१३ फागुन, काठमाण्डौं । स्पिनर भुवन कार्कीले इन्डियन प्रिमियर लिग (आइपिएल)को टोली राजस्थान रोयल्समा एक महिना प्रशिक्षण गर्ने भएका छन्। नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले भुवनलाई राजस्थानसँग भारतको जयपुरमा प्रशिक्षण गर्ने व्यवस्था मिलाएका हुन्।
राजस्थानको प्रशिक्षण मार्च २२ मा सुरु हुनेछ। भुवन मार्चको दोस्रोदेखि तेस्रो सातासम्म पुगिसक्ने दासानायकेले बताए। भुवनले राजस्थानको टोलीसँग एक महिना रहनेछन्। आइपिएलको छैटौं संस्करण अप्रिल ३ बाट सुरु हुनेछ। राजस्थानले दिल्लीमा गएर डेरडेभिल्ससँग अप्रिल ६ मा पहिलो खेल खेल्नेछ भने जयपुरको घरेलु मैदानमा कोलकाता नाइट राइडर्ससँग ८ मा खेल्नेछ।
‘सिनियर टोलीका सबै खेलाडी डिभिजन ३ मा व्यस्त हुनेछन्। त्यसैले मैले भुवनको नाम सिफारिस गरेको हुँ। उनी हाम्रो यु-१९ टोलीका प्रमुख बलर हुन्, उनी राम्रोसँग अगाडि आइरहेका खेलाडी हुन्,’ दासानायकेले भने, ‘उनले यु-१९ मा पनि खेल्ने हुनाले राजस्थानको यात्राले उनलाई राम्रो एक्सपोज दिनेछ।’ दासानायकेले विदेशीको कोटामा नेपाली खेलाडी पार्न गाह्रो हुनाले अहिलेलाई राजस्थानसँग अभ्यास गर्ने व्यवस्थामात्र मिलेको बताए। उनले भने, ‘भारतीय क्रिकेट बोर्डले अर्को निर्णय नगरेसम्म नेपाली खेलाडीलाई आइपिएलमा खेल्न पाउन गाह्रो छ।’
भुवनलाई बिहीबार दासानायकेले राजस्थान जाने जानकारी गराए। ‘बाहिरी हल्ला सुनेको थिएँ। राजस्थानको सेट टिमसँग खेल्न पाउँछस् तयार भएर बस्नु भनेर प्रशिक्षकले नै आधिकारिक भनेपछि मलाई आफै विश्वास लागेन,’ भुवनले भने, ‘माथिल्लो स्तरको क्रिकेट बुझ्ने मैले राम्रो अवसर पाएको छु।’ नागरिक दैनिकमा खबर छ ।
राजस्थानमा राहुल द्रविड, शेन वाटसन, ब्राड हज, अजिन्का राहने जस्ता खेलाडी छन्। अरुका बारे भुवनलाई खासै थाहा छैन। धनगढीका १९ वर्षे भुवनको अपेक्षा छ, ‘यी खेलाडीलाई कसरी बलिङ गर्ने मैले कुनै योजना बनाएको छैन। मेरो सबै योजना मैदान उत्रिएपछि नै हुन्छ। उनीहरूको नजरमा परेर राम्रो प्रतिक्रिया आउनुपर्छ भन्ने मेरो मान्यता हो।’
Best of luck.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
La la karki best of luck…chance 6 dekhaunu par6. Yesma desh ra carrier ko pani kura 6.
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
badhai 6 Bhuwan lai
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
wise u a gd time .
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
ramro khusi lagyoki nepalka plear ipl ma sahavagi hun paunema ajhai jhan ta nepalkoni sudurpaschimko vayer manai khuler ayo
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Best of luck bhuwan nepal ko capacity show garnu koi vanda kam 6aina vanna
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]