१३ फागुन, वीरगञ्ज । भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठीले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउन दलहरू अन्तिम प्रयासमा लागेको बताउनुभएको छ । उहाँले मुलुकमा देखिएको संवैधानिक तथा राजनीतिक समस्या निकासको एकमात्र विकल्प संविधानसभाको चुनाव नै भएकाले राजनीतिक दलहरूको सहमतिमा नै प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउन लागिएको वताउनु भयो ।
मधेसी पत्रकार समाज नेपाल पर्साले गरेको आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले केही दिनभित्रै प्रधानन्यायाधीश रेग्मीकै नेतृत्वमा चुनावी सरकार बन्ने बताउनु भयो । मुलुकमा जननिर्वाचित प्रतिनिधिमूलक संस्था नभएपछि लोकतन्त्रलाई सही ट्रयाकमा ल्याउनका लागि प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरी निर्वाचनमा जाने तयारीमा लागेकाले यसलाई सबैले अवसरको रूपमा लिनुपर्ने उहाँको भनाइ थियो ।
तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्रीसमेत रहनुभएका मन्त्री त्रिपाठीले दलहरू बाहिरको विकल्प कसैलाई पि्रय लाग्ने कुरा होइन तर एकले अर्काको अस्तित्व स्वीकार नगर्ने र अन्य कुनै पनि विकल्प सफल नभएपछि राजनीतिक निकासका लागि दलहरू बाध्य भएर बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाएर जाने निर्णयमा पुगेका हुन् भन्दै निर्वाचनको सुनिश्चितता हुने वातावरण भए तत्काल यो सरकारको बहिर्गमन हुने बताउनुभयो । रासस
नारा मधेशीको र सेवा माओबादीको गर्ने मधेशी नेताहरू सत्ताका लागि जे गर्न पनि तयार देखिए
Like or Dislike:
7
3
[जवाफ फर्काउनुहोस्]
Kangresi la jawaf Reply: February 24th, 2013 at 9:08 am
hijo samma kangres ko jhanda ra jhola virera hideka hoinan ra mitra? Gachhedar lai k bhannu hunchha?
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
janta ko ragat dherai na tatai dau natra janta la time haru ko aastito metai dine xan hai aasafal neta gu ho
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
Kangresi b4 gara hai udai delan je payo tyo na lekha khi sip nalage pa6i k gar6u ta aba timiharu ko din jynane ko jastohunewala 6
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
सत्ता र पैसाको लागि मधेश बादी दल ले जे गर्न पनि तयार हुन्छन ,हरौन शत्ता बाहिर् जाना साथ् मधेशी जनता को नाम मा फेरी एउटा निहु झिकेर आन्दोलन गर्नेछन तर मधेशी जनता ले सुक्को केही सुबिधा पाऊने वाला छैनन र फाईदा चाँही उनिहरु आँफैले लिनेछन ।
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]