मञ्जरीको मृत्यु ! :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मञ्जरीको मृत्यु !

बिटु केसी बराल

मञ्जरी कुनै नायिका होईन । न कुनै सुन्दरी युवति नै । केबल मेरो कथाकि यथार्थ पात्र मात्र नभएर समाजबाट ओझेलमा परेका , एकाएक हराएका ती हरेक अनुहार मञ्जरी हुन सक्छे ।

स्वदेशबाट कता हो कता, धेरै टाढा सात समुन्द्रपारी अमेरिका भनिने यो ठाउँमा मलाई देशको खबरले झक्झक्याँछ । सुन्छु – त्यहाँ जाडो खप्न नसकेर न्यानो लुगा नहुनेहरू , घर नहुनेहरू , सडकमा गुजारा गर्नेहरू गरिवहरू मरेरे । मन भित्र कस्तो कस्तो आमिलो फैलिन्छ । आफ्नो लुगा बिछ्यौनाले आफैलाई गिज्याए झै लाग्छ । सडक पेटिमा हात फैलाएर बस्ने बालकहरू , पाटी पौवामा रामनाम जप्दै दिन गुजार्ने ती बुढाबुढीहरूको याद आउछ । यस्तै यादहरुमा मिस्सिएर वर्षोदेखी मेरो मष्तिस्कमा तहतह परेर बसेको मञ्जरीको यादले ३० बर्ष अगाडि को त्यो समयमा मलाई अनयासै फर्काउछ ।

क्षणभरको लागि मञ्जरी मेरो मानसपटलमा जिवन्त भएर उभिन्छे । उसको त्यो बुच्चो कपाल , डेढो हेराइ , छुच्चो बोली मेरो आँखा वरिपरि घुम्छ ।

मञ्जरी गुनिली पनि होईन , राम्री पनि होईन । अचम्म त के भने उ मेरो मानसपटलबाट कहिल्यै ओझेल भैइन । जब जब उसलाई म सम्झिन्छु दुखित हुन्छु , हतास हुन्छु । कहाँ गई मञ्जरी , कता हराइ मञ्जरी ?

३० वर्ष अगाडिको बिशालनगर चण्डोल सानै भएपनि प्राकितिकरुपमा सुन्दर थियो । । हराभरा ,सफा सुग्घर , उचाइमा अबस्थित चण्डोल अति रमाइलो लाग्थ्यो । पारिलो घामको स्पर्श , हावाको मिठासले चण्डोलको आकर्षणमा चार चाँद लगाएको थियो । सडकको दाँयाबाँया निलकाडाँको सपक्क मिलेको बार जसले पर्खालको काम गरेको हुन्थ्यो । मोटर गाडी चड्दा त्यो हरिया काँडाघारी सरर छोडिदै जाँदा गाडीसंगै दौडे जस्तो लाग्थ्यो , मन्त्र मुग्ध हुन्थे म । असाध्यै मन पर्थ्यो मलाई त्यो द्रिष्य , त्यो चण्डोल । अब त काँडाघारीको ठाउँ ठुला ठुला पर्खालले ओगटेको छ । त्यो रमाइलो बस्ती आज अब्यब्स्थित घना बस्तीले गर्दा कस्तो कस्तो उकुसमुकुस देखिन्छ । तर पनि आफू जन्मेको ठाउँ अति प्यारो हुने रहेछ । कवि सिद्दिचरणलाई ओखलढुङगा प्यारो भए जतिकै ।

मेरो भन्दा २\३ घर पछाडि एउटा सानो मिल थियो जसलाई हामि कलघर भन्थेऔ । काँचो इट्टाले बनेको कलघरको भित्र एउटा कुनामा सानो कोठा थियो त्यसैमा डेरा गरि बस्थे मञ्जरी र उसको बुढो बाउ । कलघरको ठिक अगाडि ठुलो मयलको रुख थियो र रुखसंगै थियो फैलिएको बारी । त्येतिबेलैको प्राबिधिक बिकासले त्यो पुरानो कलघरलाई इतिहास बनाइ सकेको थियो । कलघरमा कल थिएन , बाँकी थियो मात्र घर । त्यो घर रुङेर बाउ छोरी बस्थे । मयल पाकेपछी केटाकेटी झ्याम्मीन्थे रुख मुनि । हामि पनि बाटो पर्दा मयल खान कल घर तिर जान्थ्यैा कहिलेकाही । पाकेको मयल खुब मिठो हुन्थ्यो । खेतबारिमा जाने बाटोसगैको त्यो झरेको मयल खान मयल धनीको भन्दा नि मञ्जरीको बढी डर लाग्थ्यो । उ आफ्नै मयल हो जस्तोगरी छुच्याँइ गर्थी । घरधनीलाई भनिदिने धम्की दिन्थी । एकचोटी मयलको रुखसंगैको मकै बारिमा तनेबोडी चुडेर खाएछन् सानासाना केटकेटीले ।” बोडी चोर ” बोडी चोर ” भन्दै कराएर मन्जरीले तिनीहरूलाई परैसम्म लखेटी । ती केटाकेटीहरू मन्जरीको अगाडी पर्ननी डराउथे । उसको न पहिरन राम्रो हुन्थ्यो न हिडाँइ । तर, म उसलाई बाटोतिर हिंडेको देख्दा हेरिरहन्थे र मौका मिल्दा बोल्थे । उ सधै ठाडो जवाफ दिन्थी र तर्किन्थी । मञ्जरी सबैसँग ठाडो बोल्थी । बुढो बाउले ज्यालादारीबाट जेजति कमाउथे त्यसबाटनै उनिहरुको छाक टरथ्यो । ज्याला मजदुरीको काम सधैं पाइने होईन , काम नपाउदा र गर्न नसक्दा उनिहरुको पेट कसरी भरिन्थ्यो होला ? विचरी मन्जरी ! आमा गुमाएकी टुहुरी थिइ । मञ्जरी दुधेबालिका छदै बितेकि रहिछीन् आमा । उसका उमेरका अरु केटाकेटी स्कुल जाँदा , मिलेर खेल्दा मञ्जरी भात भान्चामा हुन्थी । ९ \ १० वर्षकी हुदी हो उ तर बुढो बाउ लाई पकाएर खुवाउने जिम्मा उसैको भागमा थियो । आफूले पढ्न नपाएकोले होला स्कुल जाने आउनेहरूलाई उ खुबै ध्यान दिएर हेरिरहन्थी । कापि कलम लिएर खोइ के के कोरिरहन्थी उ । कठै ! उसको पढ्ने रहर बुझिदिने को थियो र ?

एकदिन उसको बुढो बाउले सौतेनी आमा ल्याएछन् । टोलछिमेकमा गाईगुइँ हल्ला चल्न थाल्यो – ए ठुल्दाइले त फेरि बिहे गरेछन नी ! मेरो आमाले नी भन्नुभयो – ” ठुल्दाइको कान्छी दुलही त कति राम्री रैछीन् ” हाँस्दै भन्नुभयो – ” कहाँ पाएहोलान्, त्यती राम्री दुलही बुढेसकालमा ? ” हेर्ने कौतुहलता जाग्यो , दौडेर गएँ कलघरतिर । हो रहेछ , खुब राम्री लाग्यो मलाईनी , सिनेमाकी हिरोइन जस्तै । मञ्जरीलाई चाँही के लाग्यो खोइ कुन्नी ? केहीदिनपछि कसैले मञ्जरीलाई सोद्धै थियो – सौतेनी आमा ल्याएपछि बाउले माया गर्छन् की गर्दैनन् ? कान्छी आमाले कस्तो व्यबहार गरेकी छिन इत्यादी । सौतेनी आमाप्रति उसले न कुनै रौष प्रकट गरेकी थीइ , न कुनै गुनासो नै । उ सामान्य देखिन्थी । समयको हन्डर र ठक्करले कलिलै उमेरमा उसलाई जोदाहा र जिताहा बनाइसकेको थियो ।

चार महिनानी नटिकी ठुल्दाइकी नयाँ दुलही त टाप कसिछिन् हेर,  आमाले कसैलाई बताउदै हुनुहुन्थ्यो । त्यहाँ उप्रान्त ती सुन्दरीको दर्शन फेरि कहिल्यै पाइएन । शायद ठुन्दाइको गरिबीले उनलाई टिकाउन सकेन ।  ठुल्दाइ धेरै बुढो भैसकेका थिए । उनको शरीर ज्यालदारी काम गरेर पेट पाल्न सक्ने अबस्थाको थिएन । न कुनै खेतबारी र जायजेथा उनिहरुसँग थियो । परिवार र आफन्तको नाममा ती दुबै बाउ छोरी मात्रै । चोरी , फटाइँ , ढटाइँ र मग्वाइँ अक्सर गरिविमा हुने दोषहरू दुबै बाउ छोरिमा कहिल्यै देखिएन । सानी मञ्जरी निर्भिक , निडर थीई । कसैसँग नझुक्ने र नडग्ने उसको पन शायद मलाइ त्यतिबेला छुच्चो लागेको हुदो हो । उसको गरिवी ,दयनीय अबस्थाको समाजले उडाउने खिल्लीको सामाना गर्दा उ कठोर देखिएकी हुँदि हो ! आफ्नो अबस्थाको ललरी गाएर ती बाबु छोरीले कसैबाट सहयोगको अपेक्षा गरेको समेत थाहा पत्तो पाइएन । न त त्यो समाजका हामिहरूले उसको अबस्थालाई जान्ने चेष्ठा नै कहिल्यै गर्‍यौं । अहिले मलाई लाग्छ , यदि समाजको सानो सहयोग पाएको भए मञ्जरीको जीवन त्यसरी बिलिन हुने थिएन । उ कसैसँग झुकिन तर गरिवीको सघर्षमा उ चाडै नै पराजित भई । एकदिन अचानक सुने मञ्जरी त मरिरे ….. मलाई बिश्वासै लागेन । फेरि दौडेर कलघरमा हेर्न गए , सुनसान थियो घर , त्यहाँ कोइ थिएन । म खिन्न हुँदै फर्किए । बिरामी थिईरे उ । खोइ के को बिरामी हो , मलाई थाहा थिएन ।  मञ्जरी भन्दा १/२ वर्षले ठुली मलाई आजसम्म पनि कुरिकुरी लागिरहन्छ – औषधी उपचार पाएको भए मञ्जरी त्यति चाँडै मर्दिनथी । म सोच्दछु , मञ्जरी बाँचिरहेकी भए आज कस्ती हुन्थी होली ? उसका पनि त आफ्नै रहर र सपनाहरू थिए होलान् । जीवन बाँचिरहने आशा कसलाई हुदैन ? तर सबैको रहर कहाँ पुगेको छ र !  कहीले पुगेको छ र ? केही समयपछि ठुल्दाइ नी मरे भन्ने सुनियो । उनको मृत्‍युमा शोक मनाउने कोही भएनन् ।  समाजले फेरि उनीहरूलाई कहिल्यै सम्झदा पनि सम्झेनन् ।

 हुस्टन , टेक्सास

23 Comments on “मञ्जरीको मृत्यु !”
  • Rabin jagari wrote on 23 February, 2013, 6:01

    katha ekdamai man chune ra yathartha parak lagyo .Ajhai yeta khale kata padna paiyosha katha kar lai derai dhhanyabad .Weel don keep it up and best of luck for future .

    Like or Dislike: Thumb up 7 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

    janak kumar kadel. Reply:

    कथा नया हो ! वा पुरानो कथा मलाई थाहा भएन, तर यस्तो घटना थोरै मान्छे को मानस प्लट मा पाईन्छ !!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Madan wrote on 23 February, 2013, 6:20

    It’s Heart Touching Sroty….

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Bipin wrote on 23 February, 2013, 6:48

    Tapai ta dhani ki chori hunuhudo rahicha.k help garnu bhayo ta manjari lai?medam bhabana ma bagera matra hudaina .aja manjari jasta garib ko khilli uddaudai hununcha tapai usa basera.dherai manjari haru chan nepal ma ,saknu huncha bhane auti manjari help garnu tapai ko jiban sarthak 6′natra mam..gaph le kehi hudaina.

    Well-loved. Like or Dislike: Thumb up 21 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ramu basyal wrote on 23 February, 2013, 7:02

    really heart touchable story thanks b2 ji salot u so thanks.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • phurwa lama wrote on 23 February, 2013, 7:04

    yo lekha padera ta ma lai pani gau ghar ko yad aayo sarai ramro lekha lekhanu vayechha

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • aakrosh bhandari wrote on 23 February, 2013, 7:32

    manchhe bhawanatmak bhanda prayogatmak bhaidiye hunthyo ramro kam garne soch dheraima aauchha tara garne aant thoraima matra .harek jiudo manchhe ma bhawana haru ta hunchhan nai ramra ra naramra pani ramra bhawana lai prayog garna sake sansar swarga nabhayene swarga jasto abasye hunthyo. feri pani k hi garnai nasake pani atleast harek manchheko manma ramra bhawana haru bhaye santi chhaune thiyo.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ramesh wrote on 23 February, 2013, 7:35

    ho hai manjari pani sanaima mari thuldai pani marisake dherai po vaisakyo ta

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • akash wrote on 23 February, 2013, 8:20

    चोरी , फटाइँ , ढटाइँ र मग्वाइँ अक्सर गरिविमा हुने दोषहरू दुबै बाउ छोरिमा कहिल्यै देखिएन
    yesto ali hoina ki? kata kata “victim blaming” bhanne suneko thiye tyasa lai bujher lekheko bhaye ali ramro hunthyo ki…..

    herne aakhan pani pharak rahechha—kahan ko mahal ma hurkeki BITU ani poverty le bachna nasakne manjuri
    Anyway, nice story…..
    keep it up

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sundar limbu wrote on 23 February, 2013, 8:31

    huda aphano nahuda sabai birano yo swarti duniyama.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • karki wrote on 23 February, 2013, 9:52

    manjharilai na samjhiye pani yo lekha ma sadhai samjhine chhu

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sudarsan adhikari wrote on 23 February, 2013, 10:08

    true story. malai pani samjhana dilayo chandolko tyo mayel ko rukh, kalghar ani thuprai kuraharu. Je hos chandol ko barema lekhdai garnu suvhakamana.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bhim sen banjara wrote on 23 February, 2013, 11:09

    It is relay Great Story which touch my heart, I couldn’t stop my eyes what a real story with sweet word, keep it up Sister!!!!!
    Waiting for next.
    Bhim. S. Korea.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Gyanendra kc wrote on 23 February, 2013, 12:05

    satya ghatanma adharit jasto lagyo.man chune cha.ankha rasaune cha.jindagi ko niyati vognai parne.ani ek din sabai janai parne.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • KAJIRAM GODAR ,DOHA QATAR wrote on 23 February, 2013, 12:52

    बिटु केसी जी ,

    राम्रो लेख लेख्नु भएको रहेछा मन छोयो।

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • SAMIR DC wrote on 23 February, 2013, 13:13

    चोरी , फटाइँ , ढटाइँ र मग्वाइँ अक्सर गरिविमा हुने दोषहरू दुबै बाउ छोरिमा कहिल्यै देखिएन ।
    MADAM THESE QUALITIES ALWAYS SEEMS EXCEPT BEGGING IN RICH PEOPLE NOT IN POOR PEOPLE TRY TO WRITE IN RIGHT WAY.LACKNESS OF PRACTICAL LIFE IN WRITING.

    Like or Dislike: Thumb up 4 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Jay wrote on 23 February, 2013, 21:56

    Nice story Bitu jee…you have good quality of expression on writing like that is real. Heart touching!! Keep writing..best of luck!!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rajeeta wrote on 24 February, 2013, 5:22

    mana chhune katha rahechha dherai ramro lagyo.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ranju wrote on 24 February, 2013, 5:58

    एकदमै मुटु छिने कथा

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Pradeep wrote on 24 February, 2013, 8:27

    Extremely heart touching story. Really, the story is telling us all the MANJARI who are living as like as her life, who is already dead.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • तोरीलाउरे wrote on 24 February, 2013, 10:06

    good

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • kishna gare wrote on 25 February, 2013, 6:31

    dherai rammro.yo duniyama yasta ghatha ta hun6.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • SURESH POKHREL wrote on 25 February, 2013, 9:31

    चोरी , फटाइँ , ढटाइँ र मग्वाइँ अक्सर गरिविमा हुने दोषहरू दुबै बाउ छोरिमा कहिल्यै देखिएन सानी मञ्जरी निर्भिक , निडर थीई । कसैसँग नझुक्ने र नडग्ने उसको पन शायद मलाइ त्यतिबेला छुच्चो लागेको हुदो हो । यथार्थ पात्र मात्र नभएर समाजबाट ओझेलमा परेका , एकाएक हराएका ती हरेक अनुहार

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु