१३ फागुन, काठमाण्डौं । उद्घाटन हुन नपाउँदै दक्षिण ललितपुरको आस्राङस्थित उपस्वास्थ्य चौकी भवन भत्किने अवस्थामा पुगेको छ । पुरानो काम नलाग्ने भएर नयाँ भवन बने पनि प्रयोगमा नआउँदै पानी चुहिन थालेको छ ।
स्वास्थ्य चौकीका अहेव राजु गौतमले नयाँ भवन बन्न थालेपछि पनि समस्या उस्तै रहेको बताए । ‘हामीले बर्षौदेखि भोग्दै आएको भवन अपर्याप्तता हट्ने आशा गरे पनि नयाँ भवनले समस्या झनै बढायो,’ उनको गुनासो छ । ढला नभएको बर्ष दिन बित्दा पनि भवनमा रंगरोगनलागयतका काम अघि बढ्न सकेको छैनन् ।
ठेकेदारले जथावाभी गर्दा भवन ‘पक्की नबनेको’ गौतमको गुनासो छ । उनका अनुसार स्वास्थ्य चौकीका कर्मचारी नभएको बेलामा राति ढलान गरिएको थियो । ‘ गौतमको गुनासो छ । उनका अनुसार स्वास्थ्य चौकीका कर्मचारी नभएको बेलामा राति ढलान गरिएको थियो । ‘जुन दिन काम गर्ने सल्लाह भएको थियो, त्यो भन्दा अघिल्लो दिन नै ठेकेदारले हतारमा काम गरेको रहेछ,’ गौतमले भने, ‘पानी परेको समय ढलान भएको थियो । निर्माण क्रममा कमसल सामग्री प्रयोग भउको पाइएको छ,’ राजधानी दैनिकमा खबर छ ।
नयाँ भवन प्रयोगमा आउन नसक्दा कर्मचारीहरु पहिलेर्क जीर्ण भवनमा काम गर्न बाध्य भएका छन् ।
pati ko karekarta le theka liya pachi yestai ho sathe ho.
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]