मच्छिन्द्र सप्तरी गोल्डकपको फाइनलमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

मच्छिन्द्र सप्तरी गोल्डकपको फाइनलमा

१२ फागुन, काठमाडौं । मच्छिन्द्र क्लब सप्तरी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । स्थानीय राजविराज रंगशालामा शनिबार भएको खेलमा सप्तरी ११ लाई पराजित गर्दै मच्छिन्द्र उपाधी नजिक पुगेको हो ।

खेलको २८ औं मिनेटमा विशाल राई बी ले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । ५० औं मिनेटमा उनले नै अग्रता दोब्बर पारे । उनी म्यान अफ दि म्याच घोषित भए ।

अब उपाधीका लागि मच्छिन्द्रले अर्को ए डिभिजनको क्लब हिमालयन शेर्पाको सामना गर्नेछ ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु