सप्तरीमा बस दुर्घटना, दुईको मृत्यु :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

सप्तरीमा बस दुर्घटना, दुईको मृत्यु

११ फागुन, सप्तरी । सप्तरीमा भएका दुई छुट्टाछुट्टै बस दुर्घटनामा परी दुई जनको ज्यान गएको छ । शुक्रवार विहान धरानबाट गाईघाटतर्फ जाँदै गरेको को १ ख २९४८ नम्बरको बस ओभरटेक गर्ने क्रममा सप्तरीको जण्डौल- ९, मा अनियन्त्रित भई पल्टिँदा बसका सहचालक त्रियुगा नगरपालिका – ८ निवासी १८ वर्षीय बलबहादुर रोक्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी सप्तरीको कञ्चनपुर बेरियरमा कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ प ४८० नम्बरको कारले ठक्कर दिदा रुपनगर-२ बस्तीपुर की ७० वर्षीया झबरीमया आलेमगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु