बार र शीर्ष नेतावीच सिंहदरबारमा बाझाबाझ :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

बार र शीर्ष नेतावीच सिंहदरबारमा बाझाबाझ

रेग्मीलाई मान्न नेताको आग्रह, दलकै बनाउन बारको जोड

११ फागुन, काठमाण्डौ । नेपाल बार एशोशिएसनका पदाधिकारीहरुले बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्न नहुने सुझाव प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेताहरुलाई दिएका छन् । दलका नेताले भने चुनावका लागि नेपाल बारले सहयोग गर्ने बचन दिएको बताएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार भएको छलफलमा नेपाल बारका अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायतका पदाधिकारी सहभागी हुनुहुन्थ्यो । सरकार र दलका तर्फबाट प्रधानमन्त्री भट्टराइ बाबुराम भट्टराइ सहित भीम रावल, रघुजी पन्त, शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, नारायणकाजी श्रेष्ठ र विजयकुमार गच्छदारलगायतको सहभागिता थियो । छलफलमा महान्यायधिवक्ता मुक्तिनारायण प्रधान पनि सहभागी हुनुहुन्थ्यो । 

चुनावी सरकार गठनका विषयमा प्रधानमन्त्री डा बाबुराम भट्टराईसहित प्रमुख चार दलका नेताहरुसंग शुक्रवार सिंहदरबारमा भएको छलफलमा बार एसोसिएसनका पदाधिकारीहरुले रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्न नहुने सुझाव दिएको नेपाल बार एसोसिएसनका महासचिव सुनील पोखरेलले अनलाइनखबरलाई बताउनुभयो । आफूहरुले रेग्मीको नेतृत्वमा सरकार गठन भए त्यसलाई स्वीकार नगर्ने जानकारी गराएको उहाँले बताउनुभयो ।

छलफलमा बार एसोसिएसनका पदाधिकारीहरुले प्रधानन्यायाशीश तथा पूर्व प्रधानन्यायाधीशको दुबैको नेतृत्वमा चुनावी सरकार गठन गर्नु अन्तरिम संविधान विपरित हुने भएकाले दलभित्रैवाट प्रधानमन्त्री चुन्न सुझाव दिएको पोख्रेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,’प्रधानन्यायधीश वा पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउँदा धेरै धारा संसोधन गर्नु पर्छ । त्यसैले दलभित्रैवाट प्रधानमन्त्री चुन्दा संविधानका केही धारामात्रै संशोधन गर्नुपर्ने र दलहरु असफल नभएको सन्देश जाने भएकाले दलको विकल्प खोज्नु हुँदैन ।’ छलफलमा दलीय व्यवस्था फेल भयो भनेर प्रधानन्यायधीसको नेतृत्वमा चुनावी सरकार गठन गरेर अघि वढ्नु अन्तरिम संविधान र स्वतन्त्र न्यायालयको मर्म विपरीत जान हुने बार एसोसिएसनका पदाधिकारीले बताएका थिए ।

पोख्रेलले छलफलमा आफूहरुले प्रधानन्याधीशको नेतृत्वमा चुनावमा जादा मुलुकले राजनीतिक र कानुनीरुपले निकास नपाउने भएकाले दलकै विकल्प खोज्न नहुनेमा जोड दिएको वताउनुभयो । उहाँले भन्नुभयो,’दलीय व्यवस्था फेल भयो । प्रधानन्याधीशको नेतृत्वमा सरकार गठन गरी चुनावमा गएपनि पछि राजनीतिक दलका नेताहरुले जनतासंग भोट माग्ने नैतिक अधिकार हुन्छ कि हुँदैन । त्योबारे पनि सोच्न भनेका छौँ ।’छलफलमा प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरुले सहमतीय सरकार गठनको विकल्प दिन र मुलुकको कठिन मोडमा बारेले समेत सहयोगी भूमिका खेल्न बार एसोसिएसनका पदाधिकारीलाई आग्रह गरेका थिए । नेताहरुले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनका लागि दलहरुवीच भइरहेको प्रयासबारे नेताहरुले जानकारी गराएका थिए ।

बारका पदाधिकारीले आफ्ना औपचारिक धारणा राख्ने अवसर दिएकोमा दलका नेता एवं प्रधानमन्त्रीप्रति आभारसमेत व्यक्त गरेका थिए ।महासचिव पोखरेलले छलफलमा बारको विज्ञप्त्ति पढेर सुनाउनुभएको थियो भने अध्यक्ष हरिकृष्ण कार्कीले आफ्ना धारणा राख्नुभएको थियो । अन्य पदाधिकारीहरु मौन बस्नुभएको थियो । नेताहरुले मुलुक गम्भीर संकटमा परेको भन्दै यस्तो अवस्थामा निकासका लागि सहयोग गर्न बारका पदाधिकारसँग आग्रह गर्नुभएको थियो ।

बारले चुनावमा सघाउने बचन दिएको दाबी

छलफलमा सहभागी राजनीतिक दलका नेताहरुले भने बारका पदाधिकारीले चुनावमा आफूहरु बाधक नबन्ने वचन दिएको दाबी गरेका छन् । बारका पदाधिकारीले निर्वाचन मुलुकको आवश्यकता भएकाले त्यसमा नेपाल बार बाधक नहुने बताएको सहभागी एक नेताले अनलाइनखबरलाई बताए । ‘प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्दा शक्ति पृथक्कीकरण र अन्तरिम संविधानको मर्म र भावना प्रतिकूल नहोस् भन्नेमात्रै हाम्रो सरोकार हो । दलहरु राजनीतिक सहमतिका आधारमा चुनावमा जान्छन् भने बार बाधक बन्दैन ।’- पदाधिकारीको भनाइलाई उधृत गर्दै स्रोतले भन्यो ।

 

22 Comments on “बार र शीर्ष नेतावीच सिंहदरबारमा बाझाबाझ”
  • कांग्रेसी wrote on 22 February, 2013, 12:02

    कुरा क्रान्तिकारी काम दलालि गर्ने माओवादीको सहमति गर्ने,मिलाउने भन्दै रुन्चे पारा देखाउदै गर्दा देश संवैधानिक संकटमा फस्यो 

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 34 Thumb down 39

    [जवाफ फर्काउनुहोस्]

    Raj Reply:

    नहुने बिकल्प अगाडी सारेर….सायद मावोबादी चाहदैन यो देश सप्रिएको….न्यायालयलाइ तहसनहस परेर देश बर्बाद पर्न खोज्दैछ ……एमावोबादिले चुनाब चाहेकै छैन….. तेरी भएर त अनेक झमेलाहरु गर्दैछन …….!!!!!!

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 22 Thumb down 33

    [जवाफ फर्काउनुहोस्]

    सन्त बहादुर मिजार Reply:

    मै पढेलेखेको मै जान्ने भन्ने आज, अनि हिजो भुस्या कुकुर जस्तो जंगलमा ढुकेर , लुकेर गोली पटकायेर हलो जोत्ने हलि दाई जस्ता १५-१८ हजार मारे भन्दैमा हल्लेर बस्न खान छैन गाठे

    Like or Dislike: Thumb up 7 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • Rishiram pokhrel wrote on 22 February, 2013, 12:27

    नेपाल बारको अडानले हाम्रो मतको प्रतिनिधित्व गरेको छ भन्ने लाग्यो । साथसाथै भोटरको भावनाको कदर गर्ने नेतृत्वको आत्मवल अझै अगाडि बढोस् भन्ने लाग्यो ।
    अधिवक्ता ऋषिराम पोख्रेल
    तनहुँ ।

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 30 Thumb down 22

    [जवाफ फर्काउनुहोस्]

    Nimesh Gautam Reply:

    बारको ढिपी यदि यहि नै रहने हो भने चुनावरुपी लोकतान्त्रिक अभ्यासद्वारा मुलुकलाई निकास दिने काममा बाधक भएको कलंक बोक्न तयार हुनुपर्छ. सबैलाई थाहा छ नि दलहरुबाटै नेतृत्व हुन् सकेको भए राम्रो हुन्थ्यो तर नभए पछि के लाग्छ? केहि निकास त दिनु पर्यो नि मित्र हो! सधै मुलुकलाई यो वा त्यो बहानामा अनिर्णयको बन्दि बनाइ रहने त? यसप्रकार बुझेर पनि बुझ पचाउने कार्य हुनु खेदजनक छ!

    Like or Dislike: Thumb up 27 Thumb down 13

    [जवाफ फर्काउनुहोस्]

    Nimesh Gautam Reply:

    अनि अर्को कुरा, यो बारले कति प्रतिशत जनताको प्रतिनिधित्व गर्छ? के प्रधानमन्त्रि छान्न बारको अनुमोदन चाहिने हो? चाहिने हो भने कुनचाही बिधान वा धारामा उल्लेख छ? चुनाव देखि डराएका केहि ठुला व्यक्ति र साना तिना समुह बाहेक अधिकांशले निकास आउने भो भनेर खुशियाली मनाउन लागेको बेला जनभावनामा किन यस्तो तुषारापात गरिदैछ? केहि बुझ्न नसकिने भो बा!!!

    Like or Dislike: Thumb up 18 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

  • jown wrote on 22 February, 2013, 13:13

    ’दलीय व्यवस्था फेल भयो । प्रधानन्याधीशको नेतृत्वमा सरकार गठन गरी चुनावमा गएपनि पछि राजनीतिक दलका नेताहरुले जनतासंग भोट माग्ने नैतिक अधिकार हुन्छ कि हुँदैन।’ कानुन बिज्ञ को राय बिचार गर्न योग्य छ । कुनै पनि कुरा पछाडी पछुतौनु भन्दा त्यस्ता गल्ती हरु हुन न दिनु नेता हरु को बुद्धिमानी पन हुन जान्छ । होसियार चुनब पछी पछुताउनु पर्ला नेता हरु अब जनतले साथ न दिना पनि सच्छन । अब भोट माग ने आधर के ? अब चै सम्बिधान बन्न्छ भन्ने आधर के ?

    Like or Dislike: Thumb up 24 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

    Nimesh Gautam Reply:

    अनि गल्ति होला भनेर सधै शंका उपशंका मात्रै गरेर निष्क्रिय बस्ने त? समयको चाहिं मूल्य हुदैन?

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Ratna wrote on 22 February, 2013, 13:54

    Yo sab yeniharuko NATAK ho, neta haru ko pachi lager, mantri vaye pachi afno swartha pura garna na paula vaner karayeko matra ho!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Dipu wrote on 22 February, 2013, 14:06

    खै को सहि हो को गलत छुट्याउनै गाह्रो भो भन्या? कसको कुरा पत्याउने ? संबिधान बिद बिच नै एकमत नभए पछी !

    Like or Dislike: Thumb up 14 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • राधे बराल wrote on 22 February, 2013, 15:37

    बार भित्रका वकीलहरुले आफ्नो आस्था र स्वार्थ अनुसार जजमानी गरी रहेका छन. उनीहरुलाई सम्झाउने प्रयास व्यर्थ छ. ईतिहासको यस्तो मोडमा दरिलो ढंगले शुद्ध राजनितिक निर्णय लिएर अगाडी बढ़नु पर्छ. वकील साहाबहरुले बाटो निकाल्छ्न, केहीले विरोध पनि त्यो भई रहन्छ. यति बेला देशलाई उदारता पूर्वक निकासको बाटोमा लैजानु पर्छ. बारका वकील मध्ये धेरैले यो बुझेका छन.

    Like or Dislike: Thumb up 11 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • kanchan wrote on 22 February, 2013, 16:54

    its difficult to agree with Nepal bar suggestion… I agree on CJ but about Ex CJ one clause 106 can be amended by which a ex CJ can be given a political appointment…
    Thus, if all political parties agree PM can be made by exercising 38.1 then article 131.8 (who is ex CJ) can be exercised for doing a political appointment (which is appointment PM) can be done by President…
    I am not a lawyer bu may be they can response ….if we have a solution existing constitution

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Kale Keto wrote on 22 February, 2013, 17:05

    एकादेशमा चारवटा स्यालहरु रहेछन | परिश्रम बिनाको सहज जीवनको खोजीमा एउटा सुन्दर गाउँमा पुगेछन | हराभरा डाँडा र मैदान, कलकल स्वच्छ खोला, लटरम्म फलफुल, कुखुरा र चल्लाका सलसल, पाठा र पाठीका हलचल देख्दा मुखभरि पानी रसाएछ | यो गाउँलाई कब्जा गर्न सके आफ्नो सबै तृष्णा र आकंछ्या पुराहुने सबैले मनमनै सोंचेछन | तर उनीहरु बीच कसले नेतृत्व गर्ने भनि विवाद शुरु भएछ | एउटाले भनेछ, सबैभन्दा बढी वजनको मै छु, मै नेता बन्न पाउनुपर्छ| अर्कोले भनेछ, सबै भन्दा उमेरले पाको भएकोले म त्यो नेता हुनुपर्छ | तेस्रोले भनेछ, मैले सधै सबै मिलेर जानु पर्छ, सबैले मिलेर खानुपर्छ भन्ने प्रजातान्त्रिक विचार बोकेकोले यो मौका मैले पाउनु पर्छ | चौथोले भनेछ, तपाईहरु तीनजनाले कुनै न कुनै समय नेतृत्व समालेको कारण अबको पालो मेरो हुनुपर्छ | सहमतिमा आउन नसक्दा नेतृत्वको विवादमा महिनौ बितेछ | आहारा हुनुपर्ने चल्ला र पाठा-पाठी बढेर माउ र वयस्क भएछन | अन्त्यमा एउटाले विचार ल्याएछ, हामीहरु विच सहमति हुन् सक्दैन भने अरु कसैलाई हाम्रो नेता छानौं | कुरो सबैलाई ठिक लागेछ | पल्लो झुण्डको झ्याउरे र चाउरे स्याल देखि, बाघ, हात्ती, गैंडा, घोडा, खसी, बाख्रा, कुखुरो हुदै गाउँको रखवालीगर्ने कुकुरमा आएर सहमति गरेछन | यो सोझो छ, यसलाई कुनै उपायले वसमा राखुँला र आफ्नो ईच्छा पुरा गरुँला भनी चारै स्यालहरुले मनमा ठानेछन् ।

    Like or Dislike: Thumb up 18 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • bipin magar wrote on 22 February, 2013, 18:00

    अब नेपाली जनताले राजालाई ब्युताउनु पर्छ, ज्ञानेन्द्र जिन्दाबाद , नेताहरु मुर्दाबाद

    Like or Dislike: Thumb up 4 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

  • नेपाली wrote on 22 February, 2013, 18:59

    Those so called leaders are looking for the new way how to make this country worst one of the world.It is shame to have like those stupid leaders.Go to hell…

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bk_kamal wrote on 22 February, 2013, 21:38

    Herdai jam pardhan nayadhes pm vaya pani enai dal haru le bakhada jhikera yo desh ko vabisaya andhakar ma lani 6n.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ramu giri wrote on 22 February, 2013, 21:39

    desh suniyojit tarika bata fail vayo pahila sambidhan sava vang vayo aba sambaidhanik sankat aayo muluk ma,,,,,,,,,,,,darlagdo kalratri suru vayo ……..
    (bhutan)jasto ta hune hoina voli parsi nepal??????????????????

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • k d tamang wrote on 23 February, 2013, 0:36

    yasto pani hudo rahexa

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • magarpun wrote on 23 February, 2013, 1:13

    hamijantaharulai.chintalagisakekox aba e netahrule deslai.tukryai.sakekojasto lagxaba e netaharulai.vot nahalle.”?

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bijay wrote on 23 February, 2013, 6:09

    यो देश बिगार्ने र संबिधानसभाको अवसान गर्ने गराउने काँग्रेस एमाले नै हुन् काँग्रेस यथास्थितिबादी र पुनरुत्थान बादी शक्ति हो भने एमाले कम्युनिष्ट प्रगतिशिलाको नाम बेचेर चोन्ग्रेस्सको पुछ्रर हो आगामी दिनमा जनतालाई अधिकार दिन नचाहने अधिकार दिए देश टुक्रिन्छ भन्ने लाइ गाउ छिर्न दिने छैनौ

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • sj wrote on 23 February, 2013, 6:16

    Khuru khuru emaobadi lai chunabi sarakar manyata dieko bhae yatro babal nai hunethiena emaobadi le 10 barsa satta chalau6u bhane ko sahi ho

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Daman Rajbam wrote on 23 February, 2013, 9:52

    Kadapi bar sapration of power and chick of blance bata bhagn hudaina .

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु