’

पहिलो धरा ३८ त्यसपछि धारा १०६ र क्रमश अन्य धाराहरुमा बाधा अड्काऊ फुकाउँदै जानुपर्ने प्रधानको तर्क छ । उहाँ भन्नुहुन्छ-’लहरै आवश्यकताअुनसार बाधा अड्काऊ फुकाउँदै जानुपर्छ । मुख्य धारा चाँहि ३८ र १०६ हुन् । क्रमशः अन्य धाराहरुमा पनि राजनीतिक सहमतिका आधारमा बाधा अड्काऊ फुकाउनुपर्छ ।’

यो पनि पढ्नुस्

प्रधानन्यायाधीशले गर्न सक्ने भनेर बाधा फुकाउनुपर्छ

4 Comments on “खिलराजलार्इ प्रधानमन्त्री बनाउने महान्यायाधिवक्ताको सुत्र”
  • arjun sunar wrote on 22 February, 2013, 11:12

    हैन , यो प्रधान त पञ्चायत् कालिन प्रधान जस्तो पो लाग्यो त , अनी माहा न्यायधिवक्त हैन माओवादी प्रबक्ता को जस्तो भाषा बोली रहेको छ। किनकी त्यो धरा ३८ को व्याख्या गर्दा सोही धाराको उुप-धारा ५ , र सात को ख, लाई कस्ले व्याख्या गर्ने नि तिम्रा अ-ध्यक्ष प्र-चन्डाल ले ? अहिले को समस्या भनेको ठुला ठुला डाँका , हत्त्यरा , भ्रश्तचर जमिन दार हरुको केस लाई मोटो रकम हसुरेरमिलाय जस्तो हैन । यो राष्ट्रलाई निकास दिने कुरो हो जिम्मेवार बनेर बोल्ने कोशीस गर्नुस् ।

    Like or Dislike: Thumb up 10 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Samar Singh wrote on 22 February, 2013, 12:01

    timi jasta lai chahi badhera ghas halnu parch .. jyanmara ka naike haru ho .

    Like or Dislike: Thumb up 4 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • rabin shrestha wrote on 22 February, 2013, 13:59

    hoina ho sathi ho yo manche hatiyara lai karbi garnu hudaina vane manche hoina ?

    Like or Dislike: Thumb up 1 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Sojho Gaunle wrote on 22 February, 2013, 14:35

    यि काला कोटधारिहरु वकिल होइनन । यि त कुनै न कुनै दलका पाल्तु कुकुर हुन । होइन भने किन यिनिहरु आ आफ्नो दलको कुरालाई पुष्टी गर्ने हिसाबले कानूनको व्याख्या गर्छन्? यो मुक्तिनारायण भन्ने कालोकोटे त एक नम्बरि माओवादीको दाना पानीमा पालिएको हो ।

    Like or Dislike: Thumb up 5 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु