मन्त्रीको आदेशमा वनको जग्गा व्यक्तिको नाममा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मन्त्रीको आदेशमा वनको जग्गा व्यक्तिको नाममा

१३ फागुन, काठमाण्डौं । भूमिसूधार तथा व्यवस्थामन्त्री टोपबहादुर रायमाझीको ठाडो आदेशमा कावासोतीस्थित सामुदायिक वनको ४७ हेक्टर जग्गा व्यक्तिको नाममा दर्ता गर्ने प्रयास भएको छ । विष्णुनगर सामुदायिक वन उपभोक्ता समितिले दुई दशकलेखि संरक्षण गर्दे आएको करिब दुई सय हेक्टर वन क्षेत्रमध्ये ४७ हेक्टर व्यक्तिका नाममा दर्ता भएको हो ।

मन्त्री रायमाझीको आदेशमा मालपोत र नापी कार्यालयले देवचुली गाविस विशलटारका बमबहादुर गाहामगरसहित ७८ जनाका नाममा उक्त जग्गा दर्ता गर्न प्रक्रिया अघि बढाएको हो । मन्त्री रायमाझी ले गत पुस ९ गते विभागमा पत्र लेखी ‘उक्त जग्गाको नापनक्सा र लगत सम्बन्धित निकायबाट झिकाई शीघ्र कारबाही अगाडी बढाउनु,’ भन्ने आदेश गरेका थिए । त्यसपछि नापी शाखा कार्यालय कावासोतीले माघ ८ र ९ गते सर्वेक्षक सन्तोष गैरे र अमिन रवीन्द्र अधिकारीलाई खटाई जग्गाको नक्सा तयार पारेकेा थियो ।

समुदायद्धारा तारबार गरी संरक्षित उक्त वनक्षेत्रलाई नापीद्धारा तयार पारिएको नक्सामा खाली चौर उल्लेख गरिएको छ । आफूहरुले लामो समयदेखि संरक्षण गरेको जंगलक्षेत्र नापी कार्यालयसमेतको मिलेमतोमा माफियाहरुले दर्ता गर्न लागेको भन्दै स्थानीय उपभोक्ताले विरोध गरेको खबर अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । उपभोक्ताले जग्गा दर्ता प्रक्रिया नरोकिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

4 Comments on “मन्त्रीको आदेशमा वनको जग्गा व्यक्तिको नाममा”
  • santosh basnet wrote on 24 February, 2013, 3:35

    देशमा सुकुम्बासी आयोग गठन गरिएको छ ,आयोग को कुनै सुझाबनै नली सोझैँ माथि बाट जग्गा दर्ता गर्ने प्रक्रिया गलत छ ,

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Nepali wrote on 24 February, 2013, 4:47

    k garos ta maobadi le aru ? sarba hara barga ko neta vandai luti khana bahek k nai janeko 6 yo maobadi le????????

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • nizal wrote on 24 February, 2013, 7:37

    नेपालका नेता लाई कालो झन्डा देखाएर आन्दोलन गरेर काम छैन अब जनताले कालो लिङ देखाएर आन्दोलन को स्वरुप परिवर्तन गर्दा केही हद सम्म परिवर्तन आउन सक्छ । अब को आन्दोलन लिङे आन्दोलन गर्नु पर्छ यती गर्दा पनि केही भएन भने अर्को बिकल्प सोचौला

    Like or Dislike: Thumb up 1 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • swotantra desh ko swotantra nagrik wrote on 24 February, 2013, 9:53

    yo neta bhanne deshdrohi bhrastchari dalal gadaar haru laai thik parney eutai matra bikalp cha mailey dekhe ko !!! SHOOT TO KILL !!!! jay matrebhumi !!!

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु