खिलराजको सम्भावना नदेखेपछि नेताहरु विकल्प खोज्न थाले :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

खिलराजको सम्भावना नदेखेपछि नेताहरु विकल्प खोज्न थाले

विकल्पमा दामोदर, बाबुराम र प्रचण्डको चर्चा

समाचार टिप्पणी । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने गृहकार्यले तीन सातासम्म पनि गति नलिएपछि राजनीतिक दलका नेताहरुले रेग्मीको विकल्प खोज्न थालेका छन् ।

प्रधानन्यायाधीश रेग्मीले दलहरुको प्रस्तावलाई हुन्छ या हुन्न भन्न नसकी तीनसातासम्म आफूलाई स्थिर राख्नुभएकाले नेताहरुमा उहाँप्रति शंका बढेको हो । यद्यपि रेग्मी सरकार प्रमुख हुने या नहुने भन्ने विषयमा आइतबार औपचारिक टंगो लाग्ने नेताहरुले दाबी गरेका छन् । आइतबार बिहान सर्वदलीय कार्यदलले यसको यसबारे टुंगो लगाउने विश्वास नेताहरुको छ ।

केही नेताको नजर दामोदरतिर

प्रधानन्यायधीश रेग्मीले अन्तिम घडीमा आएर खुट्टा झिकिहालेको अवस्थामा शीर्ष नेताहरु अदालतभित्रैबाट चुनाबी सरकारको नेता खोज्ने भित्री योजनामा लागेको विश्वस्त स्रोतले बताएको छ । ‘रेग्मीले मानेनन् भने अब सर्वोच्चकै बरिष्ठ न्यायाधीश दामोदर शर्मालाई भए पनि सरकार प्रमुख बनाएर चुनावमा जानुपर्छ ।’ शीर्ष तहमा भएको गृहकार्यबारे जानकारी दिँदै स्रोतले अनलाइनखबरलाई भन्यो ।

स्रोतको दाबीअनुसार न्यायाधीशका नाममा हप्तौंसम्म माथापच्चीसी गरिसकेपछि यसबार पछि हट्दा आफ्नो बेइज्यत हुने ठानेर नेताहरुले अदालतभित्रैबाट विल्कल्प खोज्ने योजना बनाएका हुन् ।

दामोदर नभए बाबुराम या प्रचण्ड

अदालतको न्यायाधीशमा सहमति हुन नसके एमाओवादीले संसदबाट चुनिएको बाबुरामकै नेतृत्वमा चुनावमा जान विपक्षीलाई आग्रह गर्ने विश्लेषण गर्दै स्रोत भन्छ- ‘बाबुराममा सहमति नभए, अब प्रचण्डको नाममा बहस शुरु हुन्छ ।’

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं एमाओवादी नेता देवेन्द्र पौडेल भन्नुहुन्छ- ‘धेरै मान्छे खोजिसकियो, रेग्मी भएनन् भने संविधानसभाले चुनेको यही सरकारको नेतृत्वमा चुनाव हुन्छ ।’ यद्यपि रेग्मीको विकल्पमा देवेन्द्रराज पाण्डेदेखि लिएर अन्य स्वतन्त्र व्यक्तिका बारेमा पनि छलफल चल्न थालेको पौडेलको भनाइ छ ।

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा माले महासचिव सीपी मैनालीले भन्नुभयो-’रेग्मीको साटो प्रचण्डको नेतृत्वमा सहमतीय सरकार गठन गरी निर्वाचनमा जाऔं । गैरदलीय नेतृत्वमा चुनावी सरकार बनाउनुभन्दा प्रचण्डकै नेतृत्वमा सरकार बनाएर जानु नै उत्तम विकल्प हो ।’

कहाँबाट आयो खिलराजको नाम ?

रेग्मीलाई प्रधानमन्त्री बनाउने चर्चा गत माघ २५ गते हेटौडाबाट शुरु भएको हो । पछिल्लो समय रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्न प्रमुख राजनीतिक दलहरु सहमत छन् । तर, रेग्मी आफैंले अन्कनाएपछि अब अर्को प्रधानमन्त्रीको खोजी गर्नुपर्ने अवस्थामा शीर्ष नेताहरु पुगेका छन् ।

प्रचण्डको मुखबाट महाधिवेशन हलभित्रै प्रधानन्यायाधीशको नाम फुत्किएपछि विपक्षी नेताहरुले प्रधानन्यायाधीशलाई उमेद्वार बनाउन नमिल्ने भन्दै चर्को विरोध जनाए । तर, माघ २६ गते खुल्लामञ्चमा आयोजित विपक्षी दलको विरोधसभामा कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले प्रचण्डको यो प्रस्तावबारे कुनै टिप्पणी नगरेपछि सबै दलको मिलेमतोमा रेग्मीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि बढेको देखिन्छ ।

माघ २० गते हेटौटाको हुप्रचौरमा आफ्नो पार्टीको महाधिवेशन उद्घाटनमा एमाओवादी अध्यक्ष प्रचण्डले काठमाडौं र्फकंदा सबैलाई मान्य हुने फर्मूला लिएर आउने र त्यसलाई विपक्षी दलले नमाने उनीहरुलाई अप्ठ्यारो पर्ने बताउनुभएको थियो । माघ २५ गते बन्दशत्रमा बोल्ने क्रममा बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाएर जेठमा चुनावमा जानुपर्ने प्रचण्डले बताएपछि रेग्मीको नाम चर्चामा आउन शुरु भएको हो ।

शुरुमा रेग्मीको प्रस्तावक एमाओवादीमात्रै भएको बताइए पनि पछि राष्ट्रपति रामवरण यादवले रेग्मीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेको बताउन थालिएको छ । शुक्रबार नेपाल बारका पदाधिकारीसँग छलफल गर्ने क्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले रेग्मीको प्रस्तावक शीतलनिवास रहेको सूचना खुस्काउनुभएको छ । त्यसैगरी कांग्रेस नेता डा. रामशरण महतले पनि प्रचण्डलाई एमालेअध्यक्ष झलनाथ खनालले हेटौडामै टेलिफोन गरेर प्रधानन्यायाधीशको नाममा सहमति गर्न सकिने जनाऊ दिएपछि प्रचण्डले मुख खोलेको भनाइ सार्वजनिक गरिसक्नुभएको छ ।

रेग्मीलाई प्रधानमन्त्री बनाउन नहुने लविङ गर्दै आएका राजनीतिक शक्ति एवं विश्लेषकहरुले यो प्रस्ताव विदेशीको, विशेष गरी युरोपिली संघ र भारतको योजनामा अघि सारिएको तर्क गरेका छन् । यही कारणले रेग्मीको प्रस्तावमा राष्ट्रपतिदेखि चार दलका शीर्ष नेताहरुले नाकको चालले समर्थन जनाएको आरोप पनि लगाइने गरेको छ । कांग्रेस सभापति सुशील कोइरालाले विदेशीको दबाव थेग्न सकिँन भनेर गर्नुभएको टिप्पणीलाई आलोचकहरुले अर्थपूर्णरुपमा लिएका छन् । युरोपेली संघका राजदूतहरुले कोइरालालाई भेटेरै रेग्मीकै नेतृत्वमा भए पनि चुनावमा जान भनिसकेका छन् ।

विश्लेषकहरुको यस्तो दाबी अनुसार विदेशीको इशारामै रेग्मीको प्रस्ताव अघि सारिएको हो भनिहाल्न कुनै ठोस प्रमाण छैन । तर, रेग्मीको नेतृत्वमा निर्वाचनमा जाने प्रस्तावमा युरोपेली युनियन, भारत, अमेरिकालगायतका विदेशी मित्रहरुको समर्थन र सम्मति रहेको चाँहि घटनाक्रमहरुबाट पुष्टि हुन्छ । संविधानसभा विघटनपछि ९ महिनासम्म मिल्न नसकेका सत्तापक्ष र प्रतिपक्ष रातारात मिल्नु र राष्ट्रपति पनि रेग्मीकै पक्षमा एकमत देखिनु अनि विदेशीले पनि हुन्छ भन्नुले प्रधानन्यायधीशलाई चुनावी सरकारको प्रमुख बनाउने विषयमा झन्डैझन्डै राष्ट्रिय र अन्तरराष्ट्रिय सहमति भएको देखिन्छ ।

कसले अड्कायो हलो ?

महान्यायाधिवक्ता मुक्ति प्रधानका अनुसार राजनीतिक संविधानवाद -राजनीतिक सहमति) मिलिसकेको छ, अब कानूनी संविधानवाद -संवैधानिक मार्ग) मात्र तय गर्न बाँकी छ । बाधा अड्काऊ मार्फत् ‘कानूनी संविधानवाद’ मिलाउनुपर्ने प्रधानको भनाइ छ । तर, मधौरुले नै माड नखाएपछि कानूनीस् अड्चन हटाएर के गुर्न ? रेग्मीले आफैं अन्कनाएर अन्तिममा खुट्टा झिकिदिने डरबाट शीर्ष नेताहरु आजसम्म मुक्त हुन सकेका छैनन् ।

राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रबाट समर्थन आइसक्दा पनि आखिर केले रोक्यो रेग्मीलाई ? चार प्रमुख राजनीतिक दलका नेता र राष्ट्रपतिसमेत रेग्मीकै पक्षमा भैसक्दा पनि यो प्रक्रिया अहिलेसम्म रोकिनुका पछाडि मुख्य कारक स्वयं प्रधानन्यायाधीश खिलराज रेग्मी नै देखिनुभएको छ ।

रेग्मीले शुरुमै आफूले यसरी सरकारको नेतृत्व गर्न मिल्दैन भनिदिएको भए दलहरु अर्कै विकल्पमा जाने थिए । तर, उहाँ मौन बसिदिनुभयो । पछि दलहरुले उहाँलाई बल्लबल्ल भेट गर्न पाए । त्यसबेला नेतृत्व लिन अन्कनाउँदै संवैधानिक बाटो र राष्ट्रिय सहमति एवं कार्यकारी अधिकार चाहिने बताउनुभयो, जसका कारण प्रमुख दलहरु यतिबेला कार्यदलमार्फत् रेग्मीलाई प्रधानन्यायाधीश बनाउने संवैधानिक एवं कानुनी विधिको खोजीतर्फ लागेका छन् । शनिबार नायँ बानेश्वरमा बसेको प्रमुख दलहरुको बैठकले रेग्मीका लागि बाटोको खोजी गरेर आइतबार शीर्ष बैठकमा पेश गर्ने भएका छन् ।

प्रधानन्यायाधीश खिलराज रेग्मी निर्णय क्षमता देखाउने, तत्काल कठीन निर्णय लिन सक्ने र आफ्नो निर्णयमा अडिग रहनेखालको व्यक्ति होइन भन्ने अदालतमा उहाँलाई चिन्नेहरु बताउँछन् । न्ययाधीश रणबहादुर बमले संसदमा महाअभियोगको प्रस्ताव गर्दा नभएकै अवस्थामा एकवर्षसम्म अदालतमा मुद्दा हेर्न नपाई मारिनुपर्यो । बमले रेग्मीलाई पटकपटक भेटेर आफूलाई अनिर्णयको बन्दी नबनाउन आग्रह गर्दा पनि वर्षदिनसम्म रेग्मीले कुनै निर्णय दिन सक्नुभएन । त्यस्तै अदालत खाली हुँदै जाँदासमेत उहाँले न्ययापरिषद्लाई क्रियाशील गराउन सक्नुभएन । संविधानसभा विघटनको फैसला गरेकोमा समेत रेग्मीले केही महिनामै पछुतो मान्न थालेको स्रोतहरुको विश्लेषण छ ।

रेग्मीसँगै काम गरेका सर्वोच्चमा पूर्वन्यायाधीश भरतराज उप्रेतीले अनलाइनखबरसँगको अन्तरवार्तामा भन्नुभएको छ- ‘जुन व्यक्तिले जनताको प्रतिनिधिमूलक संस्था -संविधानसभा) आफैंले ध्वंस गर्यो, त्यही व्यक्तिले जनताको अधिकार सशक्त गराउँछ ? त्यो भिजन नभएको व्यक्ति, जसले हराभरा न्यायपालिकाको बलियो टिमलाई पाँचजनाको टिममा झार्यो । जो व्यक्तिले आफूलाई दिएको जिम्मेवारीअनुसार न्यायपालिकालाई समेत सञ्चालन गर्न नसकेर शून्य पारिराखेको छ, त्यही व्यक्तिले सरकार चलाउन सक्छ, निर्वाचन गराउन सक्छ भन्नेजस्तो नालायकिपन त मैले हाम्रा नेताहरुमा अरु केही देखेको छैन ।’

आफ्नो स्वाभावजन्य यही कमजोरीले गर्दा प्रधानमन्त्री बन्ने आकर्षक प्रस्तावमा अन्तरराष्ट्रिय र राष्ट्रिय समर्थन हुँदाहँदै पनि रेग्मीले तत्कालै ‘हुन्छ’ वा ‘हुन्न’ भनिहाल्न सक्नुभएको छैन । तत्काल निर्णय गर्ने क्षमतानभएको र आँट गर्न नसक्ने रेग्मीको कमजोरीकै कारण मुलुक केही दिन यता अन्यौलमा रुमलिएको छ । नेपाल बारले पटक-पटक बोल्न आग्रह गर्दा पनि रेग्मीले हुन्छ या हुन्न केही बताउन सक्नुभएको छैन ।

पछिल्लो अवस्थामा आफूमाथि आएका आलोचना र टिप्पणीलाई चिरेर अघि बढ्न रेग्मी अन्कनाउनुभएको निश्कर्ष दलहरुले केही दिनअघि नै निकालिसकेका छन् । रेग्मी आफैंले गति नलिएका कारण उहाँको बिकल्प के हुने भन्नेतर्फ नेताहरुले सोच्न थालेका हुन् ।

29 Comments on “खिलराजको सम्भावना नदेखेपछि नेताहरु विकल्प खोज्न थाले”
  • तोरीलाउरे wrote on 23 February, 2013, 12:39

    regmi lai ni pattu banayara xadxan sab maobadi ko chala ho aba prachanda lai pm garayara chunab ma haraunu nai ramro bikalpa ho

    Like or Dislike: Thumb up 9 Thumb down 12

    [जवाफ फर्काउनुहोस्]

    bikka rana magar Reply:

    Fagun 12 ko Bhet ma Regmi Namane Upa rastrapati ko netritwo ma antarim sarka banaune sahamati Jayant Prasad, Babu Ram ra Prachanda bich bhaisakyo. Yatro Mathapachhi garera artikal lekhnu ko tuk chhaina.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • yar kaji wrote on 23 February, 2013, 12:40

    debendre pande hunu ra maobadi hunu ma kehi aantar chhaina,sankat kaal ko aaghoshit maobadi thiyo pande.bastab ma tyo des ghati ho.

    Like or Dislike: Thumb up 8 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • Pakku wrote on 23 February, 2013, 12:40

    Yasto asachham nyayadhish lai pm banaunu bhanda ta baburam nai thik 6 desh ra janata ko lagi, ani election ko lagi pani.. Regmi ji euta staff matra ho nyayalaya ko, he wont be able to handle the difficult task of prime ministership !!!

    Like or Dislike: Thumb up 3 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

  • rosan wrote on 23 February, 2013, 12:41

    lute rahechha CJ lute le ke kam garchha khoi? huna ta neta haru le dhamkauna lite lai sajilo huna le yesto chunna khojeko hola.ex Cj ma gaye ramro huna ho anup raj sharma, ram pd shrestha jo bhae pani desh le nikas line ho. maobadi lai lute nai chainchha aarule ta dhamki mandaina ni tesai le hola.
    Yadav haru ko 60 barsa pachhi matured hunchha bhanchhan ajhai bhayeko china jasto chha.yo ukhan tarai ra india yadav jaat ko barema khullam khulla comment hunchha.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • RP Khanal-Kailali. wrote on 23 February, 2013, 12:42

    बिपी कोइराला प्रधानमन्त्री हुँदा भारतलाई कोशी र गन्डक बेचे, गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुँदा टनकपुर बुझाए तर काङ्रेसि नामधारी जस्ता धेरै काङ्रेसिहरु त दास जस्तो हस मालिक भनेर मात्र चुप्प बसे । अझ भारतसँग समान स्तरको सम्बन्ध कांग्रेसले मात्र गर्न सक्छ रे । यसपाली पनि जनताले निर्वाचनमा धुलो चटाएका शुशिल कोइरालाको गोलो ढुङ्गा पाकेर आलु बन्छ अनी क्वाप क्वाप खाइन्छ भन्ने आशा राख्ने काङ्रेसिहरुलाई बिचरा बाहेक अरु के भन्न सकिने भो र ? एउटा पक्का कुरा के हो भने जसरी ज्ञानेन्द्र शाह नामधारी स्वाँठ राजा बन्दा राजतन्त्र नै उन्मुलन भयो त्यसैगरी विवेकहिन शुशिल कोइराला सभापति हुँदा नेपाली कांग्रेसको पतन भएर जांदै छ

    Well-loved. Like or Dislike: Thumb up 46 Thumb down 19

    [जवाफ फर्काउनुहोस्]

    AYUSH KARKI Reply:

    ho ho ..

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • प्रकाश थापा wrote on 23 February, 2013, 12:46

    अस्ति सम्म प्रधानमन्त्रि को लोभी भन्दै थिए | प्रधानमन्त्रि को कुर्शी लाइ लात हान्ने खिलराज रेग्मी लाइ मेरो सलाम छ | नेपाल मा सबै मान्छे पद को भोका छैनन् भन्ने कुराको यो दह्रो प्रमाण हो | मत रेग्मी लाइ गणेशमान लाइ भन्दा त्यागी मान्छु

    Like or Dislike: Thumb up 30 Thumb down 11

    [जवाफ फर्काउनुहोस्]

  • sj wrote on 23 February, 2013, 12:56

    Yas ko dos emale ra cp le suekarnu par6 aba baburam ra prachanda pahile timra khopadi ma gobara bharieko thiyo haruwa susillai ya makunelai nai banau na ta

    Like or Dislike: Thumb up 3 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • ramesh wrote on 23 February, 2013, 13:09

    lau prachanda temrai kholti ma aula jasto cha aile faleko pasa pani badai cha neta ko pani neta prachanda !!!!!

    Like or Dislike: Thumb up 8 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • kalyan koirala wrote on 23 February, 2013, 13:52

    regmi ko PM ummedwari prati sanka up sanka hunda arko biklpa ma nyayapalika bhitra ko byakti khojinu nyayalay ma ganda rajanitik khel le nyayapalika lai badanam garau6 . at nirwachan garaune gyarenti lin6an bhane PRACHAND PM bane hun6. nabhae ma[nepli janta] lai deu..???

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • G Gurung (Pokhara) wrote on 23 February, 2013, 14:02

    yasta nyaedhish lai pm banaunna khojne neta harka aankha futeka hun ki soartha purtika lagi hun?.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • भुत्रो wrote on 23 February, 2013, 14:08

    यो धेरै बिबाद गरि देशलाई अन्यौल मा राख्ने अकर्मड्य नेता अह्रु हो खुरुक्क डा भट्टराइको सरकारमा समाहित भै चुनाबमा आउ आनि बाँकी रहेको काम हामि जनता ले गर्छौ! तिमीहरूले हामि जनतालाई पालो नदिन षणयन्त्र गरेको हो, पख!

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • mechikali nepali wrote on 23 February, 2013, 15:13

    a maobadi ko asali roop ajhai pani bujna nasakne aru NETA haru jhan mareka syak hoon.

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • NaNAAA wrote on 23 February, 2013, 15:24

    एउटा पक्का कुरा के हो भने जसरी ज्ञानेन्द्र शाह नामधारी स्वाँठ राजा बन्दा राजतन्त्र नै उन्मुलन भयो त्यसैगरी विवेकहिन शुशिल कोइराला स्वाँठ सभापति हुँदा नेपाली कांग्रेसको पतन भएर जांदै छ । यो पनि हुन्न त्यो पनि हुन्न भन्ने के हुन्छ त ??????भनेर सोद्धा हिस्स पर्ने शुशिल स्वाँठ जस्ता नेता भएका पार्टी अब निकट भविश्यमा इतिहासमा खोज्नु पर्ने हुँदै छ ।!!!!!!!!!!!!

    Like or Dislike: Thumb up 14 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    Relax Reply:

    Congress ko yatro chinta line tapai jasta dherai Nepali la sadhubad. Tapai haru ko yastai chinta le congress pariskrit hunchha.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Rakesh Aryal wrote on 23 February, 2013, 15:44

    We should go for Narayanman bijjuchhe

    Like or Dislike: Thumb up 3 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • Roshan Gurung wrote on 23 February, 2013, 15:50

    पूर्व राजा ज्ञानेन्द्र जी लाई एक पटक अनुरोध गर्दा कसो होला ?

    Like or Dislike: Thumb up 10 Thumb down 10

    [जवाफ फर्काउनुहोस्]

  • sandesh wrote on 23 February, 2013, 15:59

    तिमीले पहिलोपल्ट प्रधानमन्त्रि हुदा कति वोटा देश को भलो हुने कम गरेको थेउ, जुन कम ले देश को लागि दिर्गकालिन फाइदा पुग्यो की / ये भातमारा हो कति जनता लै बेबकुप बनाउदै हिड्छौ ? नेताहरु सबै नलाएक र खुबी नभएको न आफु गर छौ न अरु लै गर्न दिन छौ हामी लै देश बिकाश चाहिएको छ, बिकाश को लागि धेरी थोरै कठोर हुन पर्छ आफ्नो२ दुनो सोजाएर जादा हुन्छ तिमीहरु नलाएक नेताजति सबै जना हामी लै चहिएको खाली बहुदल नाम मात्र को होइन, सम्पूर्ण नेपाली लै गास बास र कपास हो, बिदेशी ले हेप्न नसक्नु तेस्तो बातावरण खोजेको हो काजग मा लेखेर मात्र केहि हुने वाला छैन, बेलायत मा हेर आज सम लेखेको संबिधान छैन, पहिलो कुरा त् आफुमा देश र जनता प्रति को राम्रो सोच प्रवृति सस्कार हुन जरुरि छ तेति भए पुग्छ कुनै संबिधान पार्टी को घोषणा पत्र जरुरि छैन, यो हामी सम्पूर्ण प्रबासी, नेपालीबाशी नेपाली जनता को आवाज हो नालायक नेताहरु हो अब छिटो देश लाई निकास दिएर सत्ता सुम्प हामी ले पार्टी को मान्छे खोजेको होइन अरु खुबी भएको राष्ट्र प्रति बफादार र जनता प्रति जिम्बेबार ब्यक्ति खोजेको हो ….

    Like or Dislike: Thumb up 6 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • विनय wrote on 23 February, 2013, 16:32

    निर्वाचन लोकतंत्रको यग्य हो, लोकतंत्रको लागी उत्सव हो निर्वाचन. लोकतंत्रमा विश्वास राख्नेले निर्वाचनको वातावरण निर्माण गर्नु पर्छ. खिलराज जी नभये दामोदर शर्मा त झन संत प्रकृतिका मानिस हुनुहुन्छ.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • himal wrote on 23 February, 2013, 16:33

    prachnada ra babu ram bhaneka chor fataha haru hun banki bhaneka shwath gowach haru hun chorle jati chore pani fatale jati fatyain gare pani kehi garna nasakne bhashran matrai dene…………………!!!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • म नेपाली wrote on 23 February, 2013, 17:29

    यस्तो घोसे घामण नामर्द र न्यायिक संस्थामा बसेर जनताको न्याय निमोठ्ने िपपासुलाई किन कर गर्छौ हौ नाला़़यक नामर्दहरु !!!!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • bipin magar wrote on 23 February, 2013, 20:04

    जुन जोगी आय पनि बाहुन????

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • suresh dc wrote on 24 February, 2013, 1:47

    कायरले होईन साहसिले देश चलाऊनु पर्छ

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • suresh dc wrote on 24 February, 2013, 1:50

    कसैले मलाई भन्दै भनेन नत्र यी झारेहरुले भन्दा सौ गुणा राम्ररी देश चलाई दिन्थे ।

    Like or Dislike: Thumb up 3 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • sunil wrote on 24 February, 2013, 2:06

    yo sabai chor NETA HARU KO JANTA LAEE JHUKAUNI CHAL MATRA HO! KINA खिलराज रेग्मी LAE NAE BHANAUNU PARYO? NEPAL MA ARU PANI CHAN PM BANAUNA KO LAGI…..

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • chentan wrote on 24 February, 2013, 2:15

    chunabka lagi natala partibadata janaau natritho lina ma tayar chu yasho gara kasho hola!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • jaman.singh70@gmail.com wrote on 24 February, 2013, 2:32

    yo des ma sabai papi chainan tara Mo badi ko Parchanda ra Babu Ram Nai Lovhi papi raichan

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • AYUSH KARKI wrote on 24 February, 2013, 9:19

    aaba nepal lai australia bhanunu chaa bhanna corruption roknu cha bhana malai lagcha great men… ssp ramesh kharel lai nai nepal ko P.M. bhanu dhana sabi bhanda ramro ho jasto malia lagcha tapai haru lai pane ramro lagcha bhana like garnu

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु