बस है बाबा, बस है आमा :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

बस है बाबा, बस है आमा

विष्णु बराल

बस है बाबा बस है आमा तस्बिरै हेरेर

नरोए प्यारी बलिन धारा आशु है झारेर

लाला र बाला ति छोरा छोरी टुहुरो पारेर

दाजु र भाई साथी र संगी माया है मारेर

कमाइ धन फर्कौला भन्ने थियो नि चाहन

मन भरी मिठो सपना बोकी आए म मुग्लन

फाटेको गुन्यु टालेको चोली थिएन गहन

बिदेश आइ सम्पति जोर्ने यो मनको चाहन

गरीब हामी पाएँनौ काम नेपाल भुमिमा

शान्तिको देश होमियो आज रण है भुमीमा

सोचेको जस्तो नहुदो रहेछ मानब जुनिमा

ढाटेर ठगि एजेन्ट आज चढ्यो सुलीमा

पुगेन बुद्दी ठगेर खायो नेपाली दाईले

कमाइ धन लाहुरे बनी म कहिले घर फिर्ने?

चर्को ब्याज गरी दिए मुखिया दाईले

दिएको धन तिर्न नसक्दा मन रुन्छ अहिले

फुल्दैन पैसा कमिन्न धन पसिना नछरी,

हुँदैन अब प्रगती हाम्रो साहस नगरि

बिदेश आइ पाएको दु:ख सुनाउ म कसरी?

श्रमको फल नमिल्दा अझ मन रुन्छ बेस्सरी

आर्जेको धन नगरि खर्च नेपाल पठाउ

रक्सी र रन्डि जुवा र तास कुलतमा नफसौ

आएका हौ नि लाहुरे बन्न स्वदेश छोडेर

मिलेर बसौ नेपाली हामी साईनो गासेर

हो साईनो गासेर ||||

हाल दोहा कतार

6 Comments on “बस है बाबा, बस है आमा”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु