न्यूजिल्याण्डविरुद्धको श्रृखला इङ्ग्ल्याण्डको पोल्टामा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

न्यूजिल्याण्डविरुद्धको श्रृखला इङ्ग्ल्याण्डको पोल्टामा

१२ फागुन, काठमाडौं । तेस्रो तथा अन्तिम एकदिवसीयमा ५ विकेटले हराउँदै  इङ्ग्ल्याण्डले न्यूजिल्याण्डविरुद्धको श्रृखला २-१ ले जितको छ ।

शनिबार पहिले व्याटिङ थालेको न्यूजिल्याण्ड ४३ दशमलव ५ ओभरमा १ सय ८५ रन जोड्दा अल आउट भयो । उसका लागि ब्रेनडन म्याकुलमले ७४ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गनै सकेनन् । उसलाई सस्तैमा समेट्ने क्रममा इङ्ग्ल्याण्डका स्टीभन फिनले ३ तथा ग्रेम स्वान र स्टुवार्ड ब्रोडले समान २-२ विकेट लिए ।

१ सय ८६ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको इङ्ग्ल्याण्डले ३७ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि एलेष्टर कुकले ४६ रन जोडे ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु