आज मिति २०६९ साल फागुन महिनाको १२ गते शनिबार । आज काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले एमाले भातृ संगठन युवा संघ नेपालको आठौं महाधिवेशन शुक्रबारबाट बुटवलमा सुरु भएको समाचारलाई प्राथमिकताकासाथ छापेका छन् । यस्तै पूर्वयुवराज पारस शाहको अबस्था चिन्ताजनक रहेको र पूर्वयुवराज्ञी एवं पारस पत्नी हिमानी शाह बैंकक पुगेको समाचारलाई पनि आजका दैनिक पत्रिकाले प्राथमिकताकासाथ छापेका छन् ।