संगीतश्रेोता
डाँडाबाट हिंडेर
म काठमाडौं आइपुगें कमरेड
अब मैले चिन्नुछ-
को को बस्दारहेछन् यहाँ !
गुड्नलाई पाङ्ग्रा थिएनन् मसँग
उड्नलाई थिएनन् जोरपखेटा
आˆनै खुट्टाले कदम चाल्दै
बाजुङ, कुश्मा, पोखरा
प्रत्येक सिंढीहरू छाम्दै र उक्लँदै
किरेडाँडाबाट हिंडेर
म काठमाडौं आइपुगें कमरेड !
अब मैले हेर्नुछ-
के के हुँदोरहेछ यहाँ !
उतै छोडेर आएको छु सङ्लो मोदी
बोकेर ल्याएको छु
यी आँखामा केही थोपा
पुरानो बेथामा उतै छ मेरो किरेडाँडा
गुन्गुनाउँदै ल्याएको छु कण्ठमा
उही परिचित भाका
काठमाडौंको छातीमाथि निर्धक्क उभिन
राखेको छु त्यै किरेलाई यो छातीमा
परेलाभित्र छन् आमाका आँसु
टाउकोमाथि छ बाको दुःख
दुई काँधमाथि बोकेर ल्याएको छु
छिमेकको बिमार
पाखुरामा डोर्याएर ल्याएको छु
साथीहरूका समस्या
आकाङ्क्षाको आकाश ओडेर बर्खे झरीमा
सपनाको पहाड बोकेर आँधी हुरीमा
भोक बिर्संदै
निंद पन्छाउँदै
किरेडाँडाबाट हिंडेर
म काठमाडौं आइपुगें कमरेड !
अब मैले तिम्रो भान्सामा हेर्नुछ-
कुन भतेर पाक्दोरहेछ यहाँ !
एक्लै आएको छु म
तर रित्तो छैन
पीडित सुस्केरा फोक्सोमा
निमुखा ऐंठन गलामा
बेसहाराको बोली ओठमा
कर्मीको पसिना शरीरभरि
अनि अँगालोमा राखेर आफन्तको रुवावासी
थाप्लोमा बोकेर दुःखीका क्रन्दन र चित्कार
गौंडाहरू पार गर्दै र नदीहरू तर्दै
किरेडाँडाबाट हिंडेर
म काठमाडौं आइपुगें कमरेड !
अब मैले सुन्नुछ-
कस्तो गीत गाइँदोरहेछ यहाँ !
भोकले अत्तालिंदै झस्केर
म निस्कें मध्यरातमा घरबाट बाहिर
झोला भिर्नका लागि
गरिन कुनै तयारी
बिदा माग्नका लागि
कुरिन विशेष बिहान
घरबाट निस्केपछि
ध्यान बस्न खोजिन कुनै एकान्त
गर्दै किरेडाँडालाई न्यानो सलाम
सोझिएँ अचानक यो सहरतिर
दुष्टबाट घचेटिंदै-घचेटिदैं
झेलीबाट अँचेटिंदै-अँचेटिंदै
अँध्यारोसँग जुध्दै निरन्तर
अभावलाई धकेल्दै निरन्तर
किरेडाँडाबाट हिंडेर
म काठमाडौं आइपुगें कमरेड !
अब मैले नजिकबाटै छाम्नुछ-
के के ओछ्याइँदोरहेछ यहाँ !
किरेडाँडाबाट हिंडेर
म काठमाडौं आइपुगे कमरेड !
अरु त तपसिलका कुरा
सुरुमा तिमीलाई नै हेर्नुछ मैले
साँच्चै,
कस्तो देखिन्छौ हँ तिमी यहाँ ?
सुन्दर कविता संगीतस्रोता जी/ अब कीरेडाँडाबाट मात्रै हैन हरेक डाँडा र गाउँबाट, बेंसी र लेकबाट कमरेडहरूको निगरानी गर्न पेरिसडाँडा र अन्य सबै डाँडा ढाक्ने गरी सबैजना काठमांडू आउनुपर्ने दिन आउँदैछ / तपाई काठमाडौँ पुगेर सबै कमरेड नामधारीहरूलाई साबधान रहन भंदिनुहोला / अब फेरी गग्नुपर्यो भने काठमाडौँ बाहिरका दण्डहरू तेत्तिकै सेलौनेवाला छैनन्, काठमाडौँ छिरे भने तेत्तिकै फर्कनेवाला छैनन्/
Well-loved. Like or Dislike:
32
3
[जवाफ फर्काउनुहोस्]
kaviji tapaiko aphnai jivanko katha jasto chha. yo kavita ta mero jeevansanga pani mel khayo. tara ma kathmandu pugeko chhaina,jane maan thiyo tapaiko kabitale puryayo. yathartha chitran, thanks for poem.
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
संगितश्रोता ज्यू ,म तपाईको कविताको नियमित पाठक हँु। तर बास्तवमा यो कविताले मेरो मनमुटु छोएको छ । मेरो छोएर के गर्ने छुने मान्छेको छुनुपर्दछ । तर मलाई विश्वास छ एकदिन पक्कै छुनेछ नत्र त फेरी उनीहरुको दिन पनि उस्तै गरी श्रावनका बाढीले बगाउनेछ ।
Like or Dislike:
17
0
[जवाफ फर्काउनुहोस्]
Maobadi pidit!!
Like or Dislike:
5
3
[जवाफ फर्काउनुहोस्]
like this.
Like or Dislike:
4
0
[जवाफ फर्काउनुहोस्]
ATI UTTAM
Like or Dislike:
3
0
[जवाफ फर्काउनुहोस्]
dherai ramro 6 kabita aba k gar6 comredle tyo herna baki6 ..sachhikai aba herna baki 6 yo kabita comredharule pani padhun..
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
tapaiko kiredada jasto kathmandu kaha pau6aura kamret
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
ekdam man paryo ….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
बाजुङ, कुश्मा, पोखरा
प्रत्येक सिंढीहरू छाम्दै र उक्लँदै
किरेडाँडाबाट हिंडेर
म काठमाडौं आइपुगें कमरेड ! man chuna poim .
अब मैले हेर्नुछ-
के के हुँदोरहेछ यहाँ !
उतै छोडेर आएको छु सङ्लो मोदी
Like or Dislike:
7
0
[जवाफ फर्काउनुहोस्]
aru ta tapsil ka kura,
suru ma timilai nai hernuchh maile,
kasto dekhinchhau hai timi yaha…
**
yo Kavita le afai vitra Janyodha ko….katha ani byatha bokeko chha…yo katha ani byatha na vayera sampurna yodha ko thiyo ra aaj ko sandharv ma sabai Nepali ki byatha baneko chha….
Lekhne le lekhidinchha ra sandarvik kuro yo ho ki jasko lagi lekheko chha ra tyas le pni yo padhidinu paryo…….
**
yo pali ”comred ma kathmandu aai pugee”……. arko pani ”comred hami kathmandu aaudai chhau…….”hune chha.
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
गुड्नलाई पाङ्ग्रा थिएनन् मसँग
उड्नलाई थिएनन् जोरपखेटा
आˆनै खुट्टाले कदम चाल्दै
बाजुङ, कुश्मा, पोखरा
प्रत्येक सिंढीहरू छाम्दै र उक्लँदै
किरेडाँडाबाट हिंडेर
म काठमाडौं आइपुगें कमरेड !
अब मैले हेर्नुछ-
के के हुँदोरहेछ यहाँ !
उतै छोडेर आएको छु सङ्लो मोदी
बोकेर ल्याएको छु
यी आँखामा केही थोपा
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
म काठमाडौं आइपुगे कमरेड !
अरु त तपसिलका कुरा
सुरुमा तिमीलाई नै हेर्नुछ मैले
साँच्चै,
कस्तो देखिन्छौ हँ तिमी यहाँ ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]