मान्छे मरेपनि धमाधम टि्वट ! :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

मान्छे मरेपनि धमाधम टि्वट !

आखिर मान्छे मरेपछि उसको सबै चिज गयो । मान्छे मरेपछि उसको टि्वटर अकाउण्टको के अर्थ ? अब कहिल्यैपनि अपडेट नहुने अकाउण्ट पनि मान्छे मरेसँगै मरेजस्तै नै हो ।

तर, अब मान्छे मरेपनि उसको टि्वटर अकाउण्ट भने जिउँदै रहने भएको छ । मान्छेको मृत्युपछि पनि उसको अकाउण्ट मार्फत टि्वट्सको श्रृंखला रोकिने छैन । एउटा यस्तो एप्लिकेसन तयार भएको छ जसमार्फत अब टि्वटर प्रयोगकर्ताको मृत्युपछि पनि उसको तर्फबाट निरन्तर टि्वट्स भइरहनेछयो एप्सले प्रयोगकर्ताको मृत्युपछि पनि अनलाइनमा उसको उपस्थिति कायम राख्नेछ ।

यो एप्लिकेसनले प्रयोगकर्ताका अनलाइन बानी व्यहोराको जाँच गर्छ । उसले जिउँदै छँदा गर्ने गरेका वा मन पराउने गरेका टि्वट्सको अनुगमन गर्छ र प्रयोगकर्ताको मृत्युपछि पनि उसले मन पार्ने लिंक छानेर उसको तर्फबाट पोष्ट गरिदिन्छ ।

यसबाट मान्छेको जैविक इहलिला समाप्त भएपनि उसको डिजिटल जिन्दगी बाँचिरहन्छ । लाइभ्स अन नामको यो एप आउँदो मार्चमा लञ्च हुनेछ । यो एप्सको मुख्य नारा नै तपाइँको मुटु धडि्कन छाडोस् त के भो तपाइँको टि्वट्स जारी रहन्छ, भन्ने छ ।

4 Comments on “मान्छे मरेपनि धमाधम टि्वट !”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु