१३ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुनरसिंह केसीले अरु विकल्पमा सहमति नभए राष्ट्रपति वा उपराष्ट्रपतिको नेतृत्वमा चुनावी परिषद गरेर चुनावमा जानु अहिलेको उत्तम विकल्प हुने बताउनु भएको छ । दलहरुको नेतृत्व नभए लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका नागरिक समाजका ब्यक्तित्वको नेतृत्व मान्नु पर्ने भन्दै उहाँले त्यो पनि हुन नसके राष्ट्रपति वा उपराष्ट्रपतिको नेतृत्वमा चुनावी सरकार गठन गर्नु पर्ने बताउनुभयो ।
नेपालका सबै जिल्ला कुदेरै पुगेर किर्तिमान राख्न सफल धावक कुलबहादुर शाहीलाई यूवा तथा खेलकुद मन्त्रालयले सम्मान गर्न राजधानीको रिपोर्टस क्लबमा आयोजना गरेको कार्यक्रममा केसीले कार्यपालिका र न्यायपालिकाको नेतृत्व एकै ब्यक्ति भए स्वतन्त्र न्यायपालिका समाप्त हुने भन्दै अहिले पनि निकासको उपयूक्त विकल्प दलहरु नै भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,’लोकतान्त्रिक पद्धति अनुकुल हुने गरी विकल्पमा छलफल गर्नु पर्छ । कुनै एक दलल विशेषको अधिवेशनले प्रधानन्यायधिसको नेतृत्वको प्रस्ताव आउनु उचित हुनै सक्दैन । ‘ केसीले एमाओवादीले सहमति, निर्वाचन नचाहेको र केवल सरकारको आयूमात्रै लम्ब्याउन चाहेको दावी गर्नु भयो । केसीले संसारका सर्वसत्ताबादीहरुले पहिला प्रेस र त्यसपछि न्यायालयलाई समाप्त पार्ने गरेको ईतिहास पछ्याउँदै अघि बढेको आरोप समेत लगाउनुभयो ।
TAPAILAI PM DIYE KASO HOLA KC JI
Like or Dislike:
5
5
[जवाफ फर्काउनुहोस्]
बिकल्प त नराम्रो हैन!! तर, हामी नै जन्ने सुन्ने हौ भन्ने पार्टीका यतिका धरै नेताहरु चुरा लगाएर बसे भैगयो नि राष्ट्रपति वा उपराष्ट्रपतिलाई चुनावी सरकारको नेतृत्व दिने भए ? होईन र! ? फेरी उपराष्ट्रपतिज्युलाई सपथ ग्रहन गर्दा जस्तै भाषाको समस्या होला अनि ट्रास्लेटर भारतबाट ल्याउनु पर्ला, बरु राष्ट्रपतिलाई नै दिनु बेश होला कि!! ? ?
Well-loved. Like or Dislike:
24
2
[जवाफ फर्काउनुहोस्]
Churawali Reply: February 24th, 2013 at 4:47 pm
Churako apamaan nagarnu mahodaya!!! Aba ta chura lagaune harule matraile nikas dinasakchhan jasto chha!!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
TIMI HARU CHAHI ….KASHI JANE HO!!!!
Like or Dislike:
10
0
[जवाफ फर्काउनुहोस्]
राष्ट्रपतिलाई चुनाबी सरकार चलाउन दिए राम्रो हुन्छ होला, न्यायपालिका र कार्यपालिका एउटै ब्यक्तिलाई दिँदा केही नराम्रो हुनपनि सक्छ, माओबादी त भारतको गोटी हुन, मान्छे मारे, राजा फाले नेपालको गौरबशाली इतिहास, हिन्दु राष्ट्र नेपाल, सबलाई मेटाउने चाल हो । सानो मिलेको देशलाई संघियताका नाममा टुक्रा टुक्रा पार्ने चाल हो । प्रधानन्यायधिसलाई पनि बिर्गाछन् यिनीहरुले ….
Like or Dislike:
1
1
[जवाफ फर्काउनुहोस्]
TIMIHARU NALAYEKI HARU KAMANDALU BOKERA KASHI JANE KI???? BANASHI JANE PAHILA BHANNU PARYO
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]
अर्जुन केसिले यो भन्दा बडि सोच्नेत कुरै भएन हिजोको पन्चेले अरुकुरा सोचनत जान्नुपनि पर्योनि पहिले राजाको चाकरि ऐले रास्टपतिके चाकरि आए वाउको गए साउको अरु सबै हुने बाबुराम नहुने किन? कि बाबुरामले पन्चायत कालको भ्रस्टाचार खोतल्न थाले?
Like or Dislike:
9
1
[जवाफ फर्काउनुहोस्]
यो केसी जि को धारणा होईन यो त नेपाली कांग्रेश को धारणा हो, कदापी कुनै पनि हालतमा सत्ता पायो भने छोड्ने वाला छैन कांग्रेशले। २०६४ सालको संबिधानसभाको चुनाबमा लज्जाजनक हारेर पनि बैशाख गयो छोडेन, जेठ गयो छोडेन, असार पनि गयो छोडेन,साउनको लास्टतिर बल्लबल्ल त्यो पनि पेश्की बजेट पेश गरेर मात्र साउनको अन्तिममा सरकार छोडेको कांग्रेसलाई फेरी राष्ट्रपतिको मुकुण्डोमा सरकार छोडियो भने अर्को दुर्भाग्य हुनेछ नेपाली जनतालाई। खबरदार माओबादीहरु हिजोको दिन संझेर मात्र बिचार गर!
Like or Dislike:
5
1
[जवाफ फर्काउनुहोस्]
यो क्षेत्री चाहीं बाहुन भन्दा पनि छटू छ. ग्रांड डिजायनरको प्रमुख सहयोगी अर्जुन केसी रहेको प्रमाणित भयो. मिनेंद्र र गगनको काँधमा चलने बंदूक पछाडी दिमाग उसकै चल्छ.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]