२ सय ५० को दरबन्दीमा १० हजारभन्दा बढिको आवेदन :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

२ सय ५० को दरबन्दीमा १० हजारभन्दा बढिको आवेदन

१३ फागुन, बुटवल । शिक्षा सेवा आयोगले खुला गरेको शिक्षक पदका लागि रूपन्देहीबाट १० हजार १ सय ८२ जनाले आवेदन भरेका छन् । रुपन्देही शिक्षा कार्यालयका अनुसार प्राथमिक तहमा सबैभन्दा बढी पाँच हजार २८९, निम्न माध्यमिक तहमा तीन हजार ५ सय ५४ र माध्यमिक तहमा एक हजार ३ सय ३९ जनाले आवेदन भरेका छन् ।अवेदन भरेकामध्ये निमावितर्फ सबैभन्दा बढी नेपाली विषयमा एक हजार ४९२ जना रहेका छन् ।

यस्तै समाजिकमा ७ सय १९ जना, विज्ञानमा एक सय तीन, गणितमा ३ सय १४ र अङ्गे्रजी विषयमा ९ सय १६ जना रहेको जिल्ला शिक्षा कार्यालयका उपसचिव थानेश्वर ज्ञवालीले जानकारी दिनुभयो । यस्तै माध्यमिक तहको नेपालीमा ३ सय ८९, सामाजिकमा तीन सय ४, विज्ञानमा ८२, गणितमा एक सय, अङ्ग्रेजीमा २ सय ८७, लेखामा ३६, अर्थशास्त्रमा १ सय ३७ र कृषिमा चार जनले आवेदन भरेको उपसचिव ज्ञवालीले जानकारी दिनुभयो ।

आयोगले रूपन्देहीमा जम्मा २५० जना शिक्षकको माग गरेको छ । जसअनुसार प्राविमा १ सय ६५, निमावितर्फ ४६ र माध्यमिक तहमा ३९ जना शिक्षक दरबन्दीको विज्ञापन खुल्ला गरेको छ । रासस

2 Comments on “२ सय ५० को दरबन्दीमा १० हजारभन्दा बढिको आवेदन”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु