काजकिस्तानको एक अस्पतालले उपचारका लागि गएका एक १५ वर्षे किशोरलाई गर्भवती बनाएको छ । मृगौला रोगको उपचारका लागि अस्पताल पुगेका किशोरलाई अस्पतालले गर्भवती ठहर गर्दै गर्भवतीलाई दिइने औषधि तथा सरसल्लाह दिएर पठाएपछि त्यो घटनाले ठूलै चर्चा मात्र पाएन विवादको सिर्जना पनि गयो ।
तर, बैजान अल्दासेभ नामका ती किशोर गर्भवती भने भएका थिएनन् । अस्पतालका डाक्टरहरुले उनको चेकजाँचपछि भुलबस गर्भवतीलाई दिइने औषधि दिएर अस्पतालबाट डिस्चार्ज गरे । हामीकहाँ डाक्टहरुलेे हातको उपचार गर्नुपर्नेमा पेटको शल्यक्रिया गरेझैँ ती युवकको हकमा पनि मृगौलाको उपचार गरेर दबाइ दिनुपर्ने डाक्टरले अर्की विरामी गर्भवती महिलालाई जस्तै ती युवकलाई पनि एउटै गर्भावस्थाको औषधि लेखेर पठाइदिए ।
अझ उनको अस्पतालको पर्चामा समेत रोगको विवरणको ठाउँमा मृगौलाको रोगको साटो गर्भवती भनेर लेखिएको थियो । यद्यपि यसमा ध्यान नदिइकनै ती किशोरले अस्पतालबाट डिस्चार्ज भएर लेखिएको औषधि किनेर घरमा ल्याए र केही दिन खाए पनि ।
तर एकदिन जब उनको अस्पतालको पर्चा हेरे उनी झसँग भए । त्यसपछि ती किशोरका परिवारले अस्पतालको त्यो लापरवाही विरुद्ध अदालतमा उजुरी गरे । अस्पतालको लापरवाहीले उनको मृगौला झनै बिगि्रएको र गर्भवतीले खाने औषधि खाँदा उल्टै खराबी गरेको दाबी उनीहरुकेा थियो । किशोरका परिवारले ६६ हजार डलर क्षतिपूर्तिको माग समेत गरेका थिए ।
तर, अदालतले भने उनीहरुको त्यो दाबी अस्विकार गर्दै अस्पतालले ५० हजार टिन्ज अर्थात् ३३० डलर क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेकेा छ । अस्पतालले भुलबस कागजी गर्भवती बनाएका ती किशोरका परिवारले भने अदालतको यो फैसलामा चित्त नबुझी पुनरावेदन गर्ने बताएका छन् ।
अस्पतालले चिकित्सकहरुको अत्यधिक व्यस्तताका कारण त्यो भुल हुन गएको स्विकार गरेको छ ।
hamro nepalma vaye tyo doctorlai kutera hospital dhuto pari dinthyo……
Well-loved. Like or Dislike:
32
1
[जवाफ फर्काउनुहोस्]
aba kasaiko bhar nahune bho….jivandata doctor ta yesto careless 6n.aru ko k kura
Like or Dislike:
0
2
[जवाफ फर्काउनुहोस्]
Cheating sansarkai prabitti ho
kaam gari khanu parxa vanne manyatabata tadha vaepaxi
yo sansarma j pani dekhna herna parxa
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
व्यस्तताको कारण देखाई मानिसको जीवनसंग खेलवाड गर्ने यस्ता डाक्टरहरुलाई पिडित पक्षलाई क्षतिपूर्ती दिन लगाई डाक्टरी लाइसेन्स समेत आजिवनको लागी खारेज गरी कारवाही हुनु पर्छ ।
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]