नेपाली क्रिकेट टोली दिल्ली प्रस्थान :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

नेपाली क्रिकेट टोली दिल्ली प्रस्थान

१२ फागुन, काठमाडौं । आसन्न एसीसी टी-२० एलिट कप क्रिकेट र आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको तयारीमा रहेको नेपाली टोली अभ्यास खेलका लागि  शनिबार नयाँ दिल्ली प्रस्थान गरेको छ ।

पारस खड्काको कप्तानीमा १८ सहितको २१ सदस्यीय टोली साँझ दिल्ली गएको क्रिकेट एशोसिएसन अफ नेपाल क्यानले जनाएको छ । टोलीमा सुवास खकुरेल, सागर पुन, ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटा, प्रदिप ऐरी, विनोद भण्डारी, बसन्त रेग्मी र सदर भेश्वाकर छन् ।

यस्तै शक्ति गौचन, चन्द्र साउद, अमृत भट्टराई, संजम रेग्मी, मंजित श्रेष्ठ, अनिल मण्डल, राहुल विश्वकर्मा, जितेन्द्रकुमार मुखिया र रामनरेश गिरी पनि भ्रमण टोलीमा परेका छन् ।

नेपाली टोलीले स्थानीय क्लबहरुसँग ४ एकदिवसीय र ४ टी-२० म्याच खेल्ने कार्यक्रम रहेको छ । एसीसी टी-२० एलिट कप क्रिकेट चैत्र १३ गतेबाट काठमाडौंमा हुँदैछ ।

3 Comments on “नेपाली क्रिकेट टोली दिल्ली प्रस्थान”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु