१३ फागुन, बागलुङ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले बार एशोसिएसनलाई प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकार मान्य नहुने भए आफैँ नेतृत्व लिन चेतावनी दिनुभएको छ ।
देशको वर्तमान राजनीतिक जटिलताका कारण प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न दलहरु सहमत भएको भन्दै उहाँले त्यसको विरोध गर्ने भए बार एशोसिएसनलाई नयाँ प्रधानमन्त्रीको विकल्प दिन आग्रह गर्नुभयो । ‘बारलाई दलहरुको प्रस्ताव मान्य नहुने हो भने उसैले सरकार बनाओस्,चुनाव गराओस् र संविधान लेखोस्’ गौतमले भन्नुभयो ।
प्रेस चौतारी बागलुङ शाखाले आइतवार विहान बागलुङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष गौतमले सरकार बनाउने कुरासँग बारको कुनै सम्बन्ध नभएको टिप्पणी गर्नुभयो । ‘देशमा अहिले न संविधानवाद नै छ न कुनै शक्ति पृथ्थकीकरणको सिद्धान्तअनुसारको शासन नै छ’ गौतमले भन्नुभयो ‘मलुकलाई लोकतन्त्र र संवैधानिक व्यवस्थामा फर्काउन जसरी भएपनि नयाँ चुनावमा जानुपर्ने छ ।’
गौतमले वर्तमान सरकारको बहिर्गमन प्रमुख आवश्यकता रहेकाले प्रधानन्यायाधीशकै नेतृत्वमा चुनावी सरकार बनाउन अधिकतम पहल गरिने बताउनुभयो । प्रधानन्यायाधीश नेतृत्वमा सरकार नबन्ने अवस्था आएमा अन्य विकल्पमा जान पनि दलहरु तयार रहेको उहाँको भनाइ छ । ‘दलकै नेताको नेतृत्वमा सरकार निर्माण हाम्रो पहिलो प्राथमिकता हो’ गौतमको भन्नुभयो ‘तर त्यो सम्भव हुन नसकेपछि गैरदलीय व्यक्तिको विकल्पमा जानुपर्ने बाध्यता आएको हो ।’ गौतमले नयाँ सरकार गठन गरेर छिटोभन्दा छिटो निर्वाचनमा जानुपर्ने टड्कारो आवश्यकता भएकाले सबैलाई सहयोग गरिदिन आग्रह गर्नुभयो । बार र केही वुद्धिजीवीले विदेशका संविधान र धारा पल्टाएर प्रधानन्यायाधीशको नेतृत्व हुँदैन भनेर परिस्थिति बिगार्ने काम गरेको आरोप गौतमको थियो ।
विशेष राजनीतिक अवस्थाकै कारण गैरदलीय व्यक्तिको नेतृत्वको विकल्प खोज्न दलहरु बाध्य भएको गौतमको तर्क थियो । यस्तै विरोधको अवस्था रहे प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बन्नेमा आशङ्कासमेत रहेको र अझै भरोसा गर्ने अवस्था नबनेको समेत गौतमको भनाइ थियो । रासस
chitra bdr kc hunu huncha ne
Like or Dislike:
5
26
[जवाफ फर्काउनुहोस्]
tilak sapkota Reply: February 25th, 2013 at 5:02 am
हो त राजनीति गर्ने भनेर हिंडेका धेरैजसोको तागत थाहा भो अब चित्र ब. के. सि. , नारायणमान बिजुक्से लगाएतका नेतालाई चाख्ने हो कि ………..
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
tenjing shepra Reply: February 25th, 2013 at 10:50 am
congress ko palo chihiyo ne ta sathi aba
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
kala kote nai hun nepal lai barbat parne.Gautam u r right,yi group nai huna aaparadhi lai boker paisa aasulne.yinle sarkar ko kura garne?
Well-loved. Like or Dislike:
27
1
[जवाफ फर्काउनुहोस्]
हो त् कमेड / अप्ठ्यारो परे को कारण अथवा लामो समय सम्म दलहरु बीच सहमति हुन् नसके को कारण न प्रधान न्याधिस को कुरा आए को हो / यो बिकल्प उत्तम होइन भन्ने कुरा वारलाई मात्र होइन अरु सबै लाई थाह छ / तर यसैमा दलहरु को सहमति हुन्छ र चुनाब मार्फत हामी जनता लाई आपनो अभिमत व्यक्त गर्ने अबसर मिल्छ भने वार ले किन खोचे थप्दैछ / उसो भए वार ले बिकल्प देवोस /
Well-loved. Like or Dislike:
39
6
[जवाफ फर्काउनुहोस्]
min .b basnet Reply: February 24th, 2013 at 7:32 pm
kuro sahi ho paristhiti bujhnu parchha
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
गौतमजी बार, वकिल अनि न्यायधिशहरु आफुलाई परे कानुनलाई बंग्याई बैग्यई भएपनि मिलाएर बहस गर्छन! आफुलाई नपरे खुब कानूनको र संबिधानको अक्षर अक्षर हेरेर कहाँ तानतुन गर्न मिल्छ तेसै गर्छन! कुरो र कुलो जतापनि लान मिल्छ रे तर पानी भने लान मिल्दैन अनि (संबि)धानखेती पनि हुन्न! पानी भए पनि नभएपनि यिनलाई श्रीमतीले खान पकाएर टक्र्याई हाल्छन! के को पिर? किसान मरून कि मजदूर बाचून! देश डुबोस कि उत्रोस! जति जनता समस्यामा पर्छन तेती यिनको काम आउँछ! जति देशमा शान्ति हुन्छ, झगडा हुन्न, यिनको जागीर खत्तम हुन्छ! झगडा बल्झाई रहन पाए यिनीहरु हिरो बनी रहन पाईने हो नि त!
Well-loved. Like or Dislike:
41
3
[जवाफ फर्काउनुहोस्]
नेपाली भेडा होइन, विसाल दिमागी हो Reply: February 25th, 2013 at 6:29 am
अब राजा नभएको २०१७ साल पुस १ गते आउँछ, आजभोली २०१७ सालको मशिरको अन्तिम साता जस्तो हो । रेग्मीले काम गरे त ठिकै छ नगरे आउँदो जेठमा २००८ सालको मशिर शुरु हुन्छ । रेग्मीले अलिकति गडबढ गर्दा २००६ सालमा त्रिभुवन भारत गएको अवस्थाको जस्तो श्री ३ मोहन सम्सेरको शासन आउँदैछ ।
हुन त २००७ का रैतिभन्दा अहिलेका जनता शिक्षित छन् भन्दछन् तर अहिलेका त झन भेडा शिक्षित र लोभी पापी शिक्षितमात्र हुन ।
लेखेर राख्नुस फेरी लेख्न पाइन्छ पाइन्न कुन्नी ।।
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
चोटिलो प्रहार छ यो । यो साहसको निम्ति धन्यवाद छ गौतमजिलाई । “लड्डु लडाएर झिल्ली झार्न” खप्पिस वकिल साहवहरु राजनैतिक खिंचातानी वढाएर आफ्नो दुनु सोझ्याउंदै आएकाले वंहाहरुलाई राजनैतिक अन्यौलले वेफाइदा भन्दा वढी फाइदै भएको होला । तर राजनितिज्ञ र जनतालाई परेका समस्या निकै ठुला छन् । “हात्ति उडाउने वतास आयो कपास खोज्छे वुढि ” भने जस्तै देशमा यति ठुला समस्या भएका वेला शक्ति पृथकिकरणको दुहाई दिएर अड्चन पैदा गर्नु भनेको भोकालाई प्रवचन दिए जस्तै हो । केही समाधान निस्केला जस्तो भएको छ त्यो पनि वकिल सावहरुले भांड्ने हल्ला सुनिन्छ । यस्तै हो भने संधै अरुलाई प्रश्न गरेर हैरान पार्ने वकिल सावहरुले राजनितिज्ञ र जनता कसकसका प्रश्नको जवाफ दिनु पर्ने हो ? तयार रहनुहोस् । अहिलेलाई वार पदाधिकारीलाई दिएको चुनौतीको जवाफ वार अध्यक्ष वा उपाध्यक्ष कसले दिने हो ? चांडै सुन्न पाए हुन्थ्यो ।
Well-loved. Like or Dislike:
37
3
[जवाफ फर्काउनुहोस्]
यी खाते झंडे वकिलहरुको
के हैसियत ६ र ?
माछो देख्दा दुला हात ,सर्प देखे पाखा हात गर्ने हरु
Like or Dislike:
13
0
[जवाफ फर्काउनुहोस्]
मित्रहरु! सरकार चलाउँने बारले होइन यो लाटालाइ पनि थाहा भएकै कुरो हो तर शासन(सरकार) बहालवाला प्रधान न्यायाधिशले चलाउँन चाँहि मिल्दैन सम्म पो भनेको हो त वारले। खिलराजप्रतिको आशक्ति नै हो भने राजीनामा गराएर लैजानुहोस न,मिलि हाल्छ नि। होइन नियम कानुन संविधान संविधनबाद केही मान्दिन भन्नु हुन्छ भने त बाँकी के रहन्छ र? कुरो त बर्कतमा पुग्दैन र्?
Like or Dislike:
2
13
[जवाफ फर्काउनुहोस्]
‘दलकै नेताको नेतृत्वमा सरकार निर्माण हाम्रो पहिलो प्राथमिकता हो’ गौतमको भन्नुभयो ‘तर त्यो सम्भव हुन नसकेपछि गैरदलीय व्यक्तिको विकल्पमा जानुपर्ने बाध्यता आएको हो ।’ यो चाही गौतम दाई ले सारै राम्रो कुरा गर्नु भो .
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
Bam Dev is IDIAT..what can you liten from him?
Like or Dislike:
0
12
[जवाफ फर्काउनुहोस्]
Lila g ra nepali g right
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
यो गौतम पनी धेरै कराउदो रहीछ गरीब जनता को कुरा कसले बुजीदिने हो माथी लिला जी ले भने को कुरा एक दम सही लाग्यो धनी लाई धन ले ओकील लाई पेसा ले नेता लाई पार्टी ले हामी लाई कसले हेर्ने हो सारै रिस उठेर आउछ नेता भनाउदा हरु माथी होइन अफ्नो दुनो सोझो राख्न पछी लडी राखे हुने नी सबै सुवार्थी छन् हो संसार मा गरीब सधै गरीब नै छ धनी सधै धनी धीकार छ हाम्रा नेता हरु लाई
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
बामदेव काकाको कुरा ठीकै हो , हाम्रो देशमा समस्या समाधान गर्न खोज्ने कोही छैन खाली समस्या थुपार्ने मात्रै छन ,सधै धारा र कुवाको कुरा गरेर मात्रै समस्याको समाधान हुन सक्दैन । अप्ठेरो परिस्थिति पनि बुझ्नु पर्यो नी
Like or Dislike:
5
0
[जवाफ फर्काउनुहोस्]
Nepal lai bigarne yina lawyer haru nau hun. daakaaharu. badarale na afno ghar banaauchha na arulai ghar banaauna dinchha. yastai baadarharu hun yi lawyer haru.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
गौतमजि दल भनेको के हो तपाइलाइ थाहाछ? आज जुन दलिय बेबस्थाको कुरा गर्दै हुनुहुन्छ त्योत 2069 जेठमै सकिसक्यो अव फेरि दल बन्नत जनताको बिच जानु पर्यो कि तपाइ हरुलाइ जनताले बाचुन्जेल तिमि हाम्रो मालिक भनेर टिका लगाइ दिएकाछन्? अंतररास्टिय मान्यता अनुसार संसद बिगठन हुंदा जो सत्ता मा हुन्छ तेसैले चुनाव पनि गराउछ तर त्यो नमानेर तपाइ हरु यावत् पार्टिले जनतालाइ धोखादिनुभाकोछ जनताले के सोचेकाछन् तेस्को सर्वेक्षण कसैले गरेको छ? अनि कुन मुखले यस्तो वाहियात गफ छाट्दै हिड्नुहुन्छ जनताको मत सर्वेक्षण गरौं जनताले जे भन्छन् तेइ गरौं भन्ने आंटछ? अनि किन जनतालाइ मुर्ख बनाउन खोज्दै हुनुहुन्छ
Like or Dislike:
2
4
[जवाफ फर्काउनुहोस्]
यी कालोकोट लाउनेहरुको मन पनि तेस्तै हुन्छ की क्याहो?
Like or Dislike:
3
1
[जवाफ फर्काउनुहोस्]
Bahal bala pradhan nayaydish lai kunai pani halat maa Prime minister banaunu hudain .
Like or Dislike:
0
1
[जवाफ फर्काउनुहोस्]
Bamdev fataha jahile ni party heet biparit kam gar6. Emale futayo ani Madhav Nepallai PM bata hatauna signature campaign garyo . Yo rahe samma EMALE thulo party hunai sakdaina. Yo maobadi guspaith ho .
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
Dear Comred, Abhibadan
Party Ko Upadhychha jasto pad ma raheko rastriya bektitow le testo gair jimmebar kura garna milchha. Aphule bhaneko bhayen bhandai ma jathbhabi bolda tapaiko kad nai ghatchha . nepal bar le due process of law , constitutionalism bachauna gareko ho. mukh hunda hundai nakle kha bhannu murkhata hoinara ?
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]