१३ फागुन, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत चिकित्सकको मासिक तलब दोब्बर बनाउन गरेको प्रस्ताव अर्थमन्त्रालयले अस्वीकार गरेको छ ।
मन्त्रालयले दुर्गममा कार्यरत चिकित्सकको स्तरवृद्धिका लागि मासिक तलब दोब्बर बनाउने प्रस्ताव अर्थमन्त्रालय पठाएको थियो । तर अर्थले ‘चिकित्सकको मात्रै मासिक तलब दोब्बर बनाउन नमिल्ने’ भन्दै प्रस्ताव अस्वीकार गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुर्गम क्षेत्रका चिकित्सकको मनोबल बढाउन एक महिनाअघि प्रस्ताव अर्थमन्त्रालयमा पेस गरेको थियो ।
मन्त्रालयले ‘चिकित्सककै स्तरवृद्धिका लागि’ भन्दै ४० करोड रुपैयाँ बजेटसमेत माग गरेको थियो । तर, अर्थले हालसम्म कुनै पनि जवाफ नदिएको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले सरकारले ‘स्तरवृद्धिमा पहल नगरे केही बर्षभित्रै सरकारी स्वास्थ्य संस्थाबाट चिकित्सक पलायन हुने दाबी गरेको खबर राजधानी दैनिकले छापेको छ ।
This is untolerable as everyone has desire to make his life better, earn well and live a happy life. If the Docs are serving in remote places then their salary should be doubled..This step from the ministry will demotivate the doctors to go to those areas ultimately they will start leaving the country…surely…
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]