कमल बि.सी.
१३ फागुन, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने तेलपानी गाउँमा एक झोला सकेट बम फेला परेको छ । उक्त झोलामा ८ वटा बम टाढैबाट देखिएको स्थानीय डम्मर बडुवालले जानकारी दिनुभयो ।
सुर्खेतको हरिहरपुर ९ तेलपानी गाउँको ओढारमा एक झोला बम देखेपछि स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेका छन् । ओढारमा अरु थुप्रै बम हुन सक्ने स्थानीय वासिन्दाको अनुमान छ । कुनै अपि्रय घटना हुन नदिन स्थानीय वासिन्दाले बम भएको ठाउँमा कसैलाई जान दिएका छैनन् ।
प्रहरी पुग्न ४ घण्टा लाग्ने भएकाले ओढार नजिक घर भएकाहरु डराएका छन् । द्वन्द्वकालमा माओबादीले पहाडको खोँचमा लुकाएको बम यसरी पटक-पटक भेटिने गरेको स्थानीयको भनाई छ ।
गत वर्ष पनि निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने सुर्खेत तरङगा ७ हर्रेकाँडा नजिकै वालवालिकाले बेवारिसे अवस्थामा ४७ थान सकेट फेला पारेका थिए ।
सबै हथियार बुझाइयो भनेर नेपाली जनता का सामुन्ने भनेको,कहिलै सत्य नबोल्ने एमाओबादी को झुट को पर्दाफास भैरहेको छ
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
Jyanmara!!
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
Hosiyar kangresi udaidelan chinepa6i
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]