११ फागुन, काठमाडौं । प्रधानन्यायाधीश खिलराज रेग्मी प्रधानमन्त्री बन्नबाट रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथिको सुनुवाइ शुक्रबार दोस्रो पटक सरेको छ ।
अधिवक्ता भरतमणि जंगमद्वारा अग्राधिकारको मागसहित आइतबार दायर गरिएको रिटमाथि एक सातापछि आइतबार सुनुवाइ हुने भएको छ ।
मंगलबार न्यायधीश कल्याण श्रेष्ठको एकल बेञ्चमा परेको रेग्मीसम्बन्धी रिट शुक्रबार अर्का न्यायाधीश गिरिशचन्द्र लालको बेञ्चमा राखिएको थियो । तर, लालको बेञ्चमा मात्र ‘त्र’ नम्बरसम्म ३५ वटा मुद्दा थिए भने रेग्मीसम्वन्धी रिट ‘श’ नम्बरमा थियो । गिरिशले ‘ज’ नम्बरसम्ममात्र मुद्दा हेर्न भ्याउनुभएको सर्वोच्चका रजिष्टार श्रीकान्त पौडेलले अनलाइनखबरलाई जनकारी दिनुभयो ।
रेग्मी सरकार प्रमुख बनउने दलहरुको तयारी संविधान विपरित भएको भन्दै जंगमले आइतबार सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो । सोमबार प्रजातन्त्र दिवस परेकाले मंगलबार पहिलो सुनुवाइ तोकिएको भए पनि पेशीको पछिल्लो सूचीमा रहेकाले मंलगबार सुनुवाई हुन नसककी शुक्रबारका लागि सारिएको थियो । शुक्रबार सुनुवाई नभएकाले फेरि आइतबारलाई सारिएको अदालतले जनाएको छ ।
नेपालका अदालतको काम छैन , प्रधानमन्त्री बनिसकेपछी फैसला आउछ होला ।
Like or Dislike:
10
0
[जवाफ फर्काउनुहोस्]
Yo party haruko pressure maa sariyako huna sak6.
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
अदालत एउटा पद्दतीमा चल्ने सँस्था भएको र कानून पनि तेस्तै बनाइएको छ । सबै कुराको अचूक अदालत नै हो भनी ठान्ने र जे पायो त्यही मुद्दा अदालतमा लाने, अनी पद्दती र नियम मिचेर अदालतले मुद्दा हेर्न सक्छ त? यो त कानन बनाउनेलाई सोध्नु उचित होला । झगडा नगरे त भैगो नि, किन मुद्दा लानु अदालतमा । अदालत राजनिती गर्ने थलो होइन र राजनितिग्यले जस्तो दुई जिब्रोले बोल्दैन र जनता झुक्याउँदैग । यस कुराको सबैलाई चेत भया।
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
सर्बोच्च पनि दलहरु जस्तै विदेशीको गोटी बन्दै ग एकाले शुनुवाइ सरेको सरै छ।विदेशिलाइ खेल्ने समय दिइदै छ।
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
लौ शुरु भो न्यायालय भित्र राजनीतिको घुसपैठ । प्रचन्डले जे चाहेका थिय त्यो पुरा हुँदैछ । यो देसको छट्टु नेता प्रचन्ड नै देखियो तर हेरौ यो चटक जनताले कती दिन पत्याउनेहुन ।
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]