जुनार खेतीबाट २२ करोडको आम्दानी :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

जुनार खेतीबाट २२ करोडको आम्दानी

१२ फागुन, सिन्धुली । बानेश्वर ६ का अर्जुनप्रसाद कोइराला यतिखेर निकै दंग छन् । कोदो फलाएर वाषिर्क ४/५ हजार आम्दानी गर्ने उनी जुनारबाट करिब २ लाख रुपैयाँको आम्दानी हुन थालेपछि दंग परेका हुन् । ‘यो वर्ष ३५ हजार दाना जुनार बिक्री गरे,’ उनले भने, ‘जुनारबाट भएको आम्दानीप्रति निकै खुसी छु ।’

कात्तिकदेखि माघसम्म चार महिना जुनार खेती हुने मौसममा उनले स्थानीयलाई रोजगारी सिर्जनासमेत गरेका छन् । बोटविरुवाको काँटछाँटदेखि लिएर फल टिप्ने र यातायातको साधनसम्म ढुवानी गर्दा झन्डै १२ जना भन्दा बढी स्थानीयबासीले रोजगारी पाउने गरेको कोइरालाले बताएको खबर कान्तिपुर दैनिकले छापेको छ ।

‘गाउँमा सबैले पालैपालो जुनार टिप्ने गरेकाले मजदुरी गर्नेहरु प्रायः खाली बस्नु पर्दैन,’ उनले भने । गत बर्ष ४० हजार दानाभन्दाबढी बिक्री गरेका कृषक कोइराला यो बर्ष मूल्य बढी भएकाले कम फलेपनि उत्साहीत बनेका हुन् । कोइराला जस्तै अन्य किसान पनि प्र्रतिदाना जुनारको मूल्य बढी भएकाले सन्तुष्ट रहेका छन् । विगतमा मुस्किलले ३ रुपैयाँमा बिक्दै आएको जुनार यसबर्ष न्युनतम ५ रुपैयाँमा बिक्री हुँदै आएको छ ।

कोइरालाले भने ‘मौसमले मात्र साथ दियो भने खासै खर्च नगरी हुने जुनार खेतीबाट राम्रो आम्दानी लिन सक्छौं ।’

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु