डाक्टरले उपचारको नयाँ प्रविधि खोज्ने :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

डाक्टरले उपचारको नयाँ प्रविधि खोज्ने

१३ फागुन, चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा भएको नाक, कान, घाँटीका चिकित्सकको तीनदिने राष्ट्रिय सम्मेलनले उपचारको नयाँ प्रविधिको खोजी गर्ने निष्कर्ष निकालेको छ ।

बिहीबारबाट सुरु भएको सम्मेलनमा उपचार पद्धतिमा नयाँ प्रविधिको खोजी भएको क्यान्सर अस्पतालका डा. अनिल कार्कीले जानकारी दिनुभयो ।

नेपालमा र भारतमा भइरहेका उपचार पद्धति बारे विश्लेषण गरी उपचार पद्धतिमा नयाँ प्रविधिको खोजी गर्न सम्मेलन महत्वपूर्ण भएको कार्कीले बताउनुभयो ।

सम्मेलनमा भारतीय विशेषज्ञले चार वटा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए भने दुई वटा शोधपत्र पनि प्रस्तुत भएको थियो । नाक, कान, घाँटीको उपचारमा आएका चुनौतीका बारेमा सम्मेलनमा चिकित्सकहरुमा व्यापक छलफल भएको थियो ।

सम्मेलनमा दुईसय भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु