१२ फागुन, सिरहा । विपन्न वर्गका युवा गाउँकै साहुसँग ऋण लिएर खाडी मुलुक जान्छन् तर लहान नगरपालिका-१० स्थित पासवान टोलका युवा आफ्नै समुदायका महिलाले गिट्टी सङ्कलन गरेर आएको बचतबाट रोजगारीका लागि खाडी मुलुक जाने गरेका छन् ।पासवान टोलका पुरुष तथा युवालाई विदेश पठाउन मात्र नभएर गाउँका चेलीको विहे तथा भइपरी आउँदा गर्ने खर्चसमेत गिट्टी सङ्कलन गरी जम्मा गरेकै बचतबाटै धान्ने गरिएका छन् । बचत गर्न यहाँका महिला बिहान उठेदेखि साँझसम्म घरधन्दा गरेपछिको फूर्सदको समयमा नजिकैको खुट्टी खोलामा गिट्टी सङ्कलन गर्ने गर्दछन् ।
खुट्टी खोलामा गिट्टी सङ्कलन गरेर बिक्री गरेपछि भएको आम्दानीबाटै १८ वर्षीय जेठो छोरालाई विदेश पठाएको पासवान टोलकी ४० वर्षीया एकल महिला चन्दि्रकादेवी पासवानले बताउनुभयो । उहाँले भन्नुभयो, ‘श्रीमान् नभए पनि जेठी छोरीको विहे गरे, कान्छो छोरालाई कक्षा ७ मा पढाउँदै छु र कान्छी छोरीको विहेको जोहो गर्दैछु ।’स्थानीय २२ वर्षीया ममतादेवी पासवान पनि बिहान उठेपछि घरआँगनको काम सकाएर खोलामा पुगी गिट्टी सङ्कलन गर्छिन् । ममतादेवीकी श्रीमान् लक्ष्मण साह उनीहरूले बचत गरेको रकमबाट ऋण लिएर कतार उडेका छन् । छ महिना अगाडि श्रीमान् कतार गएको र कमाएपछि समूहको बचतबाट लिएको ऋण चुक्ता गरिसकेको ममतादेवी बताउँछन् ।
खुट्टी खोला किनारमा बसोबास गर्दै आएका २२ घरपरिवारकै महिला गिट्टी सङ्कलन गरी चालेर बिक्री गरी रकम सङ्कलन गर्ने गरेका छन् । यसरी उनीहरूले रकम सङ्कलन गर्नमा सक्रिय भए पनि स्थानीय बुद्धिजीवीहरू समूहमा सहभागी बनाएर सोही समूहबाट बचत गर्ने परिपाटी चलाएका छन् । स्थानीय देवकी पासवानलाई बचत समूहको अध्यक्ष बनाएको छ । अध्यक्ष देवकीले भन्नुभयो, “बचत गर्ने बानी बसेपछि यहाँका युवाले विदेश जानका लागि आवश्यक पर्ने रकम खोज्न साहुमहाजन र बैंकमा जग्गा धितो राखेर ऋण लिनुपर्ने समस्याबाट छुट्कारा पाएका छन् ।”
अध्यक्ष देवकीका अनुसार, पासवान टोलका एक परिवारले ८/१० दिन लगाएर एक ट्याक्टर गिट्टी सङ्कलन गर्छन् र रु दुई हजार पाँस सयमा बिक्री गर्छन् । गिट्टी बिक्रीबाट हुने आम्दानी रकम प्रत्येक परिवारले समूहमै बचत गर्दछन् र छोराले विदेशमा कमाएर पठाएको रकमले घरखर्च चलाउँछन्- पासवान टोलकी महिलाहरू । रासस
yakdham rammro kam garechan
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Good Job gare j pani hun6a gardai nagrne lai po kei chaina ……….Chorera gunda agrdi garera aru lai lutera khanu bhanda yo mehanati kam garera khanus GOD le abasya sath dinecha…….God bless those all peoples…………..
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
I feel bad once i read this news there is a lots party and leader from Tarai and whole country all are back to curruption and gangstar making devlop ownself not the those kind of people and country,we need the person like Jangabahadur again in Nepal.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
THX TO THE PASSWAN TOLE KE MAHILA SABAKE HAMSAB BIDESHME CHIYAI TA APNA GAMKE NAMSUNAICHHI TA KHUSHI LAGAI6I KIYA TA BADYA KAMKE KOIBI BADYA KAHAI6I TAILAKE APNA KAMKAIRKE KHAILA BAHUTA ACHHA BATA CHAI WELL done this hard work in lahan thx
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
je hos kam garnu parchha r kam gare r khanu dharai romro ho. i like it and i pray to god that all nepali should do work and earn by feeling proud to be nepali.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]