अबको चुनावमा एमाले पहिलो शक्तिः खनाल (फोटो फिचरसहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

अबको चुनावमा एमाले पहिलो शक्तिः खनाल (फोटो फिचरसहित)

एमाले नेता गर्जिए- चुनावको विकल्प छैन

११, फागुन, बुटवल । नेकपा एमालेका शीर्ष नेताहरुले शुक्रबार बुटवलमा आयोजित युवा संघको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै जतिसक्दो चाँडो चुनावमा जान जोड गरेका छन् । यसका लागि टाउकामा फेटा बाँधेर मैदानमा उत्रन नेताहरुले कार्यकर्तालाई आह्वानसमेत गरेका छन् । एमाले नेताहरुले आगामी चुनावमा आफ्नो पार्टी मुलुकको पहिलो शक्ति बन्ने दाबी गर्नसमेत भ्याएका छन् ।

महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष खनालले आगामी चुनावमा एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्नुभयो । अराजकतावादी शक्तिलाई एमालेले समाप्त गर्ने चेतावनी दिंदै उहाँले भन्नुभयो- ‘एमाले विगत संविधानसभामा तेस्रो पार्टी भए पनि जनताको मनमा अझै पनि पहिलो पार्टी नै रहेको छ ।’ यसका लागि युवा संघलाई एमालेको पक्षमा जनमत सिर्जना गर्न टाउकोमा फेटा बाँधेर अगाडि बढ्न खनालले निर्देशन दिनुभयो । ‘जति चाँडो चुनाव हुन्छ, त्यति चाँडो मुलुकले निकास पाउँछ ।’- उहाँले भन्नुभयो ।

एमाओवादीले शक्तिपृथक्कीरकण भत्कायो

महाधिवेशनमा मन्तव्य व्यक्त गर्दै खनालले एमाओवादीले शक्ति पृथक्कीकरणको सिद्धान्तलाई तिलाञ्जली दिएको आरोप लगाउनुभयो । यतिबेला न्यायालयले विखण्डनको संकट झेलिरहेको भन्दै खनालले कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका मध्ये एउटा अंगमात्रै भत्कियो भने पनि शक्ति पृथकीकरणको सिद्धान्त भत्कने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो- ‘एमाओवादीले व्यवस्थापिकालाई भत्काएर शक्ति पृथकीकरणको सिद्धान्तलाई तिलाञ्जली दिएको छ ।’

शक्ति पृथक्कीकरण भत्किएको अवस्थामा विभिन्न विकल्पहरुमा छलफल गर्नेक्रममा एमालेले प्रधानन्यायाधीशमा सहमति जुटाउन प्रयत्न गरेको उहाँले बताउनुभयो । तर, राजनीतिक दलभन्दा बाहिरको व्यक्तिलाई सरकारको नेतृत्व दिनु विधिको बिडम्बना भएको खनालले बताउनुभयो । यद्यपि देशमा चाँडो भन्दा चाँडो चुनाव चाहिएकाले प्रधानन्यायाधीशको नेतृत्वमा तत्काल सरकार गठन गरी चुनाव गर्नुपर्नेमा उहाँको जोड थियो ।

निर्वाचन एकमात्र विकल्प – नेपाल

महाधिवेशनलाई सम्वोधन गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बाबुराम भट्टराई नेतृत्वको सरकार विस्थापित गरी निर्वाचन गर्नु नै एकमात्र विकल्प भएको बताउनुभयो । नेता नेपालले भन्नुभयो-’राज्यका संबैधानिक अंगहरु तहस-नहस पार्न एमाओवादी लागि परेको छ । तर, देशको स्थिति अझै बिगि्रनसकेकालेेसमयमै सचेत भएर अगाडि बढ्नुपर्छ ।’ नेता नेपालले पनि खनालले जस्तै निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्नेमा जोड दिनुभयो । उहाँले एमाओवादी र कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यतालाई बिर्सँदै जान थालेकाले एमालेको काँधमा मुलुकलाई निकास दिने जिम्मेवारी आएको बताउनुभयो ।

भट्टराई सरकार दुईदिनको घाम-छायाँ- ओली

पार्टीका अर्का प्रभावशाली नेता केपी शर्मा ओलीले एमाओवादीको सत्ता कब्जा गर्ने र मुलुकलाई रिक्ततामा पुर्‍याउने चाहानाले गर्दा संविधान बन्न नसकेको बताउनुभयो । एमाओवादी र मधेशवादी गठबन्धनलाई हानिकारक, नालायक एवं देशद्रोहीको संज्ञा दिँदै यस्तो गठबन्धनलाई फालेर सहमतिको सरकार बनाउनुपर्ने र चुनावमा जानुपर्ने ओलीले बताउनुभयो । उहाँले युवा संघलाई एकतावद्ध भएर अगाडि बढ्न आग्रह समेत गर्नुभयो ।

नेता ओलीले एमाओवादीले एउटै गतिलो काम नगरेको आरोप लगाउँदै भन्नुभयो-’एउटा सिटामोल, जीवनजल खुवाएको कसैले सुन्नु भएको छ ? एउटा सिटामोल खुवाउन नसक्नेले संविधान वनाउन सक्छ ?’ उहाँले भट्टराई सरकार दुई दिनको घामछायाँ मात्रै भएको बताउनुभयो ।

 चुनाव कात्तिकमा हुनसक्छ – गौतम

एमाले उपाध्यक्ष बामदेव गौतमले आगामी जेठमा निर्वाचन संभव नभए कात्तिकमा हुन सक्ने बताउनुभयो । भट्टराई सरकारले सबै काम विदेशीको हितमा गरेको आरोप लगाउँदै उहाँले आउँदो चुनावमा ०६४ सालमा जस्तो जनताले गल्ती नगर्ने दाबीसमेत गर्नुभयो ।

कार्यकर्ताहरुको उल्लेख्य सहभागितावीच आयोजना गरिएको युवासंघको महाधिवेशन उदघाटन समारोहलाई पार्टीका सचिवहरु युवराज ज्ञवाली, विष्णु पौडेल, शंकर पोखरेलका साथै पोलिटब्यूरो सदस्य छविलाल विश्वकर्मा, पशुपति चौलागाई, युवा फाँट इन्चार्ज योगेश भट्टराई, अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेल, वाईसीएलका सहसंयोजक राजु खडका, एमाले रुपन्देहीका अध्यक्ष भोजप्रसाद श्रेष्ठलगायतले सम्बोधन गर्नुभएको थियो ।

 युथफोर्स ब्युँतिन सक्छ- बस्नेत

कार्यक्रममा युवा संघका अध्यक्ष महेश बस्नेतले संघलाई रहरलाग्दो, भरलाग्दो र डरलाग्दो संगठन बनाउने उद्घोष गर्दै यूथफोर्स ब्यूँतिन सक्ने बताउनुभयो । त्यस्तै उपाध्यक्ष झपट रावल र महासचिव नीरज आचार्यले युवा संघलाई एकतावद्ध बनाउने दाबी गर्नुभयो ।

बुटवलको सिद्धेश्वरी उच्च माविको प्रांगणमा तीन दिनसम्म चल्ने महाधिवेशनले संघको १ सय ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गने बताइएको छ । महाधिवेशनमा देशभरबाट करिव १५ सय प्रतिनिधि सहभागी रहेको युवा संघले जनाएको छ ।

तस्वीर : सिद्धार्थ सन्देश दैनिक/भैरहवा

61 Comments on “अबको चुनावमा एमाले पहिलो शक्तिः खनाल (फोटो फिचरसहित)”
  • romantic wrote on 22 February, 2013, 15:24

    UML ta aaba 5th party huncha teo ni kunnie !!!!!!!!!!!!!!!!! aaba business gare huncha jhallu ji tasaimai faida hola …

    Well-loved. Like or Dislike: Thumb up 66 Thumb down 39

    [जवाफ फर्काउनुहोस्]

    shailesh bhattarai Reply:

    शताब्दीकै महान् चुट्किला !!

    Like or Dislike: Thumb up 20 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    Indra wanem Reply:

    Good joke !

    Like or Dislike: Thumb up 11 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

    ram bhakta thapa Reply:

    nam kamyunist byabahar samanti bhayeko yemale parti mandaleko jhhunda murdabad

    Like or Dislike: Thumb up 2 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Deshi Kancho wrote on 22 February, 2013, 15:26

    चोरहरु को के नाटक हो यो/ तिमि हरुको भासाद चाहिएको छैन नेपाली जनता लाई /.. baby किङ्ग आउ देश बचाऊ >>>>

    चर्को मतभेद । तपाईलाई के लाग्छ? Thumb up 51 Thumb down 36

    [जवाफ फर्काउनुहोस्]

    kshiteez Reply:

    King le ke ghanta hallaune? khubi bhaye anfu raja hunu, natra ramita herne, kina arko lai bolaune?

    Like or Dislike: Thumb up 12 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • can wrote on 22 February, 2013, 15:27

    हसायो बा यो झले ले पनि जुन गोरुको सिङ छैन उस्को नाउ तिखे । बिचराको न सिध्दान्त छ न निती न जनता । कङ्रेस को पुच्छर समातेर न १ हुने सपना देखेछ हरे शिव के के सुन्नु पर्ने हो यो कानले ।

    Well-loved. Like or Dislike: Thumb up 89 Thumb down 31

    [जवाफ फर्काउनुहोस्]

    son Reply:

    Janata ko Bahudaliya janabad ke ho sathi. Maobadi le tehi nakkal gareko thaha chaina timilai. bebkuf

    Like or Dislike: Thumb up 7 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

  • Deshi Kancho wrote on 22 February, 2013, 15:31

    बेबी किङको मुद्दा फेरि ब्युँतन सक्छ। त्यसै पनि दलहरुको नालायकीपनाले उनीहरुप्रतिको मोहभंग हुँदैछ सर्वसाधारणको। राजतन्त्रप्रति सहानुभूति बढ्न सक्छ। पारसका एक्ला छोरा ह्रदयेन्द्रको चिनामा राजयोग छ भनिन्छ। उनलाई राम्रो साइतमा जन्माउन राजपुरोहितबाट मंगलमय समय निर्धारण गरी निर्धारित समयमा सिजेरियन गरी उनको जन्म गराइएको चर्चा उतिबेलै चलेको हो। अहिलेको तरल राजनीतिक स्थिति हेर्दा त्यस्तो केही नहोला भन्न पनि सकिन्न। हेर्दै जाउँ समयले के के देखाउने हो हाम्रो पुस्तालाई। हामीले वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्र गरी तीन राजा घोषणा भएको हेर्‍यौँ। राजतन्त्र गएको पनि हेर्‍यौँ। गणतन्त्र पनि हेर्‍यौँ। प्रधानमन्त्री त कति हो कति हेर्‍यौँ। अब के के हेर्नुपर्ने हो!

    Like or Dislike: Thumb up 20 Thumb down 26

    [जवाफ फर्काउनुहोस्]

  • hari wrote on 22 February, 2013, 15:40

    sayl lai dasha lagepachi sahar pascha bhane ko ahi ho . bhane ko jasto hudaina jalanath khanal ji bhanna lai ta kati sajilo cha yemale aba deshe ko pahilo parti bancha bhane ra . aaja ma yauta nagarik ko haisiyad le bhanchu yamale aba pahilo hoina deshe ko pachu parti chahi 100% huncha . yati kura yemale ko neta haruma smaran rahos . aba hune sambidhan sabhako nirwachan ma charlanga hune nai cha. tesaile madan bhandari jasto banera dekhauna ani hunchu pahilo parti bujheu ta timiharule??? tara madan bhandari jasto timiharu kahile pani hunei sakdainau……..tesaile timiharu pachau chahi hunchau okkkkkkkkkkkkkkk.

    Like or Dislike: Thumb up 20 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

  • raj wrote on 22 February, 2013, 15:46

    napishh ….

    Like or Dislike: Thumb up 22 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

  • Sojho Gaunle wrote on 22 February, 2013, 15:50

    भाषण गरेर मात्रै गार्है होला कि? तर एमालेका नेताहरु तीन तिर नफर्किने अनी एकले अर्काको खुट्टा तान्ने प्रव्रितिमा सुधार ल्याएमा तै केही हुन्छ कि ?

    Well-loved. Like or Dislike: Thumb up 46 Thumb down 11

    [जवाफ फर्काउनुहोस्]

  • Abhi wrote on 22 February, 2013, 15:53

    उत्र उत्र केटा हो टाउको मा फेटा बाधेर , टाउको फुटे तिमेरकै फुट्छ , हामी नेता त गाडी र प्लेन मा सरर त हो;
    टाउको फुटाउन सक्ने केटा हरु भय पछि हाम्लाई के मतलब ;

    Well-loved. Like or Dislike: Thumb up 64 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • anjali wrote on 22 February, 2013, 15:57

    wawawwa aba eamale le kye garla jasto chh hami sabai nepali ko eautai parti nekapa eamale ………

    Like or Dislike: Thumb up 18 Thumb down 31

    [जवाफ फर्काउनुहोस्]

  • नविन पुन wrote on 22 February, 2013, 16:30

    खैत जनताको उपस्थिको फोटो छैन कार्यकर्ताको पनि छैन।नेताहरुको मात्रै छ।एमाले सिद्धिएको संकेत हो यो।

    Well-loved. Like or Dislike: Thumb up 61 Thumb down 15

    [जवाफ फर्काउनुहोस्]

  • kedar gautam wrote on 22 February, 2013, 16:41

    एमालेका नेताहरुसँग न कुनै राजनीतिक कार्यदिशा छ ? न कुनै भिजन ? सधै अरुलाई गाली गर्न बाहेक उनिहरुले केहि जान्दैनन् अहिले यसका प्रत्येक नेता कार्यकर्ताहरुले भाषण गर्नु प¥यो भने पहिलो बोली माओवादीलाई गाली गरेर शुरु गर्दछन । यो पार्टी भित्र कुनै कार्यकर्ता बढुवा गर्न कत्तिको योग्ग छ भन्ने कुरा त्यसले माओवादीलाई कतिसम्म गाली गर्न सक्छ भन्ने कुराले निर्धारण गर्दछ । चुनाव जितेर देशका लागि के गर्ने भन्ने कुनै योजना नभएको यो पार्टी चुनाव आयो की बच्चालाई दशैँ लागे जस्तै रमाउँछ अनि चुनावमा हारे पछि हिस्स । माओवादी आउनु भन्दा पहिला यसले काङ्गेसलाई महादुस्मन ठान्थ्यो र यसरी गाली गथ्र्याे “माली गाई त थारै बस्यो गोरु ब्यायो रे ,नेपाली काङ्गेस पाटीले बहुमत ल्यायो रे” अर्काे “ तालुखुइले मामालाई पम्फादेवि आमालार्इृ दही र केरा बोकेर लुकीलुकी टोकेर काङ्गेसमा पसेछ मेचमा बस्ने हुदाँ खेरी भैमा खसेछ ” यसरी अरुलाई गाली गर्न बाहेक केही नजानेको पार्टीबाट जनताले के आशा गरुन र भोट हालुन , अनि एमाले कसरी पहिलो पाटी बन्ला र कठै ?

    Well-loved. Like or Dislike: Thumb up 59 Thumb down 21

    [जवाफ फर्काउनुहोस्]

    झलनाथ खनाल Reply:

    हैन क्या केदार जी तपाईले कुरो बुझ्नु भएन, अबको चुनाब मा एउटो सिट लिएर एक नम्बर हुने भन्या हो क्या

    Like or Dislike: Thumb up 26 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • manish wrote on 22 February, 2013, 16:45

    दिवा स्वप्न !!! अरु केहि होईन । ।

    Well-loved. Like or Dislike: Thumb up 38 Thumb down 15

    [जवाफ फर्काउनुहोस्]

  • Kale Keto wrote on 22 February, 2013, 17:03

    एकादेशमा चारवटा स्यालहरु रहेछन | परिश्रम बिनाको सहज जीवनको खोजीमा एउटा सुन्दर गाउँमा पुगेछन | हराभरा डाँडा र मैदान, कलकल स्वच्छ खोला, लटरम्म फलफुल, कुखुरा र चल्लाका सलसल, पाठा र पाठीका हलचल देख्दा मुखभरि पानी रसाएछ | यो गाउँलाई कब्जा गर्न सके आफ्नो सबै तृष्णा र आकंछ्या पुराहुने सबैले मनमनै सोंचेछन | तर उनीहरु बीच कसले नेतृत्व गर्ने भनि विवाद शुरु भएछ | एउटाले भनेछ, सबैभन्दा बढी वजनको मै छु, मै नेता बन्न पाउनुपर्छ| अर्कोले भनेछ, सबै भन्दा उमेरले पाको भएकोले म त्यो नेता हुनुपर्छ | तेस्रोले भनेछ, मैले सधै सबै मिलेर जानु पर्छ, सबैले मिलेर खानुपर्छ भन्ने प्रजातान्त्रिक विचार बोकेकोले यो मौका मैले पाउनु पर्छ | चौथोले भनेछ, तपाईहरु तीनजनाले कुनै न कुनै समय नेतृत्व समालेको कारण अबको पालो मेरो हुनुपर्छ | सहमतिमा आउन नसक्दा नेतृत्वको विवादमा महिनौ बितेछ | आहारा हुनुपर्ने चल्ला र पाठा-पाठी बढेर माउ र वयस्क भएछन | अन्त्यमा एउटाले विचार ल्याएछ, हामीहरु विच सहमति हुन् सक्दैन भने अरु कसैलाई हाम्रो नेता छानौं | कुरो सबैलाई ठिक लागेछ | पल्लो झुण्डको झ्याउरे र चाउरे स्याल देखि, बाघ, हात्ती, गैंडा, घोडा, खसी, बाख्रा, कुखुरो हुदै गाउँको रखवालीगर्ने कुकुरमा आएर सहमति गरेछन | यो सोझो छ, यसलाई कुनै उपायले वसमा राखुँला र आफ्नो ईच्छा पुरा गरुँला भनी चारै स्यालहरुले मनमा ठानेछन् ।

    Well-loved. Like or Dislike: Thumb up 39 Thumb down 11

    [जवाफ फर्काउनुहोस्]

    Naresh Reply:

    पल्लो झुण्डको झ्याउरे र चाउरे स्याल देखि, बाघ, हात्ती, गैंडा, घोडा, खसी, बाख्रा, कुखुरो हुदै गाउँको रखवालीगर्ने कुकुरमा आएर सहमति गरेछन | यो सोझो छ, यसलाई कुनै उपायले वसमा राखुँला र आफ्नो ईच्छा पुरा गरुँला भनी चारै स्यालहरुले मनमा ठानेछन् ।त्येा कुकुरकेा नाम खिलराज रेग्मी रहेछ रे…………

    Like or Dislike: Thumb up 7 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • Keshav surkheti wrote on 22 February, 2013, 17:26

    Socheko pougoos amalelai

    Like or Dislike: Thumb up 12 Thumb down 31

    [जवाफ फर्काउनुहोस्]

  • sj wrote on 22 February, 2013, 18:34

    Ajjaipani jitaula bhanne sapana dekhdai6 bhujhpachaera bol6 ya yo party kehithaha na bhaeko halambhus ho janatalai fuslaera bhot paune sapana na dekhe hun6 5 sit bhanda badhi ae6 bhane pani ma manne 6ui horahe6 emale bhanne6u

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bhimbhurtel wrote on 22 February, 2013, 19:03

    la tikai xa paila sakti vayo bhane k garxa ta ? kai garna sakxa ta nai kai garna sakdaina vayara matra k garne 1ta pailo hunai sakdaina 2 bhaya pane kai garna sakdaina hahhaha

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • cpuml wrote on 22 February, 2013, 19:30

    रुखमा किरा लागेका कम्जोर हाँगा हरु कोइ झरेर गय कोइ हामीले काटेर फ्याक्यौ.. औसत अग्लो होचो जे भय पनि निख्खर छौ that is cpuml.. बृद्ध भत्ता , बिधुवा भत्ता , हरेक वर्ष ५ लाख हरेक गाबिस लाइ रकम , सायद हाम्रो केदार जी को पार्टी ले ल्यायो जस्तो छ . यो भूगोल भरिको ७, ८ जना कमेंटर रुदै मा एमाले पार्टीलाई कुनै प्रभाव पर्दैन .. जति अरुलाई गाली गर्नुस त्यतिनै तपाई कम्जोर हुनुहुनेछ..

    Like or Dislike: Thumb up 6 Thumb down 17

    [जवाफ फर्काउनुहोस्]

  • Deshbhakta sharma wrote on 22 February, 2013, 19:44

    Sabaile bhanchhan aba ta yiniharu sanga janta nai chhainan ! Huna pani tyastai hudai gairahe chha, kam se kam timiharule party laai samabesi baanaau, jat jati, janjati laai pani high ranking ma thau deu na ho, jhapali fataha ho ! Jahile pani eutai anuhaarka manchhe chhan yiniharuko partyma !
    Change ani change !!!

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • shreepramod wrote on 22 February, 2013, 20:17

    tri sakti,trimurti,trineta, apasmai ladera aphai saph. hola jasto po bujjhiyo ta.

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Öm wrote on 22 February, 2013, 20:23

    पछाडी बाट गन्दा चाहि पहिलो होला एमाले

    Like or Dislike: Thumb up 16 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Rastrapremi wrote on 22 February, 2013, 20:55

    Krantikari vanaudo maobadi ko sarkar pani heryeu…. Karyakarta posne ra vrastachari posne vanda kehi garena…. Aparadhi lai ta bui chadayera rakheko pani dekhiyo….. Congress ko kurai nagarau…… Rahyo uml. Yo pani sarbotkrista ta haina nai… Sabai jal fataha nai hun. Aba hamile bikalpa haru madhye uttam bikalpa xannu parne xa. jasma naramra madhye bata pani kamti naramro vayeni xannai parxa. Tesaile UML lai ek patak bahumat diyera sambidhan banauna ra sarkar chalaune mauka dinu parxa. kina ki 2052 salko 9 mahine ko sip ra para lyauxa ki ????

    Like or Dislike: Thumb up 1 Thumb down 5

    [जवाफ फर्काउनुहोस्]

    रोसन Reply:

    नेपालमा कस्को श्राप पर्यो नेता कोही छैन सिनो खान नपाएका भोका स्याल हरु कहा सिनो खान पाइएला भनेर राल काढेर बस्नु सिवाय केही गरेर देखाउने खुवी छैन सोझा नेपाली जनताको आखामा मुत्न बाहेक केही जानेको भए पो गर्छन खाते हरु गफ लगायो भात मार्यो राज्यको सम्पती लुटने दाउ हेर्यो कहा गएर जनताको नाम बेचेर रिण निकाल्यो खायो चोरै चोरको आलो पालो गर्यो खैत जनताको पालो कहिले आउछ कसैले यो कुरा सोचेका छन सबैलाइ लखेटेर देश निकाला गर्न जनता लाइ बाध्यता आइ सकेको छ कुन दिन भाग्ने बरु बेलैमा सामान ओसारी बसे बाटो काटन सजिलो होला ।

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Cm sharma wrote on 22 February, 2013, 21:03

    हसायो झले वली र मांकुने ले अब कुन बेकुप छ र याीनीहरु को कुरामा िबशवस गरने ।

    Like or Dislike: Thumb up 18 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Bk kamal wrote on 22 February, 2013, 21:32

    Aaba ta neta haru ko vasan jokes jasto lagna thalo

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • kriss wrote on 22 February, 2013, 22:29

    rajnitik Bhasan garda jasto sajilo hudina ni kam garer dekhauna timi haru le pani chalayu des dekhe sabhai janta le neta kaa bhasan sunda t janta lai dikka vai sakeyo

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Raman Thapa wrote on 22 February, 2013, 22:47

    यो देश मा काँग्रेस ले तेस्तो राम्रो काम केनै गर्यो र ? भर्स्ताचारी उत्पादन कम्पनी जस्तै भयो / माओबादीको क्रान्तिकारि सरकार पनि देखियो ……अब अलि अलि काम गरेको र गर्न सक्ने बिदेशी को पनि सपोर्ट भएको पार्टी एमाले नै हो ..जसले जे भने पनि

    Like or Dislike: Thumb up 6 Thumb down 18

    [जवाफ फर्काउनुहोस्]

  • Raman Thapa wrote on 22 February, 2013, 22:50

    यो देश मा काँग्रेस ले तेस्तो राम्रो काम केनै गर्यो र ? भर्स्ताचारी उत्पादन कम्पनी जस्तै भयो / माओबादीको क्रान्तिकारि सरकार पनि देखियो ……अब अलि अलि काम गरेको र गर्न सक्ने बिदेशी को पनि सपोर्ट भएको पार्टी एमाले नै हो ..जसले जे भने पनि …सबैलाई चेतना भया

    Like or Dislike: Thumb up 5 Thumb down 11

    [जवाफ फर्काउनुहोस्]

  • Prajun Kumar adhikari wrote on 22 February, 2013, 23:15

    उत्र उत्र केटा हो टाउको मा फेटा बाधेर , टाउको फुटे तिमेरकै फुट्छ , हामी नेता त गाडी र प्लेन मा सरर त हो;
    टाउको फुटाउन सक्ने केटा हरु भय पछि हाम्लाई के मतलब ;

    Like or Dislike: Thumb up 3 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • rozan pokharel wrote on 23 February, 2013, 0:20

    Kehi pani garna sakdaina yo emalele. Aba partiko bighatan gari bhastachar gari banako gharma basnu nai emaleko netama bhalai hola.

    Like or Dislike: Thumb up 4 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • SAGAR wrote on 23 February, 2013, 0:42

    YEMALE NAA POTHI NAA BHALE HIJADAA YEMALEKO NAME ‘BAHUNBADI’ RAKHE RAMMRO HUNE THIYO..NABHAYE YEMALE GAYO …YEMALE NAA POTHI NAA BHALE HAHAHAHAHAAHAHHAH HASAU6A PAHILO SAKKTI RE DIWA SAPNA DEKHNU FREE 6A HAHAHHHHAA

    Like or Dislike: Thumb up 2 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • k m kharel wrote on 23 February, 2013, 1:03

    bhate chor Nepal ka janata hainana ali ali padheka bhatelai bhaneko ho hai timilai kehi thahai chhaina kin bhane ni timi sanga kunai yaso padhne ra sochne buddhi nai chhaina amale nai nepalko nikash dinchha heram aagaadika dinharu….

    Like or Dislike: Thumb up 1 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • kshiteez wrote on 23 February, 2013, 1:34

    timra hanuman le bidhyabhandari lai pahilo palta jitauda jhain 9 am bhitra nai sabai bhot khasale bhane ta ho ni… laj bhaye ta anuhar lukayera hidnuparne ho timiharu

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • नविन पुन wrote on 23 February, 2013, 1:38

    नत पोथी नभाले! अबको चुनावमा एमाले!! हुनेछ पहिलो शक्ति जस्तै माले!!!भन्दैछन सारा जनताले!!!!खाने भयो दनक मजाले!!!!!

    Like or Dislike: Thumb up 17 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    Rastrapremi Reply:

    Aafu kun linga ho vanera thaha xa nabin kaite lai ?????? Aafu ramro vanne hunu paryo ni aru galat vanna ta. Tero niti bichar siddhanta k xa ra?

    Like or Dislike: Thumb up 1 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • bg wrote on 23 February, 2013, 1:43

    khubai napis hehe

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Arjun Acharya wrote on 23 February, 2013, 1:46

    खैत जनताको उपस्थिको फोटो छैन कार्यकर्ताको पनि छैन।नेताहरुको मात्रै छ।एमाले सिद्धिएको संकेत हो यो।

    Like or Dislike: Thumb up 11 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • kshitiz wrote on 23 February, 2013, 2:19

    mahadibeshan safalta ko subhakamana …..

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • ichiro wrote on 23 February, 2013, 3:56

    UML le aunue chunab (election) ma 5 seats jitnu Chomo lungma chade jhai huncha. 5 Seat vanda badi lyuna sakdaina, purba ma ta uhi ho aba sudur paschim (far western) ko pahad bata layuo vane matrai !!!!!!!!!!!! UML Joke of Year

    Like or Dislike: Thumb up 2 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • matrika timilsena wrote on 23 February, 2013, 3:57

    अलि अलि काम गरेको र गर्न सक्ने बिदेशी को पनि सपोर्ट भएको पार्टी एमाले नै हो .

    Like or Dislike: Thumb up 3 Thumb down 8

    [जवाफ फर्काउनुहोस्]

  • bhim lamichhane wrote on 23 February, 2013, 4:38

    aru lai arop,pratyarop nalagai ta jhale ko party jhallu harulai ta khana pani ruchdaina yo ta sablai thaha chha ni.

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • sam wrote on 23 February, 2013, 4:43

    Hoina maobadi ko neta haru sanga a.ma.le ra kanres kaa neta haru ko budi lai bagaey chha ki kya ho??? Bilne thau payo ki gali gari halchha. Jhar lai jastari

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • raju wrote on 23 February, 2013, 4:53

    Gundai gunda ko pati ho A.MA.LE tharkaera bhamkaera jitamla baneyo hola. Ashai nagare hunchha. hami nepal nagarik dar ra bamki sanga daraune timaru jasto kayar hoinau.

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • sj wrote on 23 February, 2013, 5:25

    Thukka besaram ajha pahilo sakti hasau6 emale le aba baulauna thalyo emale

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • bharat jhapa wrote on 23 February, 2013, 5:33

    sa6ar bhaeka nepali dajubhai harule gareko comment dekher ma ta 6akka pare,yas bat prasta hun6a ki sathiharu dheraima rajnitik beslesan ra gyan rahena6 vanne kura.
    netale van6an ni sabaile merai pati thulo van6an tara aheleko absthama sachhai vanne ho vane jantale k gar6an vanne kura aakalan garna garo 6,tesaile abesma hoina b4 garer afno kura rakhe ramro ”voli amale nai pani huna sakla ……..athaba aru koi……..

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • hira wrote on 23 February, 2013, 5:40

    ‘टोक्ने कुकुरले भुक्दैन,भुक्ने कुकुरले टोक्दैन’यिनीहरु भुक्ने मात्र हुन् गर्ने केहि होइन/झल्लुले भनेको कुरा ठिकै हो उल्टो बाट १ नम्बर..अर्को चुनाबमा….

    Like or Dislike: Thumb up 10 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Madan wrote on 23 February, 2013, 5:57

    झले पुरा झल्लु भए जस्तो छ, होईन सपना पनि कती देख्नु हो! ? धेरै बकवास कुरा गर्दै नहिड है झल्लु बाजे फेरी कुन चैले थप्पड देला अनि थाहा पाउला ।

    Like or Dislike: Thumb up 7 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • churna lumba wrote on 23 February, 2013, 6:41

    jhalanath g,pahilepani ekpatakta desko thulo ra shaktishali party vayako thiyo hoinara.aba feri hunchhau vannuta kora sapana matra holani ani yubaharoole taukoma feta badhera janajaagrit wa kriya,garne chalan chha.birshinuvako ta hoina?

    Like or Dislike: Thumb up 1 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • Lenin wrote on 23 February, 2013, 9:08

    होईन यो झल्ले बटौलीको टोङ्वा तानेर भाषण ठोक्न पुगेछ कि कसो दिउसै सपना देखेको पहिलो पार्टी बन्ने ?

    Like or Dislike: Thumb up 5 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • milan wrote on 23 February, 2013, 9:20

    हुन त बुटबलमा भईरहेको गुण्डाहरुको झुण्डको बारेमा तेति कमेन्ट नगरेनि हुने हो, तर माथी एकजना साथीले भनेजस्तो सताब्दीकै महान चुट्किला भनेर दुनियालाई के हसाउनुभाछ झलनाथ कम्रेड!! केही अगाडीको पत्रिकाका अनुसार देशभरिमा सबैभन्दा बढी गुण्डा चोरी फिरौती अपराधमा मुछिएका डनहरु पाटीमा हुलेर एमालेले कसरी जनताको मन जित्न सक्दो रहेछ हेरौ। यदी नेपाल प्रहरीले राम्रोसंग बुटबलमा हाल छापा मार्ने हो भने धेरै अपराधीहरु समात्न सक्छ र धेरै नेपालीलाई राहत पुग्न सक्छ।

    Like or Dislike: Thumb up 7 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • BauRam wrote on 23 February, 2013, 12:18

    Aaune election ma CPN UML le 60 percent seat jitchha bhanne hamlai lairachh. Long live Marxims, Long live JBJ.

    Like or Dislike: Thumb up 0 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • vivek dhungana wrote on 23 February, 2013, 13:42

    sale phataharuho comment garna paye vandaina afno ego ma prerit vayera arkalai gali garna mildaina. timi comment garne haruko chahi k aukat chha ra? ra kun chahi party le k chahi napeko chhara? Mawobadi ragat chusera khana palkeko ajhai chusdaichha.baburam nam kahaliyeko pani para dekhi haliyo. euta kehi huti rahenachha. prachhanda ustai phataha. mukhama ram ram bagalima chhura. congress ustai kalo tara je vaye pani congress pani time anusar change hudaichha. Emale dubai milayera kehi garna khojchha desma. tyo timiharule kehi bujheka chhainau. jati buddhi chha tetinai bolchhau ra lekhchhau. yo nepal ko history paltayera here hunchha. timra bau bajele tehi yemale ka karan kehi na kehi permanent rahat payeka chhan. bujheu.

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • sandesh wrote on 23 February, 2013, 16:02

    तिमीले पहिलोपल्ट प्रधानमन्त्रि हुदा कति वोटा देश को भलो हुने कम गरेको थेउ, जुन कम ले देश को लागि दिर्गकालिन फाइदा पुग्यो की / ये भातमारा हो कति जनता लै बेबकुप बनाउदै हिड्छौ ? नेताहरु सबै नलाएक र खुबी नभएको न आफु गर छौ न अरु लै गर्न दिन छौ हामी लै देश बिकाश चाहिएको छ, बिकाश को लागि धेरी थोरै कठोर हुन पर्छ आफ्नो२ दुनो सोजाएर जादा हुन्छ तिमीहरु नलाएक नेताजति सबै जना हामी लै चहिएको खाली बहुदल नाम मात्र को होइन, सम्पूर्ण नेपाली लै गास बास र कपास हो, बिदेशी ले हेप्न नसक्नु तेस्तो बातावरण खोजेको हो काजग मा लेखेर मात्र केहि हुने वाला छैन, बेलायत मा हेर आज सम लेखेको संबिधान छैन, पहिलो कुरा त् आफुमा देश र जनता प्रति को राम्रो सोच प्रवृति सस्कार हुन जरुरि छ तेति भए पुग्छ कुनै संबिधान पार्टी को घोषणा पत्र जरुरि छैन, यो हामी सम्पूर्ण प्रबासी, नेपालीबाशी नेपाली जनता को आवाज हो नालायक नेताहरु हो अब छिटो देश लाई निकास दिएर सत्ता सुम्प हामी ले पार्टी को मान्छे खोजेको होइन अरु खुबी भएको राष्ट्र प्रति बफादार र जनता प्रति जिम्बेबार ब्यक्ति खोजेको हो ….

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • min .b basnet wrote on 24 February, 2013, 0:33

    nepalko rajniti ma UML ko ramro soch chha kina ki yo party le na ta pujibadi ko matra pachhema na ta ugra kattarpanthi ko pacchema maddhesta role samaye paristhi anusaarko vision
    ani 9 mahina sarkaar chalauda pani dekhayo kasari muluk ko
    bikash garnu parchha bhanne kura, thokuwa ko saath bhanna sakinchha 3-4 barsa chalaune mouka pato bhane muluk le gati pauchha.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Ramesh Yadav wrote on 24 February, 2013, 4:06

    छक्का पार्टीको रुपमा न‍. १ अहिलेपनि छदै छ त जहिले पनि रहनेछ एमाले भन्नै पर्दैन झल्लु ले

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु