नबराज पन्थी
कुबेतसीटी । जनजागृति युवा समाज कुबेतको प्रथम अधिबेसन १० बुँदे घोषणापत्र जारी गर्दै शुक्रबार सम्पन्न भएको छ। मालियास्थित सालिया टावरमा सम्पन्न उद्घाटन सत्र समाजका अध्यक्ष दिपक क्षेत्रीको अध्यक्षता, महासचिब आनन्द आचार्यको संचालनमा भएको कार्यक्रमका प्रमुख अथिति नेपाल पत्रकार महासंघ कुबेत शाखाका सल्लालाहकार तोयानाथ दाहाल रहेका थिए । पत्रकारहरुलाई मात्र आमन्त्रण गरिएको अधिबेसनमा राष्ट्रिय गानसंगै निबर्तमान उपाध्यक्ष ठाकुर प्रसाद पौड्यालले स्वागत मन्तब्य दिदै संस्थाको उद्देश्य प्रस्ट पारेका थिए।
निबर्तमान कोषाध्यक्ष छत्र कार्कीले आर्थिक प्रतिबेदन पेस गर्दै संस्था स्थापना काल देखि हाल सम्मको सबै खर्च कटाएर लगभग ३ लाख नेपाली रुपैयाँ सस्थामा बचत रहेको जानकारी गराएका थिए, भने अध्यक्ष दिपक क्षेत्रीले आगामी कार्यकालको लागि १० बुदे घोषणापत्र पेश गरेका थिए। घोषणापत्रमा भनिएको छ- कुबेतको नेपाली समाजमा सचेतना राहात र उद्दार कार्यलाई प्रमुख प्राथमिकता राख्दै बिगत बर्षमा जस्तै २०७० मा पनि नेपाली भित्ते पात्रोको प्रकासन गरि निशुल्क वितरण गरिनेछ। रोजगारीको शिलसिलामा कुबेत आउने नेपालीहरुको जानकारीको लागि कुबेतको नीतिनियम भाषा सस्कृति रहन सहन धर्मको सम्क्षिप्त जानकारी सहित नेपाली अरबी र अग्रेजी भाषामा हाते पुस्तक प्रकासन गरि नेपालका विभिन्न निकायबाट निशुल्क वितरण समेत गरिने भएको छ ।
प्रबासी नेपालीहरुले बौद्दिक क्षमता बृद्दी गरुन भन्ने उद्देस्यका साथ घुम्ती पुस्तकालयको ब्यबस्था गर्ने महत्वपुर्ण बिषयमा निचोड निकाल्न परेमा सरोकारवालाहरुलाई सहभागी बनाई अन्तरक्रिया कार्यक्रम संचालन गर्नुको साथै उपदेशात्मक र रचनात्मक प्रचा प्रकासन गरि वितरण गर्ने भन्दै सहयोगको दायारालाई फराक पार्दै आउदा दिनमा कुबेतमा समस्यामा परेकालाई राहत सहयोग गर्दै नेपालमा समेत जिन्सी तथा आर्थिक सहयोग गर्ने कुरा घोषणापत्रमा उल्लेख गरिएको छ। सस्थालाई अझ चुस्त फलदायी बनाउन उप समिति बनाउदै करिब ३लाख २५ हजार नेपाली रुपैया भन्दा बढीको राहत सहयोग दानको लागि अक्षयकोषको स्थापना गर्ने कुरा घोषणा पत्रमा जनाईएको छ।
अध्यक्षले पेश गरेको १० बुँदे घोषणापत्रलाई सर्वसहमतिले पारित गर्दै आगामी २ बर्षको लागि पुन अध्यक्षमा दिपक क्षेत्रीलार्इ नै जिम्मेवारी दिदै नयाँ कार्यसमिति चयन गरिएको छ। जसको अध्यक्षमा दिपक क्षेत्री, उपाध्यक्ष छत्र कार्की, महासचिब आनन्द आचार्य, सचिब जिबन सुनार, कोसाध्यक्ष आश बहादुर नेपाली, सदस्यहरुमा भिम केसी, सन्तोस सुनार, मिरा पौड्याल, प्रेम लिम्बु, कुमार नेपाली, कृष्ण मल्ल, राजेन्द्र श्रेष्ठ, प्रदिप नेपाली, राम बहादुर तामाङ्ग, कृष्ण सुनार, शुष्मा राई र केदारनाथ खरेल सर्वसहमत चुनिएको कुरा प्रमुख अथिति दाहालले कार्यसमितिका पदाधिकारीको नाम पढेर सुनाएका थिए। संयोजकमा नेपाल कुबेत सास्कृतिक मन्चका अध्यक्ष टिकाराम आचार्य सल्लाहाकारमा अनेसा कुबेत च्यापटरका अध्यक्ष राजन रिमाल र समरक्षकमा जनप्रगतिशील मन्च कुबेतका अध्यक्ष ठाकुर प्रसाद पौड्याललाई चुनिएको छ। सोही अधिबेसनले बिभिन्न उपसमिति समेत गठन गरेको छ ।
उपसमितिहरु:
जनजागृति राहत उद्दार बिभाग प्रमुख- कृष्ण मल्ल
जनचेतना बिभाग प्रमुख- राम बहादुर तामाङ्ग
स्वयमसेवक एबम सुरक्षा बिभाग प्रमुख- सन्तोष सुनार
जनजागृति बचतकोष बिभाग प्रमुख- ठाकुर प्रसाद पौड्याल
संगठन बिस्तार बिभाग प्रमुख- भिम केसी
महिला बिभाग प्रमुख- मिरा पौड्याललाई तोकिएको छ । जनजागृति युवा समाजको अधिबेसन प्रबेक्षकको रुपमा पत्रकार नबराज पन्थी, मनोज काफ्ले र भाइराम चौलागाईको उपस्थिति रहेको थियो ।