अब विपक्षीको प्रस्तावलाई एमाओवादीले मान्नुपर्छ : जोशी :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

अब विपक्षीको प्रस्तावलाई एमाओवादीले मान्नुपर्छ : जोशी

१३ फागुन, काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले एकीकृत माओवादी र मधेसी मोर्चाका सबै प्रस्ताव फेल भईसकेकोले अब प्रतिपक्षी दलको प्रस्तावलाई मान्नु पर्ने बताउनु भएको छ ।जोशीले प्रचण्ड, बाबुराम र मोर्चाका सबै प्रस्तावलाई प्रतिपक्षले स्वीकार्दा पनि उनीहरुले सत्ता लिप्साका एजेण्डाहरु एकपछि अर्को गर्दै अगाडि सारेका कारण प्रस्ताव फेल भएको वताउनुभयो ।

आइतवार राजधानीको रिपोर्टर्स क्लब नेपालमा नेविसंघका पूर्व सहमहामन्त्री निलकण्ठ रिजालद्वारा लिखित नेपाल विद्यार्थी संघको संगठन सुदृढीकरणका लागि साँगठानिक, राजनैतिक एवं शैक्षिक दृष्टिकोणसहितको अवधारणा पत्र सार्वजनिक गर्दै जोशीले भन्नुभयो,’लोकतन्त्रलाई समाप्त पारी सर्वसत्तावाद लाद्न खोज्ने माओवादीको अस्तित्व समाप्त हुन्छ । ‘

कार्यक्रममा नेविसंघ पूर्व अध्यक्ष गुरुराज घिमिरेले अहिलेका राजनीतिज्ञहरुले प्रचण्डका वरिपरी घुमेकाले संकटकालको निकास निस्कन नसकेको आरोप लगाउनुभयो । यस्तै पूर्व अध्यक्ष कल्याण गुरुङले नेविसंघले सर्वसत्तावादको वकालत गर्नेहरुसँग भिड्न नसके यो भन्दा पनि कमजोर अवस्थामा पुग्ने चेतावनी दिनुभयो । अवधारणा पत्रका लेखक तथा पूर्व नेविसंघ सहमहामन्त्री निलकण्ठ रिजालले अवको नेविसंघ नम्र, विवेकशील, संस्कारित र प्रशिक्षित हुन जरुरी रहेको वताउनुभयो । पूर्व केन्द्रीय सदस्य उर्मिला थपलियाले अहिलेको अन्तिम निर्णय निर्वाचन भएकाले निर्वकल्प निर्वाचनमा जानुपर्ने बताउनुभयो ।

7 Comments on “अब विपक्षीको प्रस्तावलाई एमाओवादीले मान्नुपर्छ : जोशी”
  • bipin magar wrote on 24 February, 2013, 10:24

    तेरीमा मुलेहरु हो एमयोबदी हरुले प्रस्ताब लिएर आउदा तिमीहरुको प्रस्ताब कहाँ गाको थियो ?? किन प्रस्ताब लियर आउन सकेनौ?जहिले पनि हलो अद्कायर गोरु चुट्ने???

    Like or Dislike: Thumb up 20 Thumb down 3

    [जवाफ फर्काउनुहोस्]

  • Rama wrote on 24 February, 2013, 10:30

    joshi ji aba tapai lai pani KURSI ko moha lagna thalo lau agadi badnus….

    Like or Dislike: Thumb up 10 Thumb down 1

    [जवाफ फर्काउनुहोस्]

  • sj wrote on 24 February, 2013, 12:41

    Yo bhanda dosro janaudhdha garera jati pani halo adkaune kaitelai jo sukai hos pahilo prathamikta ma parne aba ati huna lagyo e satta ka lobhi ra janta ka khunpasina le aes garne gadhaharu

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • sj wrote on 24 February, 2013, 12:46

    Maobadi bata raj niti sikdai 6n e tori ma muleharule nakkal garera kina afno parti ko byaijat gar6u jasto bhaepani afno ajenda leuna gadhaharu

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • raino wrote on 24 February, 2013, 13:27

    prastab hoina joshi ji adan bhanda ramro huncha hola

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • विनोद wrote on 24 February, 2013, 13:46

    यदि तिमिहरुलाइ माओवादिको प्रस्ताव मन परेको थियेन भने 3 हप्ता सम्म के मा चाइ वहस गर्यौत ?

    Like or Dislike: Thumb up 3 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

  • ओमकार गुरुंग wrote on 24 February, 2013, 15:39

    विजय गच्छेदारलाई प्रम दिओं. अहिले एउटा जंगबहादुर चाहिएको छ. त्यों नभई मुक्ति संभव छैन. देश बाहुनहरुको चंगुलमा छ. सर्वहाराको अधिनायकवाद लक्ष्य हुनु पर्छ. अन्यथा राष्ट्र-निर्मान प्रकृया स्खलित हुन्छ.

    Like or Dislike: Thumb up 2 Thumb down 0

    [जवाफ फर्काउनुहोस्]

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु