१३ फागुन, काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकहरुले नौ महिनासम्म नपढाएरै तलब खाइरहेका छन् । त्रिविको शैक्षिक क्यालेन्डर पूर्णरुपमा लागू नभएकाले प्राध्यापकले हाजिर गरेर मात्र तलब लिएका हुन् ।
त्रिचन्द्र क्याम्पसका सहप्राध्यापक रमेशकुमार सिलवालले एउटा कक्षा पनि नलिएको नौ महिना भयो । नपढाए पनि उनले तलब भने बुझिरहेका छन् । यो एउटा नमुना मात्र हो । त्रिविको स्नातक तेस्रो बर्षमामात्र पढाउने सयौं प्राध्यापकको अवस्था यस्ते छ ।
‘त्रिचन्द्र क्याम्पसमा मैले बिएस्सी तेस्रो बर्षमा पढाउँछु, तेस्रो वर्ष खाली भएको नौ महिना भयो, अहिले कक्षामा नपढाइकन त्यसै तलब खाइरहेका छौं,’ सहप्राध्यापक सिलवालले भने, ‘दोस्रो वर्षको जाँच छिटो गरेको भए रुटिन मिल्थ्यो, त्रिविले उल्टो काम गरिरहेको छ ।’ नयाँ पत्रिकामा खबर छ । उनका अनुसार त्रिचन्द्र क्याम्पसमा मात्रै २५ प्रतिशत शिक्षक तेस्रो बर्षमा मात्र पढाउँछन् ।
स्नातक तह दोस्रो वर्षको परीक्षा नभएपछि तेस्रो बर्षको पढाई भएको छैन्, दोस्रो वर्षमा दुई व्याचका विदार्थी छन्, तेस्रो वर्ष खाली हुँदा प्राध्यापकले नपढाइकन नै तलब लिइरहेका हुन् ।
Talab paunoo ta koonai pani karmachari ko adhikaar ko koora ho..chahe kaam hoos ya nahoos…Lectrurer le U-ni attend nagarera class naliyeko vaye po vanne bato hunchha ta!! Feri TU sirf berojgaar ootpadan garne karkhana ta honi!!joon sadabahar chha…
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
If this is the condition of education in Nepal, what would be the future of our youth ?
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]