१३ फागुन, काठमाडौं । अष्ट्रेलियाविरुद्धको पहिलो टेष्टमा भारतीय कप्तान महेन्द्र सिंह धोनीले दोहोरो शतक हानेका छन् । उनको दोहोरो शतक र विराट कोहलीको शतकको मदतमा भारत बलियो अवस्थामा पुगेको छ ।
तेस्रो दिनको खेल सकिँदासम्म भारतले ८ विकेटको क्षतिमा ५ सय १५ रन बनाएको छ । पहिलो पारीमा ३ सय ८० रन बनाएको अष्ट्रेलियाविरुद्ध भारतले १ सय ३५ रनको अग्रता लिएको छ ।
धोनी अविजित २ सय ६ रनमा क्रिजमा छन् र उनले २२ चौका र पाँच छक्का हानेका छन् । उनले आठौं विकेटका लागि भुवनेश्वर कुमाका साथमा रेकर्ड साझेदारी गरेका छन् ।
धानीको यो टेष्टमा सर्वाधिक स्कारसँगै पहिलो दोहोरो शतक हो । यसअघि उनको सर्वाधिक स्कोर १ सय ४८ रन थियो । धोनीले शतक १ सय १९ बलमा १२ चौका र १ छक्काको सहयोगमा पुरा गरेका थिए । टेष्ट म्याचमा धोनीको यो छैटौं शतक हो ।
कोहलीले १ सय ९९ बलमा १४ चौंका र एक छक्काको मदतमा १ सय २ रन बनाए । यसअघि भारतले ३ विकेटको क्षतिमा बनाएको १ सय ८२ रनबाट तेस्रो दिनको खेल थालेको थियो । भारतका सचिन तेन्दुलकर ८१ रनमा आउट हुँदा शतक बनाउन चुके ।
congrats dhoni keep on hard work and kip up ur gud batting line and all the best for upcoming matches gud luck for this matche series.
Like or Dislike:
2
0
[जवाफ फर्काउनुहोस्]
Glad to c u Dhoni in the form.No words2 say Keep it up
Like or Dislike:
1
0
[जवाफ फर्काउनुहोस्]
good keep it up………………….
Like or Dislike:
0
0
[जवाफ फर्काउनुहोस्]