मोबाइल फोनमा कतिधेरै किटाणु ? :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मोबाइल फोनमा कतिधेरै किटाणु ?

हामीले प्रयोग गर्ने मोबाइल फोन शौचालय भन्दा पनि फोहोर हुने र त्यसमा सयौँ प्रकारका किटाणु हुने कुरा विज्ञहरुले बताउने गरेका छन् । मोबाइलमा हातबाट, मुखबाट तथा बाहिरी वातावरणबाट समेत किटाणुहरु जम्मा हुने गर्छन् ।

बेलायतको सुरे विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले हाम्रो मोबाइल फोनमा असंख्य ब्याक्टेरिया हुने तथ्यलाई हालै सप्रमाण प्रस्तुत गरेका छन् । मोबाइल फोनमा रहेका ब्याक्टेरियालाई ३ दिनसम्म हुर्कन दिएर उनीहरुले त्यसमा कति प्रकारका कस्ता ब्याक्टेरिया हुन्छन् भन्ने कुरा स्पष्ट तस्वीर मार्फत देखाएका छन् ।

मोबाइलमा पाइने केही ब्याक्टेरिया हानिकारक नहुने भएपनि केही भने निकै हानिकारक हुने उनीहरुले बताएका छन् । साँच्ची ब्याक्टेरियाले भरिएका यी मोबाइल हेर्दाँ कस्तो आङै सिरिङ्ग हुन्छ ।

 

9 Comments on “मोबाइल फोनमा कतिधेरै किटाणु ?”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु