८३ माविमा एक मात्र महिला प्रधानाध्यापक ! :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

८३ माविमा एक मात्र महिला प्रधानाध्यापक !

१२ फागुन, हेटौंडा । राजनीतिक दलहरुले हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको कुरो उठाइरहे पनि मकवानपुरका माध्यमिक विद्यालयमा एक जना मात्र महिला प्रधानाध्यापक कार्यरत छन् ।

जिल्ला शिक्षा कार्यलय मकवानपुरको तथ्यांक अनुसार जिल्लामा सञ्चालित ८३ वटा माध्यमिक विदालयमा एक जना मात्र महिला प्रधानाध्यापक कार्यरत छिन् । मकवानपुरका ८२ मामिमा पुरुष नै प्रधानाध्यापक रहेका छन् । सुकौरा गाविसमा रहेको जनता माविमा प्रतिमा सिलवाल जिल्लाकै एकमात्र बहालवाला प्रधानाध्यापक रहेकी हुन् । निम्न माध्यमिक विद्यालयमा भने पाँच जना महिला प्रधानाध्यापक रहेको छने । शिक्षा कार्यालयको तथ्यांकमा ८६ वटा निमाविमध्ये पाँच विद्यालयमा महिलाले नेतृत्व गरेको खबर गोरखापत्र दैनिकले छापेको छ ।

तथ्यांक अनुसार हेटौंडा ९ चौधघरेस्थित त्रिवेणि निमाविमा रुद्राकुमारी घिमिरे, मनहरी ८ रजैयास्थित युवावर्ष गंगा निमाविमा रामभक्ति कालाखेती, फापरबारीमा रहेको सीता निमाविमा सन्तोषी सहनी, पदमपोखरीमा रहेको पशुपति निमाविमा रमा चौलागाई र छतिवनमा रहेको प्रभात निमाविमा विमला लामा प्रधानाध्यापक रहेका छन् ।

जिल्लामा रहेका प्राथमिक विद्यालयमा पनि महिला प्रधानाध्यापकको संख्या न्युन छ । जिल्लामा रहेको तीन सय ५१ वटा प्राथमिक विद्यालयमध्ये ६२ वटा विद्यालयमा महिला प्रधानाध्यापक रहेको तथ्यांकमा उल्लेख छ ।

One Comment on “८३ माविमा एक मात्र महिला प्रधानाध्यापक !”
  • sagar wrote on 23 February, 2013, 5:08

    yo magi khane bhado hoina pradhanadhyapak bhanne post
    jo sabal xa tyehi hunxa
    mahila purus bhanne nai kura aaudai na ni
    patru patrakar khate jasto kura garne?
    jaha pani rajnitik bhagbanda?
    k timro patrika ma pani reservation kota ma mahila lai editor banayeko chhau? jpt nalekha sathi
    kuwa ko frog kuwa mai bhanne ukhan jasto.. timro sochai ta tyehi 18 satabdi ko nai rahexa ni

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु