११ फागुन, काठमाण्डौ । विहीवार एकैदिन तोलामा १३ सय रुपैयाँले घटेको सुनको भाउ शुक्रवार भने प्रतितोला ६ सय रुपैयाँले बढेको छ । बिहीवार ५५ हजार ७ सय रुपैयाँ प्रतितोलाका कारोवार भएको छापावाल सुन शुक्रवार प्रतितोला ६ सय रुपैयाँले बढेर ५६ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
यसैगरी तेजावी सुनको भाउ पनि बढेको छ । विहीवार प्रतितोला ५५ हजार ४ सय ५० रपैयाँमा कारोवार भएको तेजावी सुन शुक्रवार बढेर प्रतितोला ५६ हजार ५० रुपैयाँमा कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस २३ अमेरिकी डलरले वृद्धि भई त्यसको प्रभावस्वरुप नेपाली बजारमा सुनको मूल्यवृद्धि भएको संघले जनाएको छ । यस्तै शुक्रवार चाँदीको भाउ पनि केही बढेको छ । विहीवार एक हजार ४० रुपैयाँमा कारोवार भएको चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ५५ रुपैयाँकायम भएको छ ।