मङ्गलम र सहारा ब्रान्डको सिमेन्ट बिक्रीमा रोक :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मङ्गलम र सहारा ब्रान्डको सिमेन्ट बिक्रीमा रोक

११ फागुन, विराटनगर । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरले अम्बे सिमेन्ट उद्योगबाट उत्पादित मङ्गलम ब्रान्ड र सहारा ब्रान्डको सिमेन्टलाई पूर्वाञ्चलमा बिक्री वितरण गर्न रोक लगाएको छ । कार्यालयको आदेशानुसार गुणस्तरहीन सिमेन्ट उत्पादन तथा गुणस्तर प्रमाण चिन्हृ नलिई गैरकानुनीरुपमा सिमेन्ट उत्पादन गरेको पाइएको आधारमा पूर्वाञ्चलमा रोक लगाइएको क्षेत्रीय कार्यालय प्रमुख शशीभूषण यादवले जानकारी दिनुभयो ।

पर्सा जिल्लामा रहेको सो उद्योगले गुणस्तर प्रमाणचिन्हृ नलिई मङ्गलम र सहारा ब्रान्डको बोरामा गुणस्तर प्रमाण चिन्हृको छाप लगाएर गैरकानुनीरुपमा सिमेन्ट उत्पादन गरेको अनुगमनमा पाइएपछि तत्कालका लागि कारबाही फुकुवा नभएसम्म सिमेन्ट उत्पादन र बिक्रीमा रोक लगाइएको प्रमुख यादवले बताउनुभयो । रासस

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु