काठमाडौंको बाङ्गेमुढामा छुरा हानेर युवकको हत्या :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

काठमाडौंको बाङ्गेमुढामा छुरा हानेर युवकको हत्या

 १२ फागुन, काठमाडौं । काठमाडौंको बाङ्गेमुढामा शनिबार छुरा हानेर एक युवकको हत्या भएको छ भने अर्का एक घाइते भएका छन् । 

छुरा प्रहारबाट काठमाडौं रक्तकालीका १९ बर्षिय आयुष श्रेष्ठको हत्या भएको हो । साथी भेट्न समूहमा बाङ्गेमुडा पुगेका श्रेष्ठलाई छुरा प्रहार गरेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

आयुषको दाहिने कोखामा छुरा प्रहार भएको र उपचार गर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

छुरा प्रहारबाट घाइते भएका एक जनाको वीर अस्पतालमा उपचार भइरहेको छ ।हत्यामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरिएको पालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु