कैलालीमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

कैलालीमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

११ फागुन, कैलाली । कैलालीको त्रिनगर भन्सारले चालु आर्थिक वर्षको पहिलो सात महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । त्रिनगर भन्सार कार्यालयलाई माघ मसान्तसम्म रु ६८ करोड ५९ लाख ५९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएकोमा रु ७० करोड ९७ लाख १९ हजार सङ्कलन भएको लेखापाल महादेव पन्तले बताउनुभयो ।

गत आर्थिक वर्षको पहिलो सात महिनाको अवधिमा भन्सार कार्यालयले रु ४८ करोड ५९ लाख लक्ष्य पाएकोमा रु ६० करोड ३७ लाख ७१ हजार राजस्व सङ्कलन भएको थियो । यसवर्ष त्रिनगर भन्सारबाट सबभन्दा बढी राजस्व मङ्सिरमा -रु ११ करोड ३३ लाख, ३० हजार) र कम भदौमा -रु आठ करोड ३५ लाख) सङ्कलन भएको छ ।

कार्यालयले चिनी, कपडा, मोटरसाइकल र हार्डवेयरलगायतका सामान लिलामबाट उक्त राजस्व सङ्कलन गरेको हो । भन्सारले यस आर्थिक वर्षको पूरै अवधिमा रु एक अर्ब २१ करोड ४८ लाख २९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको जनाइएको छ । रासस

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु