हिलारीको एउटै भाषणको पारिश्रमिक २ लाख डलर ! :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

हिलारीको एउटै भाषणको पारिश्रमिक २ लाख डलर !

भर्खरै अमेरिकी बिदेशमन्त्रीबाट अबकाश लिएकी हिलारी क्लिन्टनले एउटै प्रवचनको २ लाख डलर लिने भएकी छिन ।

बुजफिडका अनुसार उनले हालै एक प्रवचन श्रृङखलाका लागि सम्झौता गरेकी छिन जहाँ उनले प्रति कार्यक्रम २ लाख अमेरिकी डलर पारिश्रमिक पाउने छिन् । न्यूयोर्कमा रहेको ह्यारी वाकर एजेन्सीलाई प्रतिनिधित्व गर्दै प्रवचन दिन लागेको बताइएको छ । यो एजेन्सी उनका पति बिल क्लिन्टनलाई चुनाव जिताउन भूमिका खेलेको एजेन्सी हो ।

यो रकम बिदेशमन्त्रीका हैसियतले उनले पाउने बाषिर्क तलवभन्दा बढि हो । करिव ४ बर्ष पहिले बिदेशमन्त्री नियुक्त भएकी ६५ बषिर्य हिलारीले पदमा रहुन्जेल बाषिर्क १ लाख ८६ हजार डलर तलव पाउँथिन ।

समाचार संस्था सीएनएनका अनुसार हिलारीले ११ बर्षको अबधिमा करिव ४ सय ७१ वटा भाषण दिएकी थिइन जहाँबाट उनले औसतमा प्रत्येक कार्यक्रमबाट १ लाख ८९ हजार डलर आर्जन गरेकी थिइन् ।

4 Comments on “हिलारीको एउटै भाषणको पारिश्रमिक २ लाख डलर !”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु