पारसको पेटको रक्तश्राव रोकियो (पछिल्लो बिज्ञप्तिसहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview
Space for Advertisment

पारसको पेटको रक्तश्राव रोकियो (पछिल्लो बिज्ञप्तिसहित)

ज्ञानेन्द्र र कोमल बुधबार बैंकक जाने

१३ फागुन, काठमाण्डौ । बैंकको समित्भेज अस्पतालमा उपचार गराइरहेका पूर्व युवराज पारस साहको पेटको आन्तरिक रक्तश्राव रोकिएको छ ।

उपचारमा संलग्न चिकित्सकले आइतवार साँझ जारी गरेको प्रेस बिज्ञप्तिमा रक्तश्राव रोकिएको र रक्तचाप(ब्लड प्रेसर) सन्तुलनमा राख्न प्रयोग गरिएको औषधीको मात्रासमेत घटाइएको उल्लेख गरिएको छ । तर पारसको स्वास्थ्य अबस्थामा सुधार आएको भने बिज्ञप्तिमा उल्लेख छैन । अघिल्ला बिज्ञप्ति झैं यसपटक पनि पारसको स्वास्थ्य ‘स्थिति जटिल तर स्थिर’ रहेको उल्लेख गरिएको छ ।

केही महिनादेखि बैंककमा बसिरहेका पारस शाहलाई पाँच दिन अघि हृदयघात भएपछि समित्भेज अस्पतालमा भर्ना गरिएको थियो । त्यसयता उनको स्वास्थ्यमा सुधार आउन सकेको छैन ।

ज्ञानेन्द्र र कोमल बैंकक जाने 

यसैबीच छोरा पारसको स्वास्थ्य अवस्था बुझ्न पूर्व राजा ज्ञानेन्द्र र पूर्वरानी कोमल बुधबार बैंकक जानु हुने भएको छ । आइतबार मात्र सिमराबाट काडमाडौं आएका ज्ञानेन्द्र र कोमल बैंकक जाने तयारीमा जुट्नु भएको हो । ज्ञानेन्द्र र कोलम १६ गते मध्याहृन बैंकक जाने कार्यक्रम रहेको राप्रपा नेपालका केन्द्रीय सदस्य मोहन श्रेष्ठले अनलाइनखबरलार्इ जानकारी दिनुभयो ।

पूर्व युवराज्ञी हिमानी शाह भने यसअघि नै बैंकक पुगिसक्नु भएको छ । उहाँसँग पारसका बहिनी ज्वार्इ पनि हुनुहुन्छ ।

राज्यले बेवास्ता गरेकोमा थापाको आक्रोस

राप्रपा नेपालले पारसको स्वास्थ्य लाभको कामना गर्दै निर्मल निवासको गेटमा रातो व्यानर राखेको छ भने स्वास्थ्य लाभको कामनाका लागि पुस्तिका पनि राखिएको छ ।

निर्मल निवासको गेटमा पुगेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले पारसको उपचारमा राज्यले बेवास्ता गरेको भन्दै आक्रोस व्यक्त गर्नुभयो । ‘पूर्व युपराज सार्वजनिक महत्वका वयक्ति समेत भएकाले उहाँको उपचार र स्वास्थ्य स्थितिबारे जानतामा चासो हुनु स्वभाविक हो’ उहाँले भन्नुभयो-’राज्यले यसबारे जनतालाई सुसुचित गर्नुपर्छ ।’ 

अस्पतालले जारी गरेको बिज्ञप्ति

 

92 Comments on “पारसको पेटको रक्तश्राव रोकियो (पछिल्लो बिज्ञप्तिसहित)”

यसमा तपाइको मत





सम्बन्धित शीर्षकहरु