खिलराजलाई सरकारको नेतृत्व दिनु उत्तम विकल्प : ओली :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

खिलराजलाई सरकारको नेतृत्व दिनु उत्तम विकल्प : ओली

१३ फागुन, वीरगञ्ज । नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिनु सबैभन्दा उत्तम विकल्प रहेको बताउनुभएको छ । ओलीले विशेष परिस्थितिका कारण आफूहरुले चुनावी सरकारको नेतृत्व प्रधानन्यायाधीशलाई दिन खोजेको पनि स्पष्ट गर्नुभयो ।

इन्द्रेणी एफएमको सातौँ वाषिर्कत्सवको अवसरमा आइतवार विरगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रधानन्यायाधीश प्रधानमन्त्री हुन सक्दैन भन्नेहरु स्वतन्त्र न्यायपालिका, बहुदलीय व्यवस्था र कानुनी शासनका विरोधी भएको पनि आरोप लगाउनुभयो ।

 ओलीले अब मुलुकमा धेरै दिन सङ्क्रमणकाललाई लम्बाउन नहुने बताउँदै सकेसम्म जेठमा नभए कात्तिकको अन्तिम साता वा मङ्सिरको पहिलो सातासम्ममा चुनाव गर्नुको विकल्प नभएको वताउनुभयो । रासस

3 Comments on “खिलराजलाई सरकारको नेतृत्व दिनु उत्तम विकल्प : ओली”
  • unknown wrote on 24 February, 2013, 8:35

    Yo khate asti samm hudaina bhandai thiyo.. ahile ke bhayechha bidesh bata phone aayo !!!

    Like or Dislike: Thumb up 2 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    min .b basnet Reply:

    oli nai hun pahilo neta yo prastaab layune unle kahile hunna bhane nikasa ko khoji yehi sajilo khalko aru chhaiana

    Like or Dislike: Thumb up 0 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • lekhnath aryal wrote on 24 February, 2013, 9:57

    प्रधानन्यायाधीश प्रधानमन्त्री हुन सक्दैन भन्नेहरु स्वतन्त्र न्यायपालिका, बहुदलीय व्यवस्था र कानुनी शासनका विरोधी भएको पनि आरोप लगाउने यी बकबक गरिरहने , बोलि मा कुनै ठेगान न भयको ओली प्रत्येक दिन कुरा फेरेर आफ्नो रेकोर्ड सबै भन्दा माथि बनाउन खोजेको हो कि कुन्नि

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु