१३ फागुन, काठमाडौं । मच्छिन्द्र क्लबले पहिलो सप्तरी गोल्डकप फुटबलको उपाधी जितेको छ । आइतबार भएको फाइनल भिडन्तमा विशाल राई बीको हृयाटि्रकको मदतमा हिमालयन शेर्पा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधी जितेको हो ।
यो सिजन लयमा रहेको मच्छिन्द्रको यो पहिलो उपाधी हो भने हिमालयन शेर्पा लगातार तेस्रो पटक फाइनलमा हारेको छ । यसअघि उदयपुर गोल्डकपको फाइनलमा थ्रीस्टार र सिमरा गोल्डकपमा मनाङसँग हारेको थियो ।
स्थानीय रंगशालामा भएको खेलमा मच्छिन्द्रले १२ औंं मिनेटमा पेनाल्टी गोलबाट अग्रता लियो । उसका लागि विशालले गोल गरेका छन् ।
१९ औं मिनेटमा पुकार गहतराजले हिमालयन शेर्पाका लागि बराबरी गोल फर्काए । तर, ३७ औं मिनेटमा विशालले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रलाई २-१ को अग्रता दिलाए । ६८ औं मिनेटमा हृयाटि्रक पुरा गर्दै उनले मच्छिन्द्रलाई उपाधी दिलाए ।
Congrats for Machhindra!!
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]