खिलराजलाई रोक्ने रिट विशेष इजलासमा पठाइयो :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

खिलराजलाई रोक्ने रिट विशेष इजलासमा पठाइयो

फागुन २४ सम्म रेग्मी प्रधानमन्त्री बन्न मिल्दैनः भट्टराई

१३ फागुन, काठमाडौं । प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बन्नबाट रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आगामी फागुन २४ गते विशेष इजलासबाट अन्तिम सुनुवाइ हुने भएको छ ।

अधिवक्ता भरत जंगमद्वारा दायर रिटमाथि आइतबार प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सुशीला कार्कीको एकल इजलासले विपक्षीका नाममा लिखित जवाफसहित कारण देखाऊ आदेश जारी गरेको छ । २२ गतेभित्र लिखित जवाफ पेश गर्न विपक्षी राष्ट्रपति, प्रधानमन्त्री र एमाओवाद ीअध्यक्ष प्रचण्डलाई आदेश दिइएको सर्वोच्चले जनाएको छ ।

रिटबाट जटिल संवैधानिक प्रश्नहरु उब्जेकाले एक्लैले व्याख्या गर्न नसकिने भन्दै न्यायधीश कार्कीले यो रिटलाई ३ जना न्यायधीश सम्मिलित विशेष इजलासमा पेश गर्न आदेश दिनुभएको हो । फागुन २२ गते विपक्षीको लिखित जवाफ आएपछि २४ गते विशेष इजलासमा पेश गर्न आदेशमा भनिएको छ ।

आइतबार कार्कीको इजलासले निवेदकको माग अनुसार रेग्मीलाई सरकार प्रमुख नबनाउन अन्तरिम आदेश जारी गरेन ।

अन्तरिम आदेश सो सरह: भट्टराई

रेग्मीलाई प्रधानमन्त्री बनाउने प्रक्रियालाई कार्यान्यवन नगर्न अन्तरिम आदेश जारी नगरिए पनि निवेदकको पक्षबाट बहस गरेका नेपाल बार एशोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराईले भने अदालतले रिटलाई विशेष महत्व दिँदै २४ गते नै विशेष इजलासबाट अन्तिम सुनुवाइ गर्ने भनेकाले अब प्रधानन्यायाधीशले मुद्दाको किनारा नलाग्दासम्म सरकारको नेतृत्व गर्न नमिल्ने दाबी गर्नुभयो । ‘यो अन्तरिम आदेशसरह हो, मुद्दाको किनारा नलागी प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाउने प्रक्रिया अगाडि बढाउन मिल्दैन ।’- भट्टराईले अनलाइनखबरसँग प्रतिक्रिया दिनुभयो ।’

एक सातामा बल्ल बोल्यो अदालत

प्रधानन्यायाधीश रेग्मीलाई प्रधानमन्त्री बनाउने प्रमुख दलहरुको सहमति संविधान विपरीत भएको भन्दै अधिवक्ता भरतमणि जंगमले गत आइतबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । मंगलबार कल्याण श्रेष्ठको इलजासमा परेको रिट सुनुवाइ नभएपछि शुक्रबार अर्का न्यायाधीश गिरीशचन्द्र लालको इजलासमा परेको थियो । तर, शुक्रबार पनि सुनुवाइ नभएपछि आइतबारलाई पेशी तोकिएको थियो । आइतबार कार्कीको बेञ्चले बेलुका कार्यालय समय सकिने बेलामा रिटमाथि आदेश सुनाउनुभएको हो ।

19 Comments on “खिलराजलाई रोक्ने रिट विशेष इजलासमा पठाइयो”
  • Puru wrote on 24 February, 2013, 9:53

    भनेपछी पहिला बेञ्चको कुरा नसल्टीकन कुर्सी को कुरा नमिल्ने भो हैन त ?

    Well-loved. Like or Dislike: Thumb up 26 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • bhim lamichhane wrote on 24 February, 2013, 10:05

    chhitai samati garera chunab garnu paryo ki ta baburam kaisarkar le ki ta regmi kosarkar banayera…..

    Like or Dislike: Thumb up 3 Thumb down 9

    [जवाफ फर्काउनुहोस्]

  • Sabin wrote on 24 February, 2013, 10:44

    ल खिलराज रेग्मी पनि अब फेरी एक पटक नेता भए । पहिला पनि संयुक्त जनमोर्चाको सदस्य थिए के रे । बधाईं छ मिस्टर खिलराज रेग्मी ज्यू, बधाईं छ ।

    Like or Dislike: Thumb up 18 Thumb down 4

    [जवाफ फर्काउनुहोस्]

    नेपाली भेडा होइन, विसाल दिमागी हो Reply:

    अब राजा नभएको २०१७ साल पुस १ गते आउँछ, आजभोली २०१७ सालको मशिरको अन्तिम साता जस्तो हो । रेग्मीले काम गरे त ठिकै छ नगरे आउँदो जेठमा २००८ सालको मशिर शुरु हुन्छ । रेग्मीले अलिकति गडबढ गर्दा २००६ सालमा त्रिभुवन भारत गएको अवस्थाको जस्तो श्री ३ मोहन सम्सेरको शासन आउँदैछ ।
    हुन त २००७ का रैतिभन्दा अहिलेका जनता शिक्षित छन् भन्दछन् तर अहिलेका त झन भेडा शिक्षित र लोभी पापी शिक्षितमात्र हुन ।
    लेखेर राख्नुस फेरी लेख्न पाइन्छ पाइन्न कुन्नी ।।

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Deepak Chhetri wrote on 24 February, 2013, 10:49

    Khil raj regmi ko pachhya maa nirnaya hunu parchha

    Like or Dislike: Thumb up 3 Thumb down 7

    [जवाफ फर्काउनुहोस्]

  • laxman Gorkhali wrote on 24 February, 2013, 10:52

    होइन यो नेता हरु को कुरा ले पनि खान रुच्न मन पनि लग्न छाडी सक्यो
    मेरो देस बिग्र्यो हामी बर्बाद भयौ भनेर कस्लाई भन्ने? गल्ति मेरो पनि छ किन कि मैले पनि तेइ नेता लै भोट हालेको छु!

    Like or Dislike: Thumb up 19 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

    rames Reply:

    so we need to vote for good people. But how to choose good people the main question is here. We can know good people by looking into their records. they should wise and loved to development. He should not be engaged in any mis activities, such as smuggling and brokering.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • rajesh mahat wrote on 24 February, 2013, 10:57

    hearing against for khilraj regmi.

    Like or Dislike: Thumb up 5 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • तोरीलाउरे wrote on 24 February, 2013, 11:02

    pm vayapani maobadile bhadkharo ma halne prayash chahi garchha be carefull.. la baje

    Like or Dislike: Thumb up 8 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • J.B. LUNGELI wrote on 24 February, 2013, 11:23

    आँट भए राजीनामा दिएर गए भैगो नि।के को भाद्रा हेराइ हो यो?

    Like or Dislike: Thumb up 19 Thumb down 2

    [जवाफ फर्काउनुहोस्]

  • gorkhe wrote on 24 February, 2013, 11:57

    असफल नेता भन्दा अझ असफल रहेछन यी महासय पनी / आफ्नो सोचाई के हो पहिले नै भानिदिएको भये येत्रो समय खेर जाने थियेन / यिनले चुनाब गरौछान भनेर बिश्वास मान्न सकिदैन अब /

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • jhapali wrote on 24 February, 2013, 12:14

    Nepali rajnitima ‘khil’ gadiyo bhane lamo samay samma dukhai sahane ta janta nai hun, bichar garnus sriman KRR jiu

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • chentan wrote on 24 February, 2013, 12:25

    sharbachola garna rajnete dhakeda ramro vhogda garo.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • adhiraj rai "prakash" wrote on 24 February, 2013, 12:41

    एमाओवादिको खेलहो यो अरु पाटि र नेताले बुझ्न सकेनन….बबुराहरु

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • NaNAAA wrote on 24 February, 2013, 12:53

    2046 SALKO ANDHOLAN JANATALE PANCHAYETI SASAN FAKE KUN DHARALE SAMBAIDHANIK THIYO KI THIYENA ???? 2062 63 SALKO JANAADHOLAN BHAYO RAJTANTRA JANATALE FAKE TESMA KUN DHARALE FYAKYO JUN JUN OKILE BHAYE PNI EUTAI LAWKO PUSTAK PADHEKAI HOLA FARAK FARAK PUSTAK TA PAKKAI PADHENANN HOLA NEPALKA OKIL PAISA BEGHAR TATTE BOLDAINAN YO DHURBA SATYA HO ..

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • uttam karki wrote on 24 February, 2013, 12:56

    des gai sakyo k ko aadalat ko aades,des rahe nai aadalaat rahane ho? khurukka khil raj lai chunab ko kaam suru garna bhane hun6.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • shubhas bohara wrote on 24 February, 2013, 13:40

    Badhai chha sarbochhha Adalath lai

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Udaya wrote on 24 February, 2013, 14:28

    Yo kholraj bhanney jantu pani m.b. Ko milisiya wa suvachintak ho,natra kina m.b ley tesko naam liyo ta. Choor maobadi hatyara haru Ko matiyar ho kholaraj.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • Gorkhali wrote on 24 February, 2013, 16:09

    Sriman,

    Yo ragat ko poharima na dhubnu bas hunchha.

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु