१६ वर्षपछि आमा खोज्दै छोराछोरी :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

१६ वर्षपछि आमा खोज्दै छोराछोरी

१२ फागुन, उदयपुर । नाबालक लालाबाला छोडेर १६ बर्षअघि दोस्रो विवाह गरेकी एक महिलालाई खोज्दै उनका छोराछोरी प्रहरी कार्यालय पुगेका छन् । आमाको अनुहारको याद नभएका सुष्मा र मधु आमाको खोजीका लागि प्रहरीको ढोका ढकढक्याउन पुगेका हुन् ।

एदयपुरको ताम्लिछा ५ की शान्तिको बलम्ता गाविस ३ का गैरबहादुर राईसँग विवाह भएको थियो । श्रीमानसहित ४ बर्षकी सुष्मा र डेढ बर्षका मधुलाई छोडेर शान्ति ०५४ साल मंसिरमा त्रियुगा नगरपालिका १२ का ५४ बर्षका जितबहादुर राईसँग दोस्रो विवाह गरी हिँडेकी थिइन् ।

अहिले सुष्मा २० बर्षकी र मधु १६ बर्षका छन् । सुष्मा र मधु वृद्ध अवस्थाका मावली हजुरबुबा ७४ बर्षका डोरबहादुर राईलाई साथमा लिएर आमाको ओज ीगर्न जिल्ला प्रहरी कार्यालय गाइघाट आइपुगेको खबर नेपाल समाचारपत्र दैनिकले छापेको छ ।

3 Comments on “१६ वर्षपछि आमा खोज्दै छोराछोरी”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु